N Pabsan Birgunj Metropolitan City

N Pabsan Birgunj Metropolitan City Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from N Pabsan Birgunj Metropolitan City, Nonprofit Organization, Birgunj, Parsa, Birgunj.

11/01/2026

वीरगञ्ज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय सङ्गठन (एन–प्याब्सन) वीरगञ्ज समितिको आयोजनामा सङ्गठनको २८औँ राष्ट.....

बिरगञ्जमा राष्ट्रिय प्याब्सनको २८औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्नबिरगञ्ज, पुस २७ — राष्ट्रिय निजी तथा ...
11/01/2026

बिरगञ्जमा राष्ट्रिय प्याब्सनको २८औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

बिरगञ्ज, पुस २७ — राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (NATIONAL PABSAN) बिरगञ्ज समितिको आयोजनामा संगठनको २८औँ राष्ट्रिय स्थापना दिवसको अवसर पारेर आज घण्टाघर, बिरगञ्जमा भव्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका अध्यक्ष NATIONAL PABSAN बिरगञ्जका अध्यक्ष श्री जियालाल गुप्ता रहनुभएको थियो भने प्रमुख अतिथि NATIONAL PABSAN का केन्द्रीय संस्थापक सदस्य तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्री रामबिनय चौरसिया रहनुभएको थियो। कार्यक्रमका समन्वयकर्ता NATIONAL PABSAN बिरगञ्जका सचिव श्री शेख अजहर तथा कोषाध्यक्ष श्री प्रमोद साह रहनुभएको थियो।

कार्यक्रममा समाजसेवा र मानवीय उत्तरदायित्वलाई आत्मसात गर्दै जम्मा ७० जनाले रक्तदान गरेका थिए, जसमा ६३ जना पुरुष र ७ जना महिला रक्तदाताहरू सहभागी थिए।

कार्यक्रममा सनी दुबे, राकेश यादव, दीपक तुल्स्यान, शौकत अली, हरिन्द्र कुशवाहा, राजेन्द्र आचार्य, श्रीनारायण साह, सोनालाल पटेल लगायत विभिन्न विद्यालय निर्देशक तथा शिक्षाविद्हरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्री रामबिनय चौरसियाले राष्ट्रिय प्याब्सनले शिक्षा क्षेत्रसँगै समाजसेवामा पनि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउँदै यस्ता कार्यक्रमले मानव जीवन जोगाउन ठूलो योगदान पुग्ने उल्लेख गर्नुभयो। अध्यक्ष श्री जियालाल गुप्ताले रक्तदान जस्तो पवित्र कार्यमा सहभागी सबै रक्तदाताहरू, सहयोगी संस्था तथा स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण सहभागी, स्वयंसेवक तथा सम्बन्धित संघ–संस्थाप्रति आयोजक समितिले आभार व्यक्त गरेको छ।

🩸 रक्तदान जीवनदान हो ❤️राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल(NATIONAL PABSAN, Birgunj) द्वारा२८ औँ राष्ट्रिय...
10/01/2026

🩸 रक्तदान जीवनदान हो ❤️

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल
(NATIONAL PABSAN, Birgunj) द्वारा
२८ औँ राष्ट्रिय स्थापना दिवस को शुभ अवसरमा
आयोजित बृहत रक्तदान कार्यक्रम सफल बनाऔँ।

एक थोपा रगतले कसैको जीवन बचाउन सक्छ।
आउनुहोस्, मानवीय सेवामा हातेमालो गरौँ।

🙏 रक्तदान गरौँ, जीवन दान गरौँ।






🩸❤️

🕊️ **शान्ति र शिक्षा बचाऔँ** 🕊️हालको तनाव, कर्फ्यु, बारम्बारका बिदा र राजनीतिक आन्दोलनका कारण वीरगञ्जका विद्यालयहरू बन्द...
06/01/2026

🕊️ **शान्ति र शिक्षा बचाऔँ** 🕊️

हालको तनाव, कर्फ्यु, बारम्बारका बिदा र राजनीतिक आन्दोलनका कारण वीरगञ्जका विद्यालयहरू बन्द हुँदा बालबालिकाको पढाइ गम्भीर रूपमा प्रभावित भएको छ। कुनै पनि आन्दोलन वा विरोध अघि बढाउनु अघि **हाम्रा सन्तानको भविष्यबारे सोचौं।**

नगरप्रमुखज्यू, प्रमुख जिल्ला अधिकारीज्यू तथा सम्पूर्ण राजनीतिक दलहरूसँग शिक्षा क्षेत्र नबिग्रिने गरी जिम्मेवार भूमिका निर्वाह गर्न हार्दिक अनुरोध गर्दछौं। शिक्षा बिग्रिएमा अभिभावकहरू आफ्ना बालबालिकालाई वीरगञ्जमै पढाउन हिच्किचाउने अवस्था आउन सक्छ।

🙏 शान्ति, सद्भाव र शिक्षा निरन्तरताका लागि सबैको सहयोग अपेक्षित।
— **NATIONAL PABSAN वीरगञ्ज महानगर समिति**

Happy Constitution Day!On this historic occasion, NATIONAL PABSAN BIRGUNJ METROPOLITAN COMMITTEE extends warm greetings ...
19/09/2025

Happy Constitution Day!
On this historic occasion, NATIONAL PABSAN BIRGUNJ METROPOLITAN COMMITTEE extends warm greetings and best wishes to all. May this day inspire us to uphold the values of democracy, unity, and progress for a brighter future.

📢 विद्यालयहरू भोलिदेखि सन्चालन गर्न सरोकारवालालाइ दबाव | शिक्षा अब अवरोधित हुन दिने छैनौं, बालबालिकाको भविष्य सुरक्षित ग...
13/09/2025

📢 विद्यालयहरू भोलिदेखि सन्चालन गर्न सरोकारवालालाइ दबाव |
शिक्षा अब अवरोधित हुन दिने छैनौं, बालबालिकाको भविष्य सुरक्षित गरौँ ✊📚

✊📢आज २०८२ भाद्र १२ गते नेशनल प्याब्सान, प्याब्सान तथा हिसान समूहको संयुक्त अगुवाइमा आयोजित विरोध र्‍याली तथा कोणसभा कार्...
28/08/2025

✊📢
आज २०८२ भाद्र १२ गते नेशनल प्याब्सान, प्याब्सान तथा हिसान समूहको संयुक्त अगुवाइमा आयोजित विरोध र्‍याली तथा कोणसभा कार्यक्रम, वीरगंजमा हाम्रो उपस्थिति ✨

👉 र्‍याली: पुरानो बसपार्क आदर्शनगर
👉 कोणसभा: जिल्ला प्रशासन कार्यालय अगाडि

शिक्षाको हकमा, विद्यालयहरूको आवाज बुलन्द बनाउँदै ✊📚

📢✊ गुणस्तरीय शिक्षा र निजी विद्यालयको अस्तित्वको पक्षमा ✊📢संघीय शिक्षा ऐनमार्फत निजी विद्यालय बन्द गर्ने नीतिविरुद्धको ज...
27/08/2025

📢✊ गुणस्तरीय शिक्षा र निजी विद्यालयको अस्तित्वको पक्षमा ✊📢

संघीय शिक्षा ऐनमार्फत निजी विद्यालय बन्द गर्ने नीतिविरुद्धको जिल्ला व्यापी बृहत् विरोध रयाली कार्यक्रम मा तपाईं सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं ।

📍 स्थान: पुरानो बसपार्क, आदर्शनगर, वीरगंज
🕥 समय: बिहान १०:३० बजे
📅 मिति: २०८२ भाद्र १२ गते, बिहिबार

👉 सबैले उपस्थित भई हाम्रो आन्दोलनलाई सशक्त बनाउन अनुरोध गर्दछौं ।

नेशनल प्याबसन पर्सा जिल्लाको अगुवाइमा सरकारले ल्याएको नयाँ शिक्षा नीतिको विरोधस्वरूप आज जनकपुरमा आयोजित जुलुस तथा कोणसभा...
25/08/2025

नेशनल प्याबसन पर्सा जिल्लाको अगुवाइमा सरकारले ल्याएको नयाँ शिक्षा नीतिको विरोधस्वरूप आज जनकपुरमा आयोजित जुलुस तथा कोणसभामा हामी र हाम्रो टिमको उत्साहजनक सहभागिता भयो ✊📚।

शिक्षा क्षेत्रको हित, विद्यार्थीहरूको उज्ज्वल भविष्य र निजी विद्यालयहरूको हक अधिकारको लागि एकताबद्ध भई आवाज उठाइयो ।
हाम्रो यो उपस्थिति आन्दोलनलाई थप प्रभावकारी बनाउन एक कदम अघि बढेको छ 🚩।

#जनकपुर_आन्दोलन #शिक्षा_हाम्रोअधिकार

आफ्ना माग पूरा गर्न दबाब स्वरूप निजी विद्यालय सञ्चालकहरूले भोलि स्कुलका पहेलो बससहित नगर परिक्रमा गर्ने भएका छन्। गण्डकब...
21/08/2025

आफ्ना माग पूरा गर्न दबाब स्वरूप निजी विद्यालय सञ्चालकहरूले भोलि स्कुलका पहेलो बससहित नगर परिक्रमा गर्ने भएका छन्। गण्डकबाट सुरु हुने बस र्याली बाईपास–प्रतिमा चौक–बसपार्क–भन्सार चौक–घण्टाघर–पावरहाउस हुँदै पुनः गण्डकमा सम्पन्न हुने कार्यक्रम छ।

📢 संयुक्त आन्दोलनका कार्यक्रम अन्तर्गतआज मिति २०८२/०४/२९ गते,बिरगंज महानगरपालिका प्रमुख प्रशासनिक अधिकृतज्यूलाई📄 ज्ञापनप...
14/08/2025

📢 संयुक्त आन्दोलनका कार्यक्रम अन्तर्गत
आज मिति २०८२/०४/२९ गते,
बिरगंज महानगरपालिका प्रमुख प्रशासनिक अधिकृतज्यूलाई
📄 ज्ञापनपत्र 🖋️
PABSON, National PABSAN बिरगंज महानगरका आदरणीय सदस्यज्यूहरू तथा HISSANका सम्माननीय सदस्यज्यूहरूको भव्य उपस्थितिमा बुझाइएको छ।

🤝 यस संयुक्त पहलमार्फत निजी तथा आवासीय विद्यालयहरूको हकहित र शिक्षा क्षेत्रको सुधारका लागि हाम्रो दृढ प्रतिबद्धता पुनः दोहोर्याइएको छ।

✊📚

Address

Birgunj, Parsa
Birgunj
44300

Website

Alerts

Be the first to know and let us send you an email when N Pabsan Birgunj Metropolitan City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share