Access Planet Org

Access Planet Org Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Access Planet Org, Non-Governmental Organization (NGO), Brihaspati Marga, Surya Binayak 2, Balkot, Bhaktapur.

Access Planet Organization is led by young women with disabilities in Nepal and is working for the promotion of rights, empowerment and inclusion of persons with disabilities in general and young women with disabilities in specific.

स्थानीय तहमा 'महिलाको राजनीतिक प्रतिनिधित्व प्रवर्द्धन विषयमा सामुदायिक संवाद कार्यक्रम सम्पन्नवैशाख ८, २०८३ (२१ अप्रिल,...
21/04/2026

स्थानीय तहमा 'महिलाको राजनीतिक प्रतिनिधित्व प्रवर्द्धन विषयमा सामुदायिक संवाद कार्यक्रम सम्पन्न
वैशाख ८, २०८३ (२१ अप्रिल, २०२६), भक्तपुर
एक्सेस प्लानेट संस्थाले UN Women सँगको साझेदारीमा भक्तपुर जिल्लाको स्थानीय तहमा राजनीतिमा 'महिलाहरूको प्रतिनिधित्व प्रवर्द्धन गर्ने उद्देश्यका साथ सामुदायिक संवाद कार्यक्रम सम्पन्न गरेको छ।
संवाद कार्यक्रममा रास्वपा, एमाले, नेपाली काङ्ग्रेस, नेकपा, श्रम संस्कृति लगायतका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र नागरिक समाजका अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा भक्तपुरमा निर्णायक तहमा महिला सहभागिताको वर्तमान अवस्था र चुनौतीबारे छलफल गरिएको थियो।
नीतिगत रूपमा महिला प्रतिनिधित्व सुनिश्चित गरिए तापनि वास्तविकतामा निर्णय प्रक्रिया र नेतृत्वदायी भूमिकामा सिमान्तकृत समुदायका महिलाहरूको पहुँच अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो। संवाद मार्फत राजनीतिक दलका प्रतिनिधिले स्थानीय तहमा पछाडी पारिएका समुदायका महिलाको प्रतिनिधित्व बढाउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

21/04/2026

Winner of the week 19 April, 2026
यस हप्ता को सहि उत्तर रहेको छ नं.b) अर्थात June 4. यस हप्ता गोलाप्रथा द्वारा छानिनु भएका २ भाग्याशाली बिजेताहरूकाे नाम यस प्रकार रहेको छ:
1. Aajala Baidya
2. KB Jethara
बिजेता साथीहरुलाई हार्दिक बधाई संगै आफ्नो मोबाइल नम्बरl यथासक्य चांडो इनबक्स गर्न हुन अनुरोध गरिन्छ । अन्य सम्पुर्ण सहभागीहरुलाई आफ्नो सहभागिताको लागि धन्यबाद ज्ञापन गर्दै अर्को पटक प्रतियोगिताको सबै नियमहरु (Like, Share and page Follow) पालना गरि सहभागिता जनाउनु हुन पनि हार्दिक अनुरोध गरिन्छ |

यस  २०८३ बैशाक ३  गते  तदनुसार १६ अप्रिल  २०२६,  एक्सेस प्लानेट संस्थाले  महोतरीको जलेश्वोर नगरपालिका मा '' महिलाको राजन...
19/04/2026

यस २०८३ बैशाक ३ गते तदनुसार १६ अप्रिल २०२६, एक्सेस प्लानेट संस्थाले महोतरीको जलेश्वोर नगरपालिका मा '' महिलाको राजनीतिक प्रतिनिधित्व प्रवर्द्धन विषयमा सामुदायिक संवाद कार्यक्रम सम्पन्न गरायो ''।

