श्री वैष्णव परिषद् नेपाल, चितवन शाखा

  • Home
  • Nepal
  • Bharatpur
  • श्री वैष्णव परिषद् नेपाल, चितवन शाखा

श्री वैष्णव परिषद् नेपाल, चितवन शाखा श्रीमते रामानुजाय नमः ।।श्रीसम्प्रद?

14/04/2026

जय श्रीमन्नारायण !
नववर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना सँगै
श्रीमद् जगद्गुरु भगवद् रामानुजाचार्य स्वामीजीको वैभव विग्रह स्थापनाको दशौँ वार्षिक उत्सव यस वर्ष पनि भव्यताका साथ आयोजना हुन गइरहेको सहर्ष जानकारी गराउँदछौं।
श्री वैष्णव परिषद् नेपालका अध्यक्ष, वितराग सन्त अनन्त श्री विभूषित श्री देवराज आचार्य स्वामीजीको प्रमुख आतिथ्यमा सञ्चालन हुने यस समारोहमा छिमेकी जिल्लाहरूका श्रद्धेय आचार्य स्वामीजीहरू तथा भक्त भागवतजीहरूको गरिमामय उपस्थिति रहनेछ।
जगद्गुरु रामानुजाचार्यको दिव्य नौका विहार सहित यस पावन आध्यात्मिक उत्सवमा उपस्थित भई जगद्गुरुको आशीर्वाद ग्रहण गर्नुहुन सम्पूर्ण धर्मानुरागी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौं। अन्य जिल्लाबाट वैशाख स्नान सहित १ गते उपस्थित हुनुहुने भक्त भागवत सबैलाई आवास तथा भोजन प्रसाद को व्यवस्था गरिएको छ।
आयोजक
श्रीवैष्णव परिषद नेपाल
श्रीवैष्णव यूवा परिषद नेपाल
श्रीवैष्णव महिला परिषद नेपाल
जिल्ला शाखा चितवन, नवलपरासी र तनहु

कार्यक्रमको विवरण:
• मिति: २०८३ साल वैशाख २ गते
• समय: बिहान ७:०० बजेदेखि ३:०० बजेसम्म

होलिका दहन , असत्य माथि सत्यको विजयोत्सव ,रंगहरुको पर्व (फागु पूर्णिमा) होलिको अवसरमा सम्पूर्ण नेपालीजनहरुमा रंगसँगै सद्...
14/03/2025

होलिका दहन , असत्य माथि सत्यको विजयोत्सव ,रंगहरुको पर्व (फागु पूर्णिमा) होलिको अवसरमा सम्पूर्ण नेपालीजनहरुमा रंगसँगै सद्भाव, बन्धुत्व, प्रेम, आनन्द , उत्साह, खुसी र उमङ्ग वर्षियोस् हार्दिक शुभकामना ।
🙏जय श्रीमन्नारायण🙏

14/12/2024

रामानुज यात्रा वनभोज कार्यक्रम
पालुङटार, गोर्खा

आज १ बजे , नबिर्सौ है
25/12/2023

आज १ बजे , नबिर्सौ है

सनातन धर्मप्रेमी महानुभावहरू !!! स्वधर्म रक्षाका लागि जागौँ ।पुस नौ, संसद भवन घेर्न जाअौं ।काठमाण्डौमा रहनुहुने सनातन धर...
24/12/2023

सनातन धर्मप्रेमी महानुभावहरू !!! स्वधर्म रक्षाका लागि जागौँ ।
पुस नौ, संसद भवन घेर्न जाअौं ।
काठमाण्डौमा रहनुहुने सनातन धर्मप्रेमीहरु जागौं ,उठौं धर्म रक्षार्थ लागि परौं।।

स्वधर्मे निधनं श्रेय: परधर्मो भयावह: ।धर्मो रक्षति रक्षित:गीताजयन्ती मोक्षदा एकादशीको सम्पूर्ण वैदिक सनातनी हिन्दु धर्मा...
23/12/2023

स्वधर्मे निधनं श्रेय: परधर्मो भयावह: ।
धर्मो रक्षति रक्षित:
गीताजयन्ती मोक्षदा एकादशीको सम्पूर्ण वैदिक सनातनी हिन्दु धर्माबलम्मीहरुमा हार्दिक शुभकामना ।।
जय श्रीमन्नारायण 🙏🙏

