02/04/2017
" ९ आै अटिजम सचेतना दिवस "
अटिजम भनेको के ?
अटिजम बच्चाले जन्मजात लिएर आउने एक विशेष प्रकारको अपाङ्गता हो। यसलाई मस्तिष्क विकासको विकार "Neuro developmental disorder " भनिन्छ । यसले मस्तिष्कको सामान्य कर्याहरुलाई प्रभावित पार्दछ। अटिजम प्राय जसो जन्मेको ३ वर्ष भित्र प्रष्ट रूपमा देखिन्छ र यो जीवनभर रहिरहन्छ । अटिजमका लक्षणहरु ब्यापक रूपमा फरक फरक किसिमका हुन्छन् । तर मुल समस्याको रूपमा ३ वटा पक्षमा जटिल समस्याहरु देखिन्छन् :
१) सञ्चारलाई बुझ्न र प्रयोग गर्न कठिनाई
२) सामाजिक सिप बुझ्न र प्रयोग गर्न कठिनाइ
३) दोहोर्याएर गर्ने व्यावाहारिक समस्या तथा सोच्न सक्ने क्षमतामा एकरुपता नहुनु ।
यी समस्याहरु अरु अपाङ्गतामा भने नपाइने हुन्छ र यो अटिजम को विशेष प्रकार हो।
साधारण लक्षणहरु
अँाखामा अाँखा नजुधाउने, एक्लै बस्न रुचाउने, बोलेर आफुलाई चाहिने कुराहरु व्यक्त गर्न नसक्ने, शब्द वा वाक्य दोहोर्याउने र फरक ढङ्गबाट स्नायुजन्य प्रतिक्रियाहरु देखाउने। हामीले ध्यानमा राख्नु पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने जति बालबालिकाहरु बढ्दै र सिक्दै जन्छन् त्यति नै उनीहरुको व्यवहारमा सुधार (improvement) आईरहन्छ ।
हामी Capable Education And Rehabilitation Centre For Disabled अटिजम भएका बालबालिका र उनीहरुका परिवार संग छौ ।
के तपाईहरु हामी संग हुनुहुन्छ ?
यदी हुनुहुन्छ भने सम्पर्क गर्नु होस।
Capable Education And Rehabilitation Centre For Disabled
Biratnagar 4 Pokhariya
Contact 9815340682 ,9807027974