एक्सेस प्लानेट संस्थाले UN Women सँगको साझेदारीमा महोतरी जिल्ला जलेश्वोर नगरपालिकाको सभाहलमा स्थानीय तहमा Advocacy meeting सम्पन्न गरेको छ।
कार्यक्रम जलेश्वोर नगरपालिकाका नगर प्रमुख सुरेश शाह सुनार आतिथ्यतामा सञ्चालन गरिएको थियो। साथै वडा अदक्ष्य, महिला तथा बालबालिका शाखा र पालिकाका कर्मचारीहरूको सक्रिय सहभागितामा meeting गरिएको थियो।
राजनीतिमा 'महिलाहरूको प्रतिनिधित्व प्रवर्द्धन गर्ने उद्देश्यका साथ सामुदायिक संवाद कार्यक्रम सम्पन्न गरिएको थियो।

QUIZ TIME19 April, 2026Access Planet presents Quiz on Technology, disability and Women's Rights.(प्रविधि, अपाङ्गता अधिका...
19/04/2026

QUIZ TIME
19 April, 2026
Access Planet presents Quiz on Technology, disability and Women's Rights.
(प्रविधि, अपाङ्गता अधिकार र महिला अधिकार बारे साप्ताहिक हाजिरि जवाफ प्रतियोगिता)
क्विजको समय र उत्तर दिने प्रक्रिया:
• प्रत्येक हप्ताको आइतवार एक्सेस प्लानेटको सामाजिक सञ्जालमा quiz प्रश्न पोस्ट गरिनेछ ।
• प्रश्न प्रविधि र अपांगता भएका महिलाको अधिकार सम्बन्धी विषयमा केन्द्रित रहने छ।
सहभागी हुन निम्न नियमहरू पालना गर्नुपर्नेछ:
• उत्तर क्विज पोस्टको कमेन्ट सेक्सनमा दिइनु पर्ने छ ।
• प्रत्येक सहभागीको पहिलो कमेन्ट मात्र मान्य हुनेछ। सम्पादित उत्तरहरू वा एकै व्यक्तिबाट धेरै कमेन्ट दिएमा दुबै उत्तर अयोग्य ठहरिनेछ ।
• प्रश्न पोस्ट भएको समयदेखि २४ घण्टा भित्र सहभागीहरूले उत्तर दिन सक्नेछन् ।
• सहभागीले एक्सेस प्लानेट संस्थाको फेसबुक खाता फलो गरेको हुनु पर्नेछ र क्विज पोस्ट सेयर र लाइक गरेको हुनु पर्ने छ ।
• गोलाप्रथाबाट विजेता छानिने छ र - हरेक हप्ता सोमवार दुई जना विजेताको घोषणा गरिनेछ।
• प्रत्येक हप्ता २ विजेताले रु.२५० को मोबाइल रिचार्ज प्राप्त गर्नेछन् ।
• प्रतियोगितामा भाग लिइ ज्ञान वृद्धि गर्ने र पुरस्कार जित्ने अवसरको सदुपयोग गर्नु होला ।

अप्रिल १३, २०२६ मा लक्ष्मी नेपाल म्यामले एक्सेस प्लानेट टिमसँग "लाइक अ राइजिङ रिभर: स्टोरीज अफ वुमन एण्ड चेन्ज" "Like a ...
19/04/2026

अप्रिल १३, २०२६ मा लक्ष्मी नेपाल म्यामले एक्सेस प्लानेट टिमसँग "लाइक अ राइजिङ रिभर: स्टोरीज अफ वुमन एण्ड चेन्ज" "Like a Rising River: Stories of Women and Change", कला प्रदर्शनीको उद्घाटन कार्यक्रममा भाग लिनुभयो।
प्रदर्शनीमा कपडा, मल्टिमिडिया एनिमेसन, कागजका मूर्तिकला, रेखाचित्र, बुनेका मिश्रित मिडिया, आदिबाट बनेका पन्ध्र कलाकारका कामहरू र दस चित्रित कथाहरूको सङ्ग्रहबाट सुन्ने बुथहरू प्रदर्शन गरिएका छन्। यो प्रदर्शनीले सुदूरपश्चिम, कर्णाली, मधेश र बागमतीमा महिलाहरूको श्रम, ज्ञान, नेतृत्व र दैनिक प्रतिरोधलाई स्वीकार गर्दछ ।
Laxmi Nepal

