रास्ट्रप्रेमी युवा समाज, नेपाल। Nepalese Youth Society

  • Home
  • Nepal
  • Bharatpur
  • रास्ट्रप्रेमी युवा समाज, नेपाल। Nepalese Youth Society

रास्ट्रप्रेमी युवा समाज, नेपाल। Nepalese Youth Society welcome Youth together We Can Do Any Things For Change Our Societies..

किन्नेले रु ५०/- मा पनि नपाउने !! बेच्नेले रु ५/- पनि नपाउने बिचरा किसान , पैसा जति बिचौलियाको हातमा !!
04/02/2023

किन्नेले रु ५०/- मा पनि नपाउने !! बेच्नेले रु ५/- पनि नपाउने बिचरा किसान , पैसा जति बिचौलियाको हातमा !!

08/01/2023

हिजो मैले ५० रूपैयाँ किलो मा किनेर ल्याएको।।। सरकारले विभिन्न ठाउँमा किसानबाट सिधै खरिद गर्न सक्ने गरी खरिद केन्द्रहरू स्थापना गरेर विक्री केन्द्र समेत राख्न किन सक्दैन??? विचौलिया हावी हुदा किसान सधै मर्कामा पर्ने गरेका छन्।।।

चितवनको बिकासक्रम शुरू भएको धेरै भएको छैन । बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले बि.सं. १८८५ चैत्र १ गते उपरदांग गढी बनाए ...
20/12/2022

चितवनको बिकासक्रम शुरू भएको धेरै भएको छैन । बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले बि.सं. १८८५ चैत्र १ गते उपरदांग गढी बनाए पछि यसलाई सदरमुकामको रूपमा २०१८ सालसम्म कायम राखेको भन्ने इतिहासमा लेखिएको छ । पछि यातायातको असुबिधाले राजा महेन्द्रको समयमा हालको भरतपुरमा सदरमुकाम सारिएको भन्ने देखिन्छ । पछि राजा महेन्द्रको महत्वकांक्षी योजना अन्तर्गत बनेको महेन्द्र राजमार्गले यसलाई छिचोलेर गए पछि यो ठाँउको बिकास तिब्र रूपमा बढेको हो ।

चितवनलाई पहिले चित्रवन भनिन्थ्यो । यो ठाँउमा पहिले ठूलो वन थियो । वनमा थारूहरूको राजा चित्रसेनले राज्य गर्दथ्यो । यहि चित्रसेन राजाको वन भएकोले चित्रवन भन्न थालियो जो पछि चितवनको नामले चिनिन थाल्यो । हाल पनि थारूहरू हरिवाेधनी एकादशीको दिनमा भगवान "चित्रसेन बाबा"को रूपमा पूजा गर्ने गर्दछन् ।

पछि यो स्थानमा भारतिय राजनितीको प्रभाव कम गर्न राजा महेन्द्रले पहाडवासी जनतालाई निशुल्क जग्गा बितरण गरे पछि यहाको जनसंख्या बढ्न गयो । बन्दिपुरका नेवारहरु पनि बिस्तारै यहि स्थानान्तर हुदै आए । २०२२ सालमा यहिं नजिकै गैडाकोटमा महेन्द्र राजमार्गको उद्घाटन गरे पछि यो स्थानको बिकासक्रम तिब्र रुपले बढ्न गयो ।

नारायणी नदीको किनारमा अवस्थित भएकोले नारायणघाट या नारायणगढ पनि भन्न थालियो ।

Address

Tandi
Bharatpur
44200

Telephone

+9779812242435

Website

Alerts

Be the first to know and let us send you an email when रास्ट्रप्रेमी युवा समाज, नेपाल। Nepalese Youth Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to रास्ट्रप्रेमी युवा समाज, नेपाल। Nepalese Youth Society:

Share