Eastern Nepal International Society - ENIS

Eastern Nepal International Society - ENIS "पु्र्वी नेपाल अन्तर्राष्ट्रीय समाज"

पूर्वी नेपाल अन्तर्राष्ट्रिय समाजका केन्द्रिय सदस्य गंगा राज राईका ममतामयी आमाको ७५ वर्षको उमेरमा असामहीक निधनको खबरले प...
15/06/2025

पूर्वी नेपाल अन्तर्राष्ट्रिय समाजका केन्द्रिय सदस्य गंगा राज राईका ममतामयी आमाको ७५ वर्षको उमेरमा असामहीक निधनको खबरले पूर्वी नेपाल अन्तर्राष्ट्रिय समाज परिवार स्तब्ध भएको छ। यो दुखद् घडीमा शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति सुम्निमा र पारुहाङले प्रदान गरुन् ! दिवंगत आमाको सुप्तुलुङमा वास होस गहिरो समवेदना प्रकट गर्दछौं ।
सुभाष लोहनी
संयोजक
पूर्वी नेपाल अंतर्राष्ट्रिय समाज

17/01/2025

Gangaraj Rai [Seoul Korea] is inviting you to a scheduled Zoom meeting.

Topic: "पु्र्वी नेपाल अन्तर्राष्ट्रीय समाज"
Time: Jan 18, 2025 05:00 PM Kathmandu
Join Zoom Meeting
https://us04web.zoom.us/j/72078777000?pwd=WHNOkCZ68ETKExV9cJ8nrVbqVWbbfs.1

Meeting ID: 720 7877 7000
Passcode: 2023

Zoom is the leader in modern enterprise video communications, with an easy, reliable cloud platform for video and audio conferencing, chat, and webinars across mobile, desktop, and room systems. Zoom Rooms is the original software-based conference room solution used around the world in board, confer...

12/01/2025

सम्पूर्ण साथीहरूमा नमस्कार !
लामो समय देखि हाम्रो जुम बैठक बस्न सकिएको छैन र यसकालागी यहाँहरू संग क्षमायाचना गर्दै हाल सम्म भएका गतिविधि बारे यहाँहरूलाई जानकारी दिलाउन चाहन्छौ । यस बिचमा कोशी प्रदेसको पूर्वी जिल्लाका कारागारहरु मध्य पुस्तकालय नभएको ठाऊमा पुस्तकालय बनाउने र पुस्तकालय भएको ठाऊमा स्तरोन्नति गर्ने हाम्रो संस्थाले चालेको अभियान अनुरूप २०२४ नोभेम्बर ९ मा सुनसरी जिल्लाको झुम्कामा अवस्थित क्षेत्रिय कारागारमा रहेको पुस्तकालयको स्तरोन्नतिको लागि पुस्तक र पुस्तक राख्ने दराज हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । अब अन्य जिल्लाहरूमा पनि संसारभरी छरिएर रहनु भएका सम्बन्धित जिल्लाकै साथीहरूको अग्रसरता र सहयोगबाट कार्यक्रम बनाउने चरणमा लागेका छौं ।
त्यसै सन्दर्भमा पूर्वी नेपाल अंतर्रास्ट्रिय समाजको भावि कार्यक्रम र उद्देश्यमा आधारित विषयमा प्रदेश मुख्यमन्त्री र प्रदेशस्तरिय प्रशासनिक प्रमुखहरुले चासो राख्नु भएकोले २०८१ कार्तिक ४ मा समाजका संयोजक सुभाष लोहनी (जापान) को नेतृत्वमा शिवजी श्रेष्ठ (बेलायत) र गंगा राज राई (कोरिया) को टोलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेश तत्कालिन प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङ, जिल्ला प्रशासन कार्यालय मोरङ्का तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई संगको बिशेष भेटघाट भएको थियो उक्त भेटघाटमा कोशी प्रदेसको कारागारहरुमा पुस्तकालय बनाउने अभियान, प्रदेशको विकास र प्रबर्द्धनमा डायस्फोराको भूमिका , संस्थाको दर्ता र आगामी हुन लागेको प्रदेश स्तरीय लगानी सम्मेलन, प्रदेश स्तरीय पर्यटन बर्ष २०८२ लाई सफ़ल बनाउन प्रदेश सरकार र पूर्वी नेपाल अंतर्राष्ट्रीय समाजले हातेमालो गरेर जाने विषयमा छलफल भएको थियो । यिनै बिषयहरू र नयाँ वर्ष २०२५ को शुभकामना सहितलाई लिएर साथिहरूको सुझाव अनुरूप यहि जनवरी १८ तारीख शनिवार नेपाली समय साँझ ५ बजे जुम मार्फत बैठक राखिएकोले यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
एजेण्डाहरू:-
(१) नव वर्ष २०२५ को शुभकामना आदान-प्रदान ।
(२) सुनसरीको रामधुनीस्थित झुम्का क्षेत्रिय कारागारमा पुस्तकसहित दराज हस्तान्तरण गरिएको कार्यक्रमको हिसाबको फर्छौट ।
(३) संस्थाको दर्ताका लागि आवश्यक तयारी ।
(४) कोशी प्रदेश सरकारले वैशाख १८ -१९ गते आयोजना गर्न लागेको लगानी सम्मेलनमा हाम्रो संस्थाको भूमिका ।
(५) बिबिध ।
धन्यवाद !
पूर्वी नेपाल अंतर्राष्ट्रिय समाज

पूर्वी नेपाल अंतर्रास्ट्रिय समाजको भावि कार्यक्रम र उद्देश्यमा आधारित २०८१ कार्तिक ४ गते आईतबार बिशेष भेटघाट र छलफल सम्प...
20/10/2024

