06/07/2026
यस आदर्श माध्यमिक विद्यालयको निम्न माध्यमिक तहमा मिति २०४५/१०/२३ देखि निरन्तर सेवारत निम्न माध्यमिक तह द्वीतीय श्रेणीका शिक्षक श्री यमनाथ भट्टराईज्यू मिति २०८३/०३/२३ देखि अनिवार्य अवकाश हुने भएकाले विद्यालयमा आफ्नो अन्तिम हाजिरी गर्नुहुदै ।
लामो समयसम्म विद्यालय तथा शिक्षाक्षेत्रमा पुर्याउनुभएको समर्पित, इमानदार र अनुकरणीय योगदानप्रति विद्यालय परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ। उहाँको अवकाशपछिको जीवन सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र निरन्तर सफलताले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।