श्री लक्ष्मीवैकुण्थनाथ मन्दिर लङ्कुमा श्रीवैष्णव परिषद नेपाल चितवन जिल्ला शाखाको पाचौ जिल्ला अधिवेशनमा निर्विरोध नया कार...
22/03/2023

श्री लक्ष्मीवैकुण्थनाथ मन्दिर लङ्कुमा श्रीवैष्णव परिषद नेपाल चितवन जिल्ला शाखाको पाचौ जिल्ला अधिवेशनमा निर्विरोध नया कार्य समिति सम्पन्न भयो ! कार्यक्रमको प्रमुख अतिथिमा श्री लक्ष्मीवैकुण्ठनाथ मन्दिरका मठाधीश स्वामी श्री जगन्नाथाचार्य ज्यू र श्री वैष्णव युवा परिषद नेपालका केन्द्रीय अध्यक्ष स्वामी श्री लक्ष्मणाचार्य साथै केन्द्रीय उपाध्यक्ष कृष्णप्रपन्न गौतम केन्द्रीय सदस्य श्री टिकाराम कडेल तथा अन्य विशिष्ट महानुभाव हरुको रोहवरमा सम्पन्न गरिएको थियो ! ऊक्त कार्यक्रममा नवनिर्वाचित पदाधिकारी हरुलाइ सपथ ग्रहण स्वामी श्री लक्ष्मणाचार्य द्वारा गरिएको थियो ! मन्तब्यको क्रममा पूर्व अध्यक्ष श्री नारायण साप्कोटा ज्यूले नयाकार्य समिति लाइ धन्यबाद प्रकट गर्दै आफ्नो कार्यभार हस्तान्तरण गर्नु भएको थियो, अन्यमा नवनिर्वाचित अध्यक्ष स्वामी श्री गोविन्द अधिकारी ज्यूले सबैमा मङ्गलताको कामनाको साथ धन्यवाद दिनुभयो !
अध्यक्ष श्री गोविन्द अधिकारी
उपाध्यक्ष श्री नारायण प्रसाद साप्कोटा
सचिव श्री माधव प्रसाद साप्कोटा
कोषाध्यक्ष श्री नारायण प्रसद साप्कोटा
स- सचिव श्री सदानन्द आचार्य
सदस्य श्री भानुभक्त कडेल
सदस्य श्री दामोदरी मिश्र
सदस्य श्री डिल्लीराज साप्कोटा
सदस्य श्री नारायण प्रपन्न ओझा
सदस्य श्री नवराज साप्कोटा
सदस्य श्री हरि प्रपन्न शर्मा कडेल
सल्लाहकार सङ्योजक नि वर्तमान अध्यक्ष श्री नारायण साप्कोटा अन्य मनोनित हुन बाकि !
जय जय श्रीमन्नारायण 🙏🙏🙏

श्रीवैष्णव षरिषद् नेपाल चितवन शाखा ( युवा / महिलन) बाट १ दिने भ्रमण अन्तर्गत , कुष्माण्डासराेवर ( त्रिवेणीधाम) , सहिद स्...
23/01/2023

श्रीवैष्णव षरिषद् नेपाल चितवन शाखा ( युवा / महिलन) बाट १ दिने भ्रमण अन्तर्गत , कुष्माण्डासराेवर ( त्रिवेणीधाम) , सहिद स्मारक , वंशगाेपाल मन्दिर (गढी दरबार) , श्रीलक्ष्मीनारायण मन्दिरहरु ( चिसापानी , गाेविन्दपुर गैरीगाँउ , न्यूरेनी) लगायतका क्षेत्रकाे अवलाेकनका साथै भगवानकाे दर्शन , भक्त भागवतहरुकाे दर्शन गर्दै मकवानपुर जिल्ला शाखाका परिषद्का अध्यक्ष तथा श्रीवैष्णव युवा परिषद् का अध्यक्ष लगायतका श्रीवैष्णवजनबाट न्यानाे अातिथ्यता प्राप्त गर्दै गर्दाका क्षणका केही तस्विरहरु मुहार पुस्तिकामा संप्रेषण

बृहद् अाचार्य अभिनन्दन समाराेह-२०७९ काे भव्य उद्घाटन
15/10/2022

बृहद् अाचार्य अभिनन्दन समाराेह-२०७९ काे भव्य उद्घाटन

Address

Chitwan
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when श्री वैष्णव परिषद् नेपाल, चितवन शाखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to श्री वैष्णव परिषद् नेपाल, चितवन शाखा:

Share