14/04/2026
राज्य खोसिएको राजाको वेदना पूर्ण गीत
भक्तपुरमा बिस्काः नखःको रमाइलो शुरु भइसकेको छ । सबै परिवार जम्मा हुने रमाइलो गर्ने मिठो मिठो खाने गर्दै बिस्काः मनाइन्छ । भक्तपुरवासीहरुका लागि यो सबैभन्दा ठूलो पर्व पनि हो । साथै भक्तपुरमा भैरव र भद्रकालीको रथ परिक्रमा गर्ने गरिन्छ ।
यति रमाइलो पर्वसंगै यहि समयमा भक्तपुरका अन्तिम राजा रणजीत मल्लको सम्झनामा वहाँकै रचित गीत पनि गाउने गरिन्छ । पहिले पहिले आमा बज्यैहरुले मात्र गाएको सुनिने यो गीत भने अचेल युवाहरुले यसलाइ बिशेष रुपले निकै वियोगान्तक रुपमा सिर्जना गरेको पाइन्छ । यस गीतलाइ बिस्का नखः को गीत पनि भन्ने गरिन्छ ।
यहाँ यहिं गीत सम्