12/08/2026
युवा दिवसको अवसरमा सम्पन्न ‘चियासँग कथा : एक मानव पुस्तकालय अनुभव’ ले किताबका पानाभन्दा बाहिर रहेका जीवनका वास्तविक कथा, संघर्ष र अनुभवसँग जोडिने सुन्दर अवसर दियो। ❤️
कार्यक्रममा डा. रामचन्द्र अधिकारी, साहित्यकार तथा कवि सीमा आभास, एवं पत्रकार तथा साहित्यिक व्यक्तित्व अनन्तराज न्यौपानेले आफ्ना जीवनयात्रा, सिकाइ र दृष्टिकोण युवाहरूमाझ साझा गर्नुभयो। 🍀
GOALS FOUNDATION को आयोजना तथा NYCA Biratnagar, Engineers Without Borders Biratnagar र Birat Yuwa Bicharak Manch को सहकार्यमा सम्पन्न कार्यक्रममा कथा सुन्ने मात्र होइन, प्रश्न गर्ने, संवाद गर्ने र अनुभवबाट सिक्ने वातावरण सिर्जना भयो।
कहिलेकाहीँ एउटा कथा पढ्न किताब चाहिँदैन एउटा मानिसलाई ध्यान दिएर सुन्नु नै पर्याप्त हुन्छ। 📚
हरेक मानिस एउटा जीवित पुस्तक हो, र हरेक कथामा सिक्नुपर्ने एउटा अध्याय हुन्छ।