15/04/2026

Winner of the week 12 April, 2026
यस हप्ता को सहि उत्तर रहेको छ नं.c) अर्थात स्पर्श सञ्चार। यस हप्ता गोलाप्रथा द्वारा छानिनु भएका २ भाग्याशाली बिजेताहरूकाे नाम यस प्रकार रहेको छ:
1. रिकेश धिताल
2. Sangita Tamang
बिजेता साथीहरुलाई हार्दिक बधाई संगै आफ्नो मोबाइल नम्बरl यथासक्य चांडो इनबक्स गर्न हुन अनुरोध गरिन्छ । अन्य सम्पुर्ण सहभागीहरुलाई आफ्नो सहभागिताको लागि धन्यबाद ज्ञापन गर्दै अर्को पटक प्रतियोगिताको सबै नियमहरु (Like, Share and page Follow) पालना गरि सहभागिता जनाउनु हुन पनि हार्दिक अनुरोध गरिन्छ |

“मिडियामा अपाङ्गता संवेदनशीलता: पत्रकार अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम”चैत २९, २०८२ (12 April, 2026)एक्सेस प्लानेट...
12/04/2026

“मिडियामा अपाङ्गता संवेदनशीलता: पत्रकार अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम”
चैत २९, २०८२ (12 April, 2026)
एक्सेस प्लानेट संस्थाले चैत २९ गते विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूका लागि “मिडियामा अपाङ्गता संवेदनशीलता: पत्रकार अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम” सञ्चालन गर्यो।
कार्यक्रममा अपाङ्गतासम्बन्धी रिपोर्टिङ गर्दाका अनुभव र चुनौतीहरू, अपाङ्गताको परिभाषा र अपाङ्गताको बर्गीकरण, अपाङ्गतालाई हेर्ने अवधारणा, पहुँचयुक्तता र उपयुक्त अनुकुलता, नेपाली मिडियालाई अपाङ्गता भएका महिलाका सवालमा समावेशी बनाउन देखिएका चुनौति, अपाङ्गतामैत्रि सञ्चारका सम्बन्धमा पत्रकार र सञ्चारमाध्यमको कर्तव्य, अपाङ्गतासम्बन्धी सहि शब्दावलीहरू र अपाङ्गता समावेशी पत्रकारिताका लागि मिडिया र पत्रकारको भूमिका लगायतका विषयमा कार्यपत्र प्रस्तुति र गहन छलफल गरिएको थियो।
मिडियामा अपाङ्गता समावेशिताको विषयलाइ संवेदनशीलताका साथ ग्रहण गर्दै यो अभिमुखीकरणलाई अपनत्व गरिदिनुभएकोमा विभिन्न सञ्चार संस्थाका प्रतिनिधिहरू र साझेदारीका लागि Legal Empowerment Fund (LEF), प्रति आभार व्यक्त गर्दछौँ। पत्रकारितालाई अपाङ्गता समावेशी बनाउ यो अभिमुखीकरण कोशेढुङ्गा साबित हुने आशा गरेका छौँ।

QUIZ TIME12 April, 2026Access Planet presents Quiz on Technology, disability and Women's Rights.(प्रविधि, अपाङ्गता अधिका...
12/04/2026

