Police Public Campaign For Children

Police Public Campaign For Children We are hands of police and public united together as a campaign for socialization of drug addicted street children .

“अपराध रोकथामका लागि दुर्व्यसनी सडक बालबालिका पुनर्स्थापना तथा सामाजिकीकरण कार्यक्रम-२०७२” चितवन जिल्लाको सुरक्षा सबल बनाउने प्रमुख लक्ष्य बोकेको प्रहरी नागरिक साझेदारी अवधारणामा आधारित बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान (Police Public Campaign for Children-P2C2) अन्तर्गतको एउटा कार्यक्रम हो ।
नेपाल प्रहरीको अगुवाईमा यस क्षेत्रमा सक्रिय हुनु हुने वा सरोकार राख्नु हुने सरकारी तथा गैरसरकारी न

िकाय, संघसंस्था तथा व्यक्तित्वहरु यस कार्यक्रमको साझेदार रहने व्यवस्था अनुरुप सल्लाहकार सहितको एक कार्यक्रम संचालक समिति गठन गरिएको छ । मुख्य कार्यक्रम संयोजकका रुपमा उक्त संचालक समितिको नेतृत्व जुनिअर प्रहरी अधिकृत शिक्षालय, चितवनका समादेशक एवं प्रहरी बरिष्ठ उपरीक्षक रमेश प्रसाद खरेलले गर्नु भएको छ। नागरिकको तर्फबाट फिल्डतर्फको नेतृत्व हाल सामुदायिक प्रहरी सेवा केन्द्र नारायणगढ र आदर्शगृह नामक सामाजिक संस्थाको अध्यक्ष समेत रहनु भई सामाजिक सेवाको क्षेत्रमा सक्रियरुपमा योगदान गर्दै आउनु भएकी व्यक्तित्व सुश्री मिना खरेलले गर्नु भएको छ । यस कार्यक्रमको अवधारणापत्रलाई सुक्ष्मरुपमा अध्ययन गरी दिगोढंगबाट संचालन गर्न संस्थागत बनाउनु पर्ने महत्वपूर्ण सुझाव एवं मार्ग निर्देशन दिई कार्यान्वयनकालागि अनुमति प्रदान गर्ने मध्य क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक देबेन्द्र सुबेदी यस कार्यक्रमको संरक्षक रहनु भएको छ । निज संरक्षकज्यूबाटै मिति २०७२ साल कार्तिक १४ गते जुनिअर प्रहरी अधिकृत शिक्षालय, चितवनको प्रांगणमा आयोजित उदघाटन कार्यक्रम मार्फत यो कार्यक्रमको शुभारम्म गरिएको थियो । प्रारम्भिक कार्यक्रम (Pilot Project) को रुपमा पहिलो पटक यो कार्यक्रम चितवन जिल्लामा लागु गरिएको छ ।
यस कार्यक्रमले दुर्व्यसनमा लागेका कारण कानुनको द्वन्द्वमा परेका, बयस्कद्वारा अपराधमा संलग्न गराईएका र अपराधको शिकार हुन वाध्य पीडित सडक बालबालिकालाई प्रहरी र नागरिकको सहकार्यमा सर्वप्रथम दुर्व्यसनबाट मुक्त गर्ने, त्यसपश्चात पारिवारिक पुनर्मिलन तथा संरक्षकत्व प्रदान गर्नुका साथै शिक्षा तथा सीप प्रदान गर्ने र अन्तमा रोजगारको अवसर जुटाई भविष्यमा असल नागरिक निर्माण गर्ने कार्यहरुलाई मूलत समेटदछ ।
सडकको जोखिमको अवस्था, दुर्व्यसनको जोखिमको अवस्था, अभिभावकत्व नपाएको जोखिमको अवस्था, कलिलो उमेरको अपरिपक्व बौद्धिक, शारीरिक एवं मानसिक जोखिमको अवस्थामा गुज्रिएका सडक बालबालिकाहरुको सबै जोखिमका अवस्थाहरु एक आपसमा थपिन जाँदा मानव समुदायमध्येकै उच्च जोखिममा रहेका छन । ती उच्च जोखिमको अवस्थामा रहेका प्यारा नाबालक भाईबहिनीहरुलाई सडकबाट उद्दार गर्नुकासाथै फेरी कुनै पनि कारणले सडककै परिबेसमा फर्कनु नपरोस, अनि दुर्व्यसनको शिकारभै अपराधको भूमरीमा पर्नु नपरोस भन्ने दिगो सोचनै यो कार्यक्रमको एउटा सुन्दर पक्ष हो ।
एक अध्ययन अनुसार १५० संख्याको हाराहारीमा चितवन जिल्लामा सडक बालबालिका रहेको देखिन आएकोले हालसम्म यस कार्यक्रम अन्तर्गत ३१(१ जना बालिकासहित) जना दुर्व्यसनमा लागेका सडक बालबालिकालाई उद्दार गरी चितवन जिल्लामा रहेका ७ र नबलपरासीको गैडाकोटमा रहेको १ गरी ८ वटा दुर्व्यसन सुधार केन्द्रहरुमा (Rehab Centers) राखी उपचार शुरु गरिएको छ । यस प्रारम्भिक योजना अन्तर्गत कम्तिमा ५० जना दुर्व्यसनमा लागेका सडकबालबालिकालाई उद्दार गर्ने कार्यक्रम रहेको छ ।
चितवन जिल्लामा स्थापित सामाजिक तथा उद्योग व्यवसायको क्षेत्रमा अनुकरणीय योगदान पुर्याउनु हुने ब्यक्तित्वहरुबाट कोषको पारदर्शी एवं प्रभावकारी परिचालन हुने व्यवस्था मिलाई यस कार्यक्रम संचालनका लागि आवश्यक पर्ने स्रोत साधनको व्यवस्थापन बालबालिकाको क्षेत्रमा सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकाय तथा संघसंस्थाले प्रदान गर्ने सहयोग र विशेष गरी यस कार्यक्रमका पदाधिकारी, संस्थापक सदस्य, साधारण सदस्यबाट संकलन गरिने शुल्क तथा सहयोग र ईच्छुक दाताहरुको सहयोगबाटै गर्ने लक्ष राखिएको छ ।
अन्तमा,
उच्च जोखिमको अवस्थामा रहेका प्यारा नाबालक भाईबहिनीहरु उज्ववल भविष्यको लागि हाम्रो साझा प्रयास !

Address

Chitwan
Bharatpur

Alerts

Be the first to know and let us send you an email when Police Public Campaign For Children posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share