13/08/2026
कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका सचिव श्री उद्धवप्रसाद रिजालज्यूसँग विगतदेखि सञ्चालन हुँदै आएको सांकेतिक भाषा दोभाषे सेवा सञ्चालनको लागि मन्त्रालय तथा सम्बन्धित जिल्लाका स्थानीय तहको समन्वयमा जिल्ला बहिरा संघसँग सहकार्य गरी दोभाषे सेवा परिचालनसम्बन्धी मार्गदर्शन जारी तयारीमा रहेको विषयमा छलफल भएको छ साथै आर्थिक वर्ष २०८३/०८४ को कोशी प्रदेश सभाको बैठक आगामी भदौ ३ गते बुधबार दिउँसो १ बजेदेखि सुरु हुने भएकाले प्रदेश सभा बैठकको प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषा दोभाषे सेवा व्यवस्था सुनिश्चित गर्ने पूर्वतयारीस्वरूप प्रदेश सभा सचिवालयका प्रदेश सभा सचिव श्री सुदर्शन खड्काज्यू तथा प्राविधिक टोलीसँग समेत छलफल सम्पन्न भयो।
बहिरा नागरिकको सूचना, सञ्चार र सार्वजनिक सेवामा समान पहुँच सुनिश्चित गर्न सहकार्य र समन्वय निरन्तर जारी रहनेछ ।
धन्यवाद! 🙏🙏🤟🤟