QUIZ TIME
12 April, 2026
Access Planet presents Quiz on Technology, disability and Women's Rights.
(प्रविधि, अपाङ्गता अधिकार र महिला अधिकार बारे साप्ताहिक हाजिरि जवाफ प्रतियोगिता)
क्विजको समय र उत्तर दिने प्रक्रिया:
• प्रत्येक हप्ताको आइतवार एक्सेस प्लानेटको सामाजिक सञ्जालमा quiz प्रश्न पोस्ट गरिनेछ ।
• प्रश्न प्रविधि र अपांगता भएका महिलाको अधिकार सम्बन्धी विषयमा केन्द्रित रहने छ।
सहभागी हुन निम्न नियमहरू पालना गर्नुपर्नेछ:
• उत्तर क्विज पोस्टको कमेन्ट सेक्सनमा दिइनु पर्ने छ ।
• प्रत्येक सहभागीको पहिलो कमेन्ट मात्र मान्य हुनेछ। सम्पादित उत्तरहरू वा एकै व्यक्तिबाट धेरै कमेन्ट दिएमा दुबै उत्तर अयोग्य ठहरिनेछ ।
• प्रश्न पोस्ट भएको समयदेखि २४ घण्टा भित्र सहभागीहरूले उत्तर दिन सक्नेछन् ।
• सहभागीले एक्सेस प्लानेट संस्थाको फेसबुक खाता फलो गरेको हुनु पर्नेछ र क्विज पोस्ट सेयर र लाइक गरेको हुनु पर्ने छ ।
• गोलाप्रथाबाट विजेता छानिने छ र - हरेक हप्ता सोमवार दुई जना विजेताको घोषणा गरिनेछ।
• प्रत्येक हप्ता २ विजेताले रु.२५० को मोबाइल रिचार्ज प्राप्त गर्नेछन् ।
• प्रतियोगितामा भाग लिइ ज्ञान वृद्धि गर्ने र पुरस्कार जित्ने अवसरको सदुपयोग गर्नु होला ।

08/04/2026

आमसञ्चार र पत्रकारितालाई अपाङ्गता समावेशी बनाउने उद्देश्यले एक्सेस प्लानेट संस्थाले यही शुक्रबार बिहान अर्थात् चैत २७ गते “मिडियामा अपाङ्गता संवेदनशीलता: पत्रकार अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम” आयोजना गर्न लागेको छ। कार्यक्रम करिब २ घण्टाको रहनेछ।
सहभागी हुन चाहने पत्रकार साथीहरूले जानकारी गराउनु हुन अनुरोध गर्दछौँ।

एक्सेस प्लानेटले आयोजना गर्न गइरहेको TikTok  प्रतियोगितामा भाग लिई आकर्शक पुरस्कार जित्ने मौका नगुमाउनुहोस!प्रतियोगिताको...
07/04/2026

एक्सेस प्लानेटले आयोजना गर्न गइरहेको TikTok प्रतियोगितामा भाग लिई आकर्शक पुरस्कार जित्ने मौका नगुमाउनुहोस!
प्रतियोगिताको विषय: नेपालमा अपाङ्गता भएका महिलाले सामना गर्नु परेका चुनौती , र नयाँ सरकारसँगका अपेक्षा तथा समाधानका उपायहरू
🎥 आफ्नो सशक्त आवाज TikTok मार्फत प्रस्तुत गर्नुहोस्!

🔹 भिडियो मार्गनिर्देशन:
भिडियोको अवधि ३ मिनेट भन्दा कमको हुनुपर्नेछ।
विषयवस्तुमा नेपालमा अपाङ्गता भएका महिलाहरूले भोग्नु परेका चुनौती, कानुनी अधिकार र सरकारसँगका अपेक्षा प्रस्तुत गर्नुपर्नेछ।
समाधान र आगामी बाटो स्पष्ट रूपमा देखाइनुपर्नेछ।
विषयवस्तुको प्रस्तुती तपाइँले चाहेको तरिका र ढाँचामा गर्न सक्नु हुने छ।
भिडियो सेयर गर्दा अनिवार्य रूपमा हाम्रो टिकटक .org लाई ट्याग गर्नुहोस्। ट्याग नगरेका भिडियोहरू प्रतियोगितामा समावेश गरिने छैनन्।
प्रतियोगितामा विषयवस्तु र visibility दुवैलाई उत्तिकै प्राथमिकता दिइने हुँदा परिवार र साथिलाई तपाइँको भिडियो like, comment share गर्न प्रोत्साहन गर्नुहोस्।

