25/06/2026
Timiharu chor harunai theu sarkarma Thulo kura nagarda hunxa
“जान्नेलाई छान्ने” भन्ने नारा थियो, तर महाधिवेशन हेर्दा “चाहेकालाई जिताउने” अभ्यास देखियो।
प्रतिवेदनमाथि खुला छलफल भएन, नेतृत्वसँग असहमत हुनेलाई प्रोत्साहन होइन, किनारा लगाइयो।
प्रतिस्पर्धा गर्न खोज्नेको नाम नै सूचीबाट गायब हुने, नो-भोटको विकल्प नहुने, मतदान प्रक्रियामाथि प्रश्न उठ्ने र पदाधिकारीहरूलाई मतदान नै नगरी घोषणा गर्ने तयारी हुने लोकतान्त्रिक अभ्यासको कस्तो नमुना प्रस्तुत गर्यो?
कुल ४३११ प्रतिनिधिमध्ये १३५२ जना अर्थात् ३१ प्रतिशतभन्दा बढीले मतदान नै गरेनन्। तर प्रचारचाहिँ “१० जना मात्रै अनुपस्थित” जस्तो गरियो। यदि आफ्नै महाधिवेशनमा एक तिहाइ प्रतिनिधि मतदान प्रक्रियाबाट विमुख छन् भने त्यसलाई उत्साहजनक सहभागिता भन्ने कि गम्भीर असन्तुष्टि?
हप्तौ लगाएर रातारात सक्न खोजिएको महाधिवेशन, पूर्वनिर्धारित जस्तो देखिने परिणाम, सीमित बहस, सीमित प्रतिस्पर्धा र सीमित सहभागिताले एउटा प्रश्न उठाएको छ।
यो महाधिवेशन नेतृत्व चयनका लागि थियो कि नेतृत्व अनुमोदनका लागि?
पुराना दलहरूलाई आन्तरिक लोकतन्त्र नमान्ने भन्दै आलोचना गरेर उदाएको पार्टीले आफ्नै महाधिवेशनमा देखाएको अभ्यासले भने “विकल्प” र “प्रतिलिपि” बीचको दूरी निकै साँघुरो बनाइदिएको छ।