पूर्वी नेपाल अंतर्रास्ट्रिय समाजको भावि कार्यक्रम र उद्देश्यमा आधारित २०८१ कार्तिक ४ गते आईतबार बिशेष भेटघाट र छलफल सम्पन्न भयो । समाजका संयोजक सुभाष लोहनी (जापान) को नेतृत्वमा शिवजी श्रेष्ठ (बेलायत) र गंगा राज राई (कोरिया) को टोलीले कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्की, प्रदेश प्रहरी प्रमुख चन्द्र कुबेर खापुंग , जिल्ला कार्यालय मोरंगका प्रशासक प्रेम प्रसाद भट्टराई, बिराटनगर कारागारका प्रमुखहरु संगको भेटघाटमा आगामी माघमा हुने प्रदेश स्तरीय लगानी सम्मेलन, प्रदेश स्तरीय पर्यटन बर्ष २०८२ र समाजले प्रदेशका जिल्लामा रहेका कारागारमा पुस्तकालय बनाउने कार्यक्रमको विषयमा व्यापक छलफल भएको थियो । साथै नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला संग कोइराला निवास बिराटनगरमा भेटी समाज को आगामी काममा उहाँको सुझाव पनि प्राप्त भएको थियो ।

हिजो ३ अगस्ट २०२४ का दिन पूर्वेली समाज  बेल्जियमको तेस्रो अधिवेशन सम्पन्न भयो । अधिवेशनले  कौशल खनाल ज्यूको अध्यक्षतामा ...
04/08/2024

हिजो ३ अगस्ट २०२४ का दिन पूर्वेली समाज बेल्जियमको तेस्रो अधिवेशन सम्पन्न भयो । अधिवेशनले कौशल खनाल ज्यूको अध्यक्षतामा सर्वसम्मत रुपमा निम्न कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्ष : तुंग निरौला
: ज्योति गुरुङ
: कर्ण सुब्बा( सागर )
: बुद्धि बराल
: रतन गुरुङ
महासचिव : मुना ताम्राकार
उपमहासचिव : झुना निरौला
सचिब : रबिन वान्तवा
: रमेश कार्की
कोषाध्यक्ष : माया गुरुङ
सहकोषाध्यक्ष : रुपा लिम्बु
सदस्यहरु : गोपाल दाहाल ( निवर्तमान अध्यक्ष )
: बुद्धि गुरुङ
: सिर्जना बस्नेत
: सबल लामा
: मोना राई
: श्रेया राई
Leuven संयोजक : महेन्द्र भट्टराई
रहेका छन । पहिलो औपचारिक बैठकले अन्य सदस्यहरु तथा सल्लाहकारहरु चयन गर्नेछ ।
निवर्तमान अध्यक्ष गोपाल दाहाल तथा सम्पूर्ण टिमलाई दुई बर्ष कार्यकाल सफल बनाउनु भएकोमा धन्यवाद का साथै अध्यक्ष कौशल खनाल तथा उहाँको टिमलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु !!!
सुभाष लोहनी
संयोजक
पूर्वी नेपाल अन्तरराष्ट्रीय समाज

पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरिया को नाम   परिवर्तन गरि "पुर्वि नेपाल समाज "राखिएको छ् ।पूर्वाञ्चल सरोकार समाज द्वारा...
03/08/2024

पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरिया को नाम परिवर्तन गरि "पुर्वि नेपाल समाज "राखिएको छ् ।

पूर्वाञ्चल सरोकार समाज द्वाराआयोजीत पूर्वाञ्चल आबद्ध संस्थाहरूको कोरियन महान चाड छुसको पोष्टर सार्वजनिक कार्यक्रम साथै पूर्वाञ्चल सरोकार समाज को बार्षिक साधारण सभा कार्यक्रम हिजो मिती २०२४|७|२८ मा संस्थाका अध्यक्ष गजेन्द्र सेर्माको सभापतित्व र NRNA KOREA संस्थापक अध्यक्ष, पुर्वि नेपाल अन्तर्राष्ट्रिय समाजका संस्थापक केन्द्रिय सदस्य गंगाराज राई को प्रमुख अथितिमा पूर्वाञ्चल हलमा सम्पन्न भएको छ।

उक्त बार्षिक साधारण सभा कार्यक्रममा हलले पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरिया को नाम परिवर्तन गरि "पुर्वि नेपाल समाज "राखिएको छ् साथै पुर्वि नेपाल अन्तर्राष्ट्रिय समाज सँग समन्वय गरि मिलेर अगाडि जाने भएको छ। केहि नमिलेका संस्थाका विधानमा छलफल गरि संसोधन पनि गरिएको छ र कोरियाको महान चाड छुसकको अवसर पारी पुर्वि नेपाल समाज संग आवद्ध जिल्लाहरुको हुन गईराखेको कार्यक्रमको पोष्टर सार्वजनिक पनि गरिएको छ।

कार्यक्रम सफल बनाउन को निमित्त साथ सहयोग गर्नु हुने पूर्वी नेपाल समाज आबद्ध संस्थाहरू,पूर्वी नेपाल समाजका अग्रज तुम्याहाङ सल्लाहकार ज्यू हरू, मिडीया कर्मी साथीहरू र समग्रह रुपमा कोरियामा रहेर प्रत्यक्ष अप्रत्यक्ष रूपमा कार्यक्रम लाई सफल बनाउन साथ सहयोग गर्नु हुने सम्पूर्ण नेपाली समुदायहरूलाई संस्थाका अध्यक्ष गजेन्द्र सेर्माज्युले हार्दिक आभार प्रकट गर्नु भएको छ।

Address

Biratnagar
550110

Alerts

Be the first to know and let us send you an email when Eastern Nepal International Society - ENIS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share