29/08/2026
बाढी–पहिरोले देश पीडामा हुँदा कोही राहत लिएर दौडिनुभयो, कोही रक्तदान गर्नुभयो, कोही आर्थिक सहयोग गर्नुभयो, कोही सामग्री जुटाउनुभयो, कोही प्रार्थना गर्नुभयो। हामी सबैप्रति कृतज्ञता प्रकट गर्दछौँ ।
कक्षा ९ का विद्यार्थीहरूदेखि आफ्नो व्यवसायको QR हटाएर PM Relief Fund को QR राख्ने व्यवसायी, “म पानि सहयोग गर्न चाहन्छु” भन्दै आफ्नो कमाइबाट हात बढाउने ठेला चलाएर दैनिकी चलाउने दिदी, हरेक सहयोग अमूल्य छ।
प्रभावित र अप्रभावित समुदायबीच पुल बनेर काम गरिरहेका सम्पूर्ण सामाजिक संस्था, स्वयंसेवक प्रति विशेष आभार ब्यक्त गर्दछौ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना प्रति विशेष आभार ब्यक्त गर्दछौ, तपाईँहरूको अमूल्य योगदान प्रति कृतज्ञता ब्यक्त गर्दछौ।
नागरिकको अभिभावक बनेर खटिनुहुने नेपाल सरकार र दुःखको यो घडीमा सहयोग गर्ने हाम्रा मित्रराष्ट्रहरू प्रति पनि हार्दिक धन्यवाद ब्यक्त गर्दछौ।
हामी फरक जात, धर्म, भाषा र संस्कृतिका हुन सक्छौँ। हाम्रो सिकाइ, भोगाई फरक होलान् तर विपद्को बेला हामी सबै एक छौँ।
यही एकता हाम्रो शक्ति हो।
बेटर चितवन परिवारको तर्फबाट—
सहयोग गर्ने हरेक हातलाई, साथ दिने हरेक मनलाई र प्रार्थना गर्ने हरेक हृदयलाई हृदयदेखि धन्यवाद।