Birgunj Yuva Samaj

Birgunj Yuva Samaj Birgunj Yuva Samaj is an NGO, established by Youths of Birgunj in 2070 B.S. (2013 A.D.) with an objective to serve the Society in various ways.

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा लगायत हिमपहिरोमा परी दिवंगत हुनुभएका सम्पूर्ण दिवंगत आत्माप्रति हार्दिक भावपूर...
01/08/2026

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा लगायत हिमपहिरोमा परी दिवंगत हुनुभएका सम्पूर्ण दिवंगत आत्माप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली।

🏆 विश्व विजेता: स्पेनले चुम्यो उपाधि! 🇪🇸एक अविस्मरणीय प्रतियोगिताको कस्तो शानदार समापन! महिनौको कडा प्रतिस्पर्धापछि स्पे...
19/07/2026

🏆 विश्व विजेता: स्पेनले चुम्यो उपाधि! 🇪🇸

एक अविस्मरणीय प्रतियोगिताको कस्तो शानदार समापन! महिनौको कडा प्रतिस्पर्धापछि स्पेनले आधिकारिक रूपमा च्याम्पियनसिपको उपाधि आफ्नो नाम गरेको छ। प्रतियोगिताभरि उनीहरूले उत्कृष्ट फुटबल, गज्जबको सामूहिक तालमेल र ट्रफी उचाल्न आवश्यक पर्ने सटिक प्रदर्शन देखाए। एक साच्चिकै अब्बल टोलीका लागि यो पूर्ण रूपमा हकदार विजय हो!

स्पेनले जितको उत्सव मनाइरहँदा, हामीले अर्जेन्टिनाको उत्कृष्ट यात्रालाई पनि बिर्सन मिल्दैन। अर्जेन्टिनाका समर्थक तथा खेलाडीहरू—अन्त्यमा भाग्यले साथ दिएन, तर तपाईंको टोलीले खेलको अन्तिम ह्वीसलसम्म ठूलो साहस र जोसका साथ प्रतिस्पर्धा गर्यो।

हाम्रो समुदायका सबैजना जसले यो यात्रालाई पछ्याउनुभयो, उत्साह बाँड्नुभयो र खेलको रोमाञ्चक मोडहरू नियाल्नुभयो, सबैलाई धन्यवाद। फुटबलको यो सुन्दर खेलले कहिल्यै निराश बनाउँदैन!

स्पेनलाई फेरि पनि धेरै धेरै बधाई! 🇪🇸

दैनिक गुजाराका लागि संघर्ष गरिरहेका एक युवाले यसरी अकालमा ज्यान गुमाउनुपरेको घटनाले मर्माहत बनाएको छ। शोक सन्तप्त परिवार...
10/07/2026

दैनिक गुजाराका लागि संघर्ष गरिरहेका एक युवाले यसरी अकालमा ज्यान गुमाउनुपरेको घटनाले मर्माहत बनाएको छ। शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै उहाँहरूलाई यो अपूरणीय क्षति सहन सक्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं ।

07/07/2026
03/07/2026
29/06/2026

प्रेस नोट:
सामाजिक संस्था र प्रहरीको संयुक्त प्रयासमा वीरगञ्जबाट भारतीय युवतीको उद्धार, आरोपी फरार ।
वीरगञ्ज, १४ असार ।
वीरगञ्जमा सामाजिक संस्था र प्रहरीको संयुक्त सक्रियतामा बन्धक बनाइएकी एक भारतीय युवतीको सकुशल उद्धार गरिएको छ। भारतको बिहार राज्य, मोतिहारी घर भएकी अन्दाजी १८ वर्षीया निमुत कुमारीलाई वीरगञ्ज-२४ रामगढवाबाट उद्धार गरिएको हो।

पीडित युवतीलाई सोही राज्यको छपरा घर भएका २३ वर्षीय चन्दन कुमारले गत अप्रिल २ तारिखदेखि बन्धक बनाई राखेका थिए। आफू बन्धक बनेको जानकारी पीडित युवतीले फोनमार्फत भारतमा रहेका आफ्ना बुबालाई दिएकी थिइन्। त्यसलगत्तै पीडित परिवारले भारतको रक्सौलका सामाजिक संस्थाहरूसँग समन्वय गरी वीरगञ्ज आइपुगेका थिए।

दिनभरको कानुनी एवं कागजी प्रक्रिया पूरा गरेपछि राति ११ बजेदेखि वीरगञ्ज युवा समाज, आफन्त नेपाल र अस्थायी प्रहरी पोष्ट रानीघाटको संयुक्त टोलीले खोजतलास (सर्च अपरेशन) सुरु गरेको थियो।

पीडित महिलाले फोनमा दिएको लोकेसनको आधारमा टोलीले सुरुमा एउटा शङ्कास्पद घरमा खोजतलास गरेको थियो, तर त्यहाँ कोही फेला परेनन्। केही बेरपछि अन्दाजको भरमा दोस्रो घरमा पनि खोजतलास गरिए पनि टोलीले निराशाजनक परिणाम मात्र हात पार्यो।

राति करिब २ बजेतिर उक्त क्षेत्रका बाँकी ६/७ वटा घरमा सर्च गर्ने तयारी भइरहँदा एक स्थानीय दम्पतीले वास्तविक घर चिनाइदिएका थिए। सोही सूचनाका आधारमा टोलीले बन्धक बनाइएकी युवतीलाई सकुशल उद्धार गर्न सफल भयो। तर, उद्धार टोली आइपुग्नु अगावै दोषी पुरुष भने फरार भइसकेका थिए।

उद्धार गरिएकी युवतीलाई 'आफन्त नेपाल' ले आफ्नो संरक्षणमा लिएको छ। आवश्यक कानुनी एवं कागजी प्रक्रिया पूरा गरी उनलाई चाँडै परिवारको जिम्मा लगाइने संस्थाले जनाएको छ।
यस उद्धार कार्यमा वीरगञ्ज युवा समाजका अध्यक्ष संजीव थापा, सदस्य सुशील सिंह, रक्सौलका सामाजिक अभियन्ता रंजित सिंह, पत्रकारद्वय रवि बर्णवाल र अर्जुन गुप्ता, स्थानीय मुन्ना सर्राफ एवं शिवम गुप्ताको उपस्थिति रहेको थियो। त्यसैगरी आफन्त नेपालका स्वयंसेवकहरू, अस्थायी प्रहरी पोष्ट रानीघाटका प्रहरी सहायक निरीक्षक, प्रहरी जवानहरू तथा स्थानीय बासिन्दाहरूले पनि अपरेशनमा महत्त्वपूर्ण सहयोग पुर्‍याएका थिए।

वीरगंज युवा समाजद्वारा विपन्न परिवारकी छोरीको विवाहका लागि आर्थिक सहयोग हस्तान्तरणवीरगंज, ६ असार ।स्थानीय सामाजिक संस्था...
22/06/2026

वीरगंज युवा समाजद्वारा विपन्न परिवारकी छोरीको विवाहका लागि आर्थिक सहयोग हस्तान्तरण
वीरगंज, ६ असार ।

स्थानीय सामाजिक संस्था वीरगंज युवा समाजले एक विपन्न परिवारको छोरीको विवाह सम्पन्न गर्नका लागि संकलन गरिएको आर्थिक रकम रु. २२०१०/- (बाईस हजार दस रुपैया मात्र) हस्तान्तरण गरेको छ। आज शनिबार संस्थाका प्रतिनिधिहरू पीडित परिवारको घरमै पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन्।

यही अषाढ ८ गते बाराको जितपुर स्थित प्रसिद्ध गढीमाई मन्दिरमा विवाह सु-सम्पन्न हुन गइरहेको अवस्थामा परिवारको आर्थिक अवस्था कमजोर भई समस्या परेको जानकारी पाएपछि संस्थाले यो पहलकदमी लिएको हो। रकमको स्रोत संस्थाको आन्तरिक संकलनबाट जुटाइएको वीरगंज युवा समाजले जनाएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भने:-
"आर्थिक अभावका कारण कसैको छोरीको विवाह रोकिनु हुँदैन र सामाजिक दायित्व बुझेर हामीले यो सानो सहयोग गरेका हौं। हाम्रो एउटा सानो प्रयासले एउटा परिवारमा खुसी आउँछ र विवाह सु-सम्पन्न हुन सक्छ भने हामी सधैं यस्ता कार्यमा अगाडि रहनेछौँ। यस पवित्र र मानवीय कार्यका लागि स्वैच्छिक रूपमा सहयोग गर्नुहुने, मनका धनी तथा परोपकारी भावना भएका सम्पूर्ण सहयोगी हातहरूलाई म वीरगंज युवा समाजको तर्फबाट र व्यक्तिगत तर्फबाट हृदयदेखि नै हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु।"
छोरीको विवाह सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गर्दै संस्थाले आगामी दिनमा पनि यस्ता परोपकारी र सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

रकम हस्तान्तरण कार्यक्रममा वीरगंज युवा समाजका अध्यक्ष संजीव थापा, सचिव विनोद धिमाल, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, सदस्यहरू सुशील सिंह, राजु गुप्ता, कमलेश सर्राफ र पुष्पराज कोईराला लगायतको उपस्थिति रहेको थियो।

Address

Birta-4, Parsa
Birgunj

Telephone

97751521582

Website

Alerts

Be the first to know and let us send you an email when Birgunj Yuva Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Birgunj Yuva Samaj:

Shortcuts

Share