दधिराजसुवेदी पुरस्कार प्रतिष्ठान,बिराटनगर,नेपाल

  • Home
  • Nepal
  • Biratnagur
  • दधिराजसुवेदी पुरस्कार प्रतिष्ठान,बिराटनगर,नेपाल

दधिराजसुवेदी पुरस्कार प्रतिष्ठान,बिराटनगर,नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from दधिराजसुवेदी पुरस्कार प्रतिष्ठान,बिराटनगर,नेपाल, Nonprofit Organization, Biratnagar-3, Kanya Marga, Biratnagur.

भाषा साहित्य,समाज सेवा र पत्रकारिताको क्षेत्रमा विशिस्ट योगदान पुर्याउने व्यक्तिलाई पुरस्कृत गर्ने उद्येश्यले दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानको स्थापना गरिएको छ ।

नेपाली भाषा,साहित्य,संस्कृती, शिक्षा,समाज सेवा,पत्रकारिता आदि क्षेत्रमा समर्पित बिराटनगर निवासी ७० बर्षिय प्राज्ञ दधिराज सुवेदीको सम्मानमा वहाँका सुपुत्रद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले प्रतिष्ठान स्थापना गर्न रु. १५ लाखको अक्षय

कोषको व्यवस्था मिलाउनु भएको छ। उक्त कोषको रकमबाट प्राप्त हुने ब्याजले हरेक वर्ष प्राज्ञ सुवेदीको जन्म दिवसको अवसर पारेर दुई जनालाई रु.५१ हजार र रु.२५ हजारको राशीले पुरस्कृत गर्ने प्रतिष्ठानको उद्येश्य रहेको छ ।

प्रतिष्ठान गठन गर्न बिराटनगर मा आयोजना गरिएको एक भेला ले प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा ९ सदस्यीय कार्य समितिको गठन गरिएको छ । जसको उपाध्यक्षमा शरदराज सुवेदी,सचिवमा दिङ्ग्लाली कान्छो र कोषाध्यक्षमा सिताराम पोख्रेल रहेका छन् । त्यसैगरी सदस्यहरुमा श्रीमती ईन्दिरा रिजाल, श्रीमती सरला चापागाईं,माधव अत्री,चूडामणि नेपाल "अकिञ्चन" र रुपक राज सुवेदी रहेनु भएको छ ।

यसैगरी सो प्रतिष्ठानको सल्लाहकारमा प्रा.बालकृष्ण पोखरेल,डा. बिष्णुविभु घिमिरे ,डा.तुलसी प्रसाद भट्टराई,प्रा. लालानाथ सुवेदी,र श्रीमती लक्ष्मी उप्रेती लाई चयन गरिएको छ। प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले प्रतिष्ठानको संरक्षकमा दधिराज सुवेदी र श्रीमती मीना सुवेदी रहनु भएको जानकारी गराउनु भएको छ ।
सो प्रतिष्ठानले दधिराज सुवेदीले नेपाली भाषा,साहित्य,शिक्षा,समाज सेवा र अनुसन्धानको क्षेत्रमा गर्दै आउनु भएका बिबिध कार्यहरुको संरक्षण र सम्बर्धन गर्दै जाने कुरा पनि सो प्रतिष्ठानका अध्यक्ष पोखरेलले बताउनु भयो ।

26/10/2025

कवि दधिराज सुवेदीको 'सौन्दर्य ' कविता सङ्ग्रहमा नसमेटिएको एउटा अप्रकाशित कविता....

26/10/2025

कविता

----- दधिराज सुवेदी

ब्रह्म मुहूर्तमा पूर्वको लाली सँगसँगै ब्यूँझेर
अरुणका किनारै किनार ओर्लिएँ
अलिकति नगरमा छरिएँ
अलि अलि भरिंदै र पोखिदै
खानेपानीसँग बगें
केही छरिएँ केही बगें, विश्वविद्यालयमा हराएँ
ओर्लनु, छरिनु, बग्नु र हराउनु नै जीवन हो ?
अथवा
उक्लनु, समेटिनु, जम्नु र नहराउनु जीवन हो ?
यसको उत्तर को सँग सोधुँ ?
मान्छे किन ओर्लदैछ ?
मान्छे किन छरिंदैछ ?
मान्छे किन बग्दैछ ?
मान्छे किन हराउँदैछ?
के मान्छेको अस्मिता समाप्त हुनलागेको हो ?
मान्छे ओर्लदा नदीमा पुग्नुपर्ने हो
मान्छे बग्दा सागरमा पुग्नु पर्ने हो
मान्छे छरिंदा दर्शनमा हराउनु पर्ने हो
मान्छे हराउँदा आत्माको विकास हुनुपर्ने हो
तर, आज यसो भइरहेको छैन किन ?
के मान्छेको मूल्य समाप्त भएको हो ?
अथवा, मान्छेले आफैलाई चिन्न नसकेको हो?
मान्छे मान्छे हो
यो हराउँदैन
पोखिदैन
छरिंदैन
बग्दैन
यो बुद्ध बनेर बस्छ
बाल्मीकि बनेर बोल्छ
राम बनेर हिंड्‌छ
वैदिक दर्शनकासाथ जमेर बस्छ ।
त्यसैले म मान्छे हुँ
अरुण किनारैकिनार ओर्लन्छु र
सागरको मैदान सम्म पुग्छ ।

सम्झनाहरू..
22/10/2025

सम्झनाहरू..

दधिराज सुवेदीका प्रकाशित पुस्तकहरू
22/10/2025

दधिराज सुवेदीका प्रकाशित पुस्तकहरू

चेतना संरक्षण प्रतिष्ठानको मासिक कार्यक्रम:२०८१|०७|०२ विराटनगर
18/10/2024

चेतना संरक्षण प्रतिष्ठानको मासिक कार्यक्रम:२०८१|०७|०२ विराटनगर

आजको समय सदुपयोग डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीसँग!! २०८१|०६|१९ शनिवार
05/10/2024

आजको समय सदुपयोग डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीसँग!! २०८१|०६|१९ शनिवार

नेपाली भाषा आन्दोलनका अग्रणी व्यक्तित्व आदरणीय सूर्य बहादुर बस्नेत (९३ वर्ष ) लाई शतायुको कामना सहित बधाई।
12/09/2024

नेपाली भाषा आन्दोलनका अग्रणी व्यक्तित्व आदरणीय सूर्य बहादुर बस्नेत (९३ वर्ष ) लाई शतायुको कामना सहित बधाई।

Address

Biratnagar-3, Kanya Marga
Biratnagur

Telephone

+9779842023502

Website

Alerts

Be the first to know and let us send you an email when दधिराजसुवेदी पुरस्कार प्रतिष्ठान,बिराटनगर,नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to दधिराजसुवेदी पुरस्कार प्रतिष्ठान,बिराटनगर,नेपाल:

Share