Hami Yuwa

Hami Yuwa "Hami yuwa" is an organisation of Youth , purely not for profit official registered in morang district . "Hami yuwa" actually work on youth networking.

"Hami yuwa" is a youth led organsation .Its an organisation which provide platform for youth and help them to develop their leadership , personality, decision making , positivity , optimism etc.

यदि तपाईं...🌱 मानसिक स्वास्थ्य क्षेत्रमा व्यावसायिक करियर बनाउन चाहनुहुन्छ,🤝 मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन...
23/07/2026

यदि तपाईं...
🌱 मानसिक स्वास्थ्य क्षेत्रमा व्यावसायिक करियर बनाउन चाहनुहुन्छ,
🤝 मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन चाहनुहुन्छ,
💙 समाजमा सेवा, संवेदनशीलता र मानवीय मूल्यको संस्कार फैलाउन चाहनुहुन्छ,
भने आजै ७८० घण्टाको मनोसामाजिक मनोबिमर्श तालिममा आफ्नो स्थान सुरक्षित गर्नुहोस्।
📍 ग्रिन एरा ट्रेनिङ एण्ड सर्भिसेज
विराटनगर, मोरङ
थप जानकारी तथा भर्नाका लागि तल दिइएको Google Form भर्नुहोस्।

यदि तपाईं मनोसामाजिक मनोबिमर्श क्षेत्रमा व्यावसायिक दक्षता हासिल गरी समाजमा सकारात्मक परिवर्तन ल्याउन चाहनुह.....

"औँला–औँला मिलेर पञ्जा बन्छ, त्यसैगरी युवा–युवा मिलेर परिवर्तनको शक्ति बन्छ।"हामी युवा, नेपालले सधैं आवश्यकता र प्राथमिक...
16/07/2026

"औँला–औँला मिलेर पञ्जा बन्छ, त्यसैगरी युवा–युवा मिलेर परिवर्तनको शक्ति बन्छ।"

हामी युवा, नेपालले सधैं आवश्यकता र प्राथमिकतालाई आधार मानेर सहयोग गर्दै आएको छ। प्रचारका लागि होइन, जहाँ समाजलाई वास्तवमै आवश्यक हुन्छ, त्यहीँ पुग्ने हाम्रो सिद्धान्त हो।

यसअघि पनि हामीले आवश्यकता अनुसार विभिन्न व्यक्ति, समुदाय र संस्थालाई सहयोग गर्दै आएका छौं। यसपटक भने हाम्रो साथ मोरङ, विराटनगर–३ स्थित बाल सुधार गृह सँग जोडिएको छ।

बाल सुधार गृहको आवश्यकतालाई मध्यनजर गर्दै संस्थाको आवतजावत र आकस्मिक सेवामा सहजता होस् भन्ने उद्देश्यले सिटी सफारी र केही स्टेसनरि समाग्री प्रदान गरिएको छ। यो सहयोगले त्यहाँ रहेका बालबालिकाको दैनिक व्यवस्थापन तथा आवश्यक सेवामा सकारात्मक योगदान पुग्ने विश्वास लिएका छौं।

हामी विश्वास गर्छौं, समाज परिवर्तन ठूलो भाषणले होइन, साना–साना जिम्मेवार कदमहरूले हुन्छ। यही यात्रालाई निरन्तरता दिन सबैको साथ, सहयोग र विश्वास आवश्यक छ।
धन्यवाद सबै युवा तथा SK Rikshaw लगायत सबै सहयाेगी हातहरुलाई ।

15/07/2026

बाल सुधार गृहलाई सिटी सफारी हस्तान्तरण कार्यक्रम ।
धन्यवाद The Shabda Express | TSE

15/07/2026

हामी युवाले बाल सुधार गृहलाई प्रदान गर्‍यो सिटी सफारी र स्टेशनरी सामग्री ।

नेपाल प्रहरी, जिल्ला प्रहरी कार्यालय मोरङद्वारा सञ्चालन गरिएको "लागू औषध विरुद्धको सचेतना अभियान–२०८३" अन्तर्गत आयोजित T...
29/06/2026

नेपाल प्रहरी, जिल्ला प्रहरी कार्यालय मोरङद्वारा सञ्चालन गरिएको "लागू औषध विरुद्धको सचेतना अभियान–२०८३" अन्तर्गत आयोजित TikTok प्रतियोगिता तथा अभियानको सफल समापन कार्यक्रममा सहभागी संस्थाहरूलाई सम्मान गरिएको अवसरमा हामी युवा परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ।

समाजमा बढ्दो लागू औषध दुव्र्यसनलाई न्यूनीकरण गर्न सिर्जनात्मक माध्यमबाट जनचेतना फैलाउने नेपाल प्रहरी मोरङको यो प्रयास अत्यन्त प्रशंसनीय छ। यस्ता अभियानहरूले विशेषगरी युवापुस्तामा सकारात्मक सन्देश प्रवाह गर्दै लागू औषधमुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने हाम्रो विश्वास छ।

हामी युवा परिवार यो अभियानलाई सबैको साझा अभियान का रूपमा लिन्छ। लागू औषध विरुद्धको लडाइँ कुनै एक निकायको मात्र जिम्मेवारी होइन, सम्पूर्ण समाजको साझा दायित्व हो भन्ने हाम्रो दृढ विश्वास छ।

यस अभियानलाई सफल बनाउन अग्रसर जिल्ला प्रहरी कार्यालय मोरङ प्रति हार्दिक आभार व्यक्त गर्दै, आगामी दिनहरूमा पनि यस्ता जनहितका कार्यहरूमा साथ, सहयोग, सहकार्य र आवश्यक सुझाव प्रदान गर्न हामी सधैँ प्रतिबद्ध रहनेछौं।

"लागू औषधमुक्त समाज निर्माण गरौं, सचेत नागरिक बनौं।" 💙🙏

Address

Biratnagar
56600

Alerts

Be the first to know and let us send you an email when Hami Yuwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hami Yuwa:

Shortcuts

Share