Blind Youth Association Nepal Chitwan Branch

Blind Youth Association  Nepal Chitwan Branch As a rights-based organisation,

We are branch of blind youth nepal • Blind Youth Association Nepal (BYAN) is a national NGO established and run by the Blind and Partially Sighted (BPS) youth of Nepal.

मिति २०८३ जेठ १७ गते राप्ती नगरपालिकामा सि.वि.आर. कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन भइरहेको कुख...
01/06/2026

मिति २०८३ जेठ १७ गते राप्ती नगरपालिकामा सि.वि.आर. कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन भइरहेको कुखुरापालन तालिम एक कार्यक्रमका बीच समापन गरिएको छ। उक्त समापन समारोहमा राप्ती नगरपालिकाका कार्यवाहक मेयर, सामाजिक विकास समितिका संयोजक साथै वडा नम्बर ७ का वडा अध्यक्ष सुमिता डल्लाकोटी प्रमुख अतिथि, नेत्रहीन युवा संघ नेपाल केन्द्रीय कार्यालयका कोषाध्यक्ष सुनिल मान सिंह र मनमाया विश्वकर्मा विशिष्ट अतिथि र राप्ती १० का वडा सदस्य र अन्य अतिथिहरूको उपस्थितिमा संस्थाका अध्यक्ष किरण पन्तको सभाध्यक्षतामा तालिम कार्यक्रम समापन गरिएको हो। तालिममा सहभागी अपाङ्गता भएका व्यक्ति र उनीहरूको संरक्षकलाई कुखुराको चल्ला, दाना, दाना पानी दिने भाडा र भिटामिन समेत वितरण गरिएको छ।

आज मिति २०८३ जेठ १० गते राप्ती नगरपालिकामा सि.वि.आर. कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन भइरहेको ...
24/05/2026

आज मिति २०८३ जेठ १० गते राप्ती नगरपालिकामा सि.वि.आर. कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन भइरहेको कुखुरापालन तालिमको चौथो दिन प्रशिक्षक निशान अर्याल र सङ्कल्प अर्याल सरले निम्न विषयहरूमा प्रशिक्षण गराउनुभयो।
*कुखुरालाई लाग्ने विभिन्न रोगहरू र रोग लाग्नबाट कसरी बचाउने
*कुखुरालाई लाग्ने विभिन्न रोगहरूका लक्षणहरू,सर्ने तरिका र सावधानका उपायहरू
*कुखुरालाई विभिन्न उमेर समूहमा दिइने खोप,मात्रा,दिने तरिका र काम
*कुखुरालाई दिइने विभिन्न किसिमका भिटामिन,त्यसको मात्रा,दिने तरिका र त्यसबाट हुने परिवर्तन
*कुखुरापालन व्यवसाय गर्दा खर्च र आम्दानीको हिसाब राख्ने तरिका र त्यसबाटहुने फाइदाहरू
*कुखुरा पालन गर्ने व्यवसायीले बजारको माग बुझ्नु किन आवश्यक छ?
*बजार अध्ययन गर्ने तरिकाहरू

आज मिति २०८३ जेठ ९ गते राप्ती नगरपालिकामा सि वि आर कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूका लागि कुखुरापालन तालिमको...
23/05/2026

आज मिति २०८३ जेठ ९ गते राप्ती नगरपालिकामा सि वि आर कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूका लागि कुखुरापालन तालिमको तेस्रो दिन निम्न कुराहरु प्रशिक्षण गराईयो
*घरमै घरायसी दाना बनाउने तरिका
*घरायसी दानाका मुख्य उद्देश्य/विशेषता
*दानामा हुनुपर्ने पोषक तत्वहरू
*घरायसी दाना बनाउन प्रयोग हुने सामग्रीहरू
*घरायसी दाना बनाउने सामान्य तरिका
*दाना बनाउँदा ध्यान दिनुपर्ने कुराहरू
*घरायसी दानाका फाइदाहरू
*घरायसी दानाका कमजोरी/बेफाइदाहरू
*कुखुराको दानामा प्रयोग हुने सामग्री, पाइने तत्त्वहरू,तिनको मुख्य काम र कति मात्रामा प्रयोग गर्ने
*दाना तयार गर्दा विशेष ध्यान दिनुपर्ने कुराहरू
*दाना खेर जान नदिने तरिकाहरू
(सहभागीहरूलाई प्रत्यक्ष रूपमा दाना बनाउन लगाईएको थियो)

२०८३ जेठ ७ गते राप्ती नगरपालिकामा सि वि आर कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूका लागि कुखुरापालन तालिम सुरु भएको...
21/05/2026

२०८३ जेठ ७ गते राप्ती नगरपालिकामा सि वि आर कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूका लागि कुखुरापालन तालिम सुरु भएको छ। उक्त तालिमलाई वडा नम्बर १० का वडा अध्यक्ष तेज बहादुर तामाङ र वडा सदस्य मानकुमार चेपाङ ले कार्यक्रम सम्बोधन गर्नुभएको थियो। कार्यक्रमको प्रशिक्षक सङ्कल्प आर्यल सरले प्रशिक्षण गराउनुभयो। कार्यक्रममा निम्न विषयवस्तुहरू प्रशिक्षण गराइयो।
नेपालमा कुखुरापालन व्यवसायको पृष्ठभूमिनेपालको कुखुरापालनको वर्तमान अवस्था, मासु अण्डा र मासु अण्डा दुवैका लागि विभिन्न कुखुराका जातहरू *चितवनमा कुखुरापालनको सम्भावना,कुखुरापालन व्यवसायको फाइदा/महत्व
*कुखुरापालन व्यवसाय किन लोकप्रिय बन्दै गइरहेको छ?चितवनमा कुखुरापालनको अवस्था
*चितवन कुखुरापालनका लागि किन उपयुक्त छ?
*चितवनमा कुखुरापालनको भबिश्य उज्ज्वल हुनकाकारण/आधारहरू भविष्यमा के हुन सक्ला?

Yesterday, Blind Youth Association Nepal, Chitwan Chapter successfully conducted a “Leadership Development and SRHR” ses...
21/05/2026

Yesterday, Blind Youth Association Nepal, Chitwan Chapter successfully conducted a “Leadership Development and SRHR” session under its community-based program at Chitwan Deaf Secondary School, Bajarhatti Rapti Municipality
The session was specially organized for persons with deaf disabilities with the objective of strengthening leadership skills, awareness, and understanding of Sexual and Reproductive Health and Rights (SRHR).
Key learning highlights from the program included:
🔹 Introduction to disability and understanding different perspectives of disability
🔹 Concept of leadership and the relationship between disability and leadership
🔹 Leadership skills and characteristics for effective participation and self-advocacy
🔹 Importance of participation of persons with disabilities in decision-making processes
🔹 Concept and importance of inclusive leadership
🔹 Menstrual hygiene and personal care awareness
🔹 Awareness on Good Touch and Bad Touch for safety and protection
Program facilitation:
🔹 Leadership session was facilitated by Youth Champion Laximi Tamang (Physical Disability)
🔹 SRHR and awareness session was facilitated by Youth Champion Khem Bache Magar (Blind)
The program created a meaningful space for learning, discussion, and empowerment among participants, encouraging confidence, participation, and inclusive leadership within the community.
Heartfelt thanks to all participants, facilitators, supporters, and Chitwan Deaf Secondary School for making this program successful.

मोबाइल / कम्प्युटर  software / application तालिमको आज दोस्रो दिन आज निम्न  विषयवस्तुहरू प्रशिक्षण गराइयो Word file मा : ...
19/05/2026

मोबाइल / कम्प्युटर software / application तालिमको आज दोस्रो दिन आज निम्न
विषयवस्तुहरू प्रशिक्षण गराइयो
Word file मा :
Text selection and editing
undo redo
Heading and title
Font size and style
Text and background colour
Alignment justify indent and outdent
Insert table edit table rows columns and cellsImage tolls and hyperlink

मिति २०८३ जेष्ठ ४ गते (आज) देखि राप्ती नगरपालिकामा CBR कार्यक्रम अन्तर्गत दोस्रो चरणको कार्यक्रम अपाङ्गता भएका व्यक्तिहर...
18/05/2026

मिति २०८३ जेष्ठ ४ गते (आज) देखि राप्ती नगरपालिकामा CBR कार्यक्रम अन्तर्गत दोस्रो चरणको कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरूका लागि कम्प्युटर मोबाइल एप्लिकेसन software प्रशिक्षण तालिम सुरु भएको छ उक्त तालिमलाई राप्ती नगरपालिका वार्ड नं ५ का कार्यवाहक अध्यक्ष चुडामणी र्बतौला राप्ती ५ वडा सचिव लक्ष्मी डाँगी र नगर समन्वय समिति अध्यक्ष मनमाया विक ले कार्यक्रम सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा प्रशिक्षकगोविन्द अर्यालले प्रशिक्षण गर्नुभयो✨💐

16/05/2026

भर्ना खुल्यो भर्ना खुल्यो। एस श्री झुवानी माध्यमिक विद्यालय अन्तर्गत समाहित शिक्षा दृष्टिविहीन एकाइ तर्फ कक्षा ११ का लागि भर्ना खुल्यो।

श्री झुवानी माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित समावेशी शिक्षा दृष्टिविहीन एकाइतर्फ कक्षा ११ मा भर्ना खुला गरिएको छ। नेपालको जुनसुकै ठाउँबाट आएर अध्ययन गर्न सकिने तथा निःशुल्क बसोबास र निःशुल्क अध्ययनको व्यवस्था रहेको छ। साथै इन्टरनेट सुविधा, कम्प्युटर तथा संगीत शिक्षा, खेलकुद सामग्रीको उचित व्यवस्था तथा उत्कृष्ट पढाइको वातावरण उपलब्ध छ। विद्यार्थीहरूको प्रतिभा विकासका लागि वर्षमा दुई पटक वनभोज तथा शैक्षिक भ्रमण कार्यक्रम समेत सञ्चालन गरिन्छ।

दृष्टिविहीन एकाइका विशेषताहरू

निःशुल्क छात्रावासको व्यवस्था

निःशुल्क अध्ययनको सुविधा

घर आतेजाते खर्चको व्यवस्था

निःशुल्क विद्यालय पोशाकको व्यवस्था

नेपालको जुनसुकै ठाउँबाट आएर अध्ययन गर्न सकिने

इन्टरनेट सुविधाको व्यवस्था

कम्प्युटर शिक्षाको व्यवस्था

संगीत शिक्षाको सुविधा

खेलकुद सामग्रीहरूको उचित व्यवस्था

निःशुल्क वनभोज कार्यक्रम तथा शैक्षिक भ्रमणको सुविधा

उत्कृष्ट तथा गुणस्तरीय पढाइ ,मैत्रीपूर्ण तथा समावेशी शैक्षिक वातावरण र दृष्टिविहीन विद्यार्थीमैत्री शिक्षण व्यवस्था भएको ।

सम्पर्कका लागी श्री झुवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक नवीन चन्द्र भट्टराई ज्यूलाई सम्पर्क गरी आफ्नो नाम सुनिश्चित गर्नुहोस्।

मोबाइल नम्बर ९८५५०२७६७७

नेत्रहिन युवा संघ नेपाल चितवन शाखाद्वारा खैरहनी  नगरपालिकामा ९ बजेदेखि ११ बजेसम्म र रत्ननगर नगरपालिकामा २ बजेदेखि ४ बजेस...
13/05/2026

नेत्रहिन युवा संघ नेपाल चितवन शाखाद्वारा खैरहनी नगरपालिकामा ९ बजेदेखि ११ बजेसम्म र रत्ननगर नगरपालिकामा २ बजेदेखि ४ बजेसम्म स्टेकहोल्डरसँगको बैठक सम्पन्न भयो।
यस बैठकमा
नगर प्रमुख/उपप्रमुख
सामाजिक शाखा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा
शिक्षा शाखा
रोजगार शाखा
योजना शाखा
स्वास्थ्य शाखा काे प्रमुखहरूको उपस्थिति थियो।
छलफलका विषयवस्तुहरू
• अपाङ्गता समावेशी नीति योजना तर्जुमा र प्रभावकारी कार्यान्वयन
• समावेशी विद्यालय वातावरण र अपाङ्गता छात्रवृद्धि वितरण नीति कार्यान्वयन
CTEVT ले सञ्चालन गर्ने कार्यक्रम तथा तालिमहरूमा अपाङ्गता भएका व्यक्तिको समावेशीकरण
• सरकारी वेब पोर्टल र सोसल मिडियाहरू पहुँचयुक्त हुनुपर्ने

स्टेकहोल्डरहरूले आगामी आर्थिक वर्षमा कार्यान्वयन गर्न जनाउनुभएको प्रतिबद्धताहरू निम्नलिखित रहेका छन्।
•आगामी आर्थिक वर्षमा कार्यालयबाट प्रेसित सूचनाहरू पहुँचयुक्त बनाउने सूचना प्रसारण गर्दा अलटेक्स र क्याप्सन राख्ने
•आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिका आवश्यकताका आधारमा बजेट तथा कार्यक्रम तर्जुमा गर्नका लागि आवश्यक सहजीकरण गर्ने
•अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरूलाई घर भेट गरेर स्वास्थ्य सेवा प्रदान गर्ने
•आगामी आर्थिक वर्षमा उच्च शिक्षा छात्र वृद्धि र वृद्धि साथै अपाङ्गता छात्रवृत्तिमा थप प्रभावकारी बनाउने
• आगामी आर्थिक वर्षमा अपाङ्गता परिचय पत्र वितरणमा प्रभावकारी बनाउने अपाङ्गता भएका व्यक्ति र परिवारलाई लक्षित गरी सीपमूलक कार्यक्रम तथा वस्तुगत सेवा सञ्चालन गर्ने






Address

Province 3
Bharatpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779840041377

Alerts

Be the first to know and let us send you an email when Blind Youth Association Nepal Chitwan Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Blind Youth Association Nepal Chitwan Branch:

Share