Sahaj Foundation

Sahaj Foundation We are non-profit organization situated in Biratnagar-1, Morang, Nepal working for the social welfare in the the commmunity of Biratnagar and nearer area.

सदैव समर्पित। जय सहज।
24/07/2025

सदैव समर्पित। जय सहज।

सहज फाउण्डेशनद्वारा विराटनगरमा विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सहज फाउण्डेशन, विराटनगरको आयोजनामा मिति २०८२ साल श्रावण ८ गते, बिहीबारका दिन धरणीधर आधारभूत विद्यालय, विराटनगर–६ का अति ...
24/07/2025

सहज फाउण्डेशन, विराटनगरको आयोजनामा मिति २०८२ साल श्रावण ८ गते, बिहीबारका दिन धरणीधर आधारभूत विद्यालय, विराटनगर–६ का अति विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी पुस्तक बोक्ने झोला सहितका शैक्षिक सामग्री वितरण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको जानकारी गराउँदछौं।

कार्यक्रममा संस्थाका अध्यक्ष राहुल राय, प्रमुख अतिथि कृष्ण कार्की, निवर्तमान अध्यक्ष ई. पवन भट्टराई, महासचिव अर्जुन मण्डल, सह–सचिव शुभम भट्टराई, कोषाध्यक्ष रेहान भट्टराई, नेपाल मुस्लिम संघ मोरङ सभापति केहेकशा कौशर (गुड्डी), मोरङ जिल्ला क्रिकेट संघ अध्यक्ष साद बाबु कुरेशी, युवा नेता राजन न्यौपाने, युवा नेता भोला मण्डल, विद्यालयका प्रधानाध्यापक खेम निरौला, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलकेश्वर कामत, समाजसेवी नवीन विक्रम शाह, समाजसेवी विवेक केसरी, संस्थाका पदाधिकारी, पूर्वपदाधिकारी, सदस्यहरू तथा अन्य सामाजिक व्यक्तित्वहरूको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रम सफल बनाउन सहयोग र साथ दिनुहुने सम्पूर्णमा सहज फाउण्डेशन परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ। साथै, आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौं।

जय सहज।

सहज फाउंडेशन बिराटनगर द्वारा शिद्धकली आधारभूत विद्यालय बिराटनगर ०५ मा अति बिपन्न विद्यार्थी हरु लाइ पुस्तक बोक्ने ब्याग ...
15/07/2025

सहज फाउंडेशन बिराटनगर द्वारा शिद्धकली आधारभूत विद्यालय बिराटनगर ०५ मा अति बिपन्न विद्यार्थी हरु लाइ पुस्तक बोक्ने ब्याग तथा अन्य शैक्षिक सामग्री वितरण कार्यक्रम सफलता का साथ सम्पन्न भएको छ । कार्यक्रम मा सहज फाउंडेशन का अधक्ष्य राहुल रोय ,प्रमुख अतिथि कृष्ण कार्की ,संस्था का निबर्तमान अधक्ष्य पवन भट्टराई ,युवा नेता राजन न्यौपाने ,नेपाल बिद्यार्थी संघ का जिल्ला सभापति सरोज पोख्रेल ,युवा नेता भोला मण्डल ,मारवाडी युवा मंच का अधक्ष्य मोहित लालवानी, बिद्यालय का प्र.अ,ब्यबस्थापन समिति का अधक्ष्य,तथा फाउंडेशनका अन्य पधाधिकारी तथा पूर्व पधाधिकारी सहित सदस्य हरु को सहभागिता रहेको थियो । आगामी दिन मा पनि यस्ता कार्यक्रम लाई निरन्तरता दिदै अघि बढ्ने कुरा सहज फाउंडेशन ब्यक्त गर्न चाहन्छ । जय सहज ।

Address

Biratnagar/1
Biratnagar

Telephone

+9779842086101

Website

Alerts

Be the first to know and let us send you an email when Sahaj Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share