📊 मूल्याङ्कन मापदण्ड:
Top 3 विजेताहरूलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।
सामग्री (Content): 50% भिजिबिलिटी (Like, Comment, Share): 50% का आधारमा विजेता छनोट गरिनेछ
विजेता छनोटको अन्तिम निर्णय एक्सेस प्लानेटमा निहित रहने छ।
भिडियो पोस्ट गर्नु पर्ने 🗓️ मिति: वि.सं. २०८२ चैत्र २४ देखि ३० सम्म

06/04/2026

Winner of the week 5 April, 2026
यस हप्ता को सहि उत्तर रहेको छ नं.c) अर्थात Job Access with speech.यस हप्ता गोलाप्रथा द्वारा छानिनु भएका २ भाग्याशाली बिजेताहरूकाे नाम यस प्रकार रहेको छ:
1. Sabitree Rana
2. Dharmendra Chaudhary
बिजेता साथीहरुलाई हार्दिक बधाई संगै आफ्नो मोबाइल नम्बरl यथासक्य चांडो इनबक्स गर्न हुन अनुरोध गरिन्छ । अन्य सम्पुर्ण सहभागीहरुलाई आफ्नो सहभागिताको लागि धन्यबाद ज्ञापन गर्दै अर्को पटक प्रतियोगिताको सबै नियमहरु (Like, Share and page Follow) पालना गरि सहभागिता जनाउनु हुन पनि हार्दिक अनुरोध गरिन्छ |

QUIZ TIME5 April, 2026Access Planet presents Quiz on Technology, disability and Women's Rights.(प्रविधि, अपाङ्गता अधिकार...
05/04/2026

QUIZ TIME
5 April, 2026
Access Planet presents Quiz on Technology, disability and Women's Rights.
(प्रविधि, अपाङ्गता अधिकार र महिला अधिकार बारे साप्ताहिक हाजिरि जवाफ प्रतियोगिता)
क्विजको समय र उत्तर दिने प्रक्रिया:
• प्रत्येक हप्ताको आइतवार एक्सेस प्लानेटको सामाजिक सञ्जालमा quiz प्रश्न पोस्ट गरिनेछ ।
• प्रश्न प्रविधि र अपांगता भएका महिलाको अधिकार सम्बन्धी विषयमा केन्द्रित रहने छ।
सहभागी हुन निम्न नियमहरू पालना गर्नुपर्नेछ:
• उत्तर क्विज पोस्टको कमेन्ट सेक्सनमा दिइनु पर्ने छ ।
• प्रत्येक सहभागीको पहिलो कमेन्ट मात्र मान्य हुनेछ। सम्पादित उत्तरहरू वा एकै व्यक्तिबाट धेरै कमेन्ट दिएमा दुबै उत्तर अयोग्य ठहरिनेछ ।
• प्रश्न पोस्ट भएको समयदेखि २४ घण्टा भित्र सहभागीहरूले उत्तर दिन सक्नेछन् ।
• सहभागीले एक्सेस प्लानेट संस्थाको फेसबुक खाता फलो गरेको हुनु पर्नेछ र क्विज पोस्ट सेयर र लाइक गरेको हुनु पर्ने छ ।
• गोलाप्रथाबाट विजेता छानिने छ र - हरेक हप्ता सोमवार दुई जना विजेताको घोषणा गरिनेछ।
• प्रत्येक हप्ता २ विजेताले रु.२५० को मोबाइल रिचार्ज प्राप्त गर्नेछन् ।
• प्रतियोगितामा भाग लिइ ज्ञान वृद्धि गर्ने र पुरस्कार जित्ने अवसरको सदुपयोग गर्नु होला ।

Address

Brihaspati Marga, Surya Binayak 2, Balkot
Bhaktapur
44800

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Access Planet Org posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Access Planet Org:

Share