04/08/2026
💐 भावपूर्ण श्रद्धाञ्जली तथा हार्दिक समवेदना 💐
अत्यन्तै दुःखी खबर!
धार्मिक तीर्थयात्राका क्रममा भारतको अमरनाथ धाम पुग्नुभएका बराहा क्षेत्र नगरपालिका वार्ड नं ९ श्रीलङ्का टप्पु स्थायी घर गरी बस्ने वर्ष ५५ को आदरणीय समाजसेवी निरन्जन चन्द्रवंशीज्यूको हृदयघातका कारण निधन भएको खबरले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ।
समाजसेवाको क्षेत्रमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदान र अमूल्य सेवा सधैँ स्मरणीय रहनेछ। उहाँको निधनले समाजलाई एक अभिभावक र सच्चा समाजसेवीको ठूलो क्षति पुगेको छ।
यस दुःखद् घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, शोककाकूल परिवारजन, आफन्त र शुभचिन्तकहरूमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौँ।
भावपूर्ण श्रद्धाञ्जली! 🙏
नेपाल चाँय चन्द्रबंशी क्षत्रिय जाति उत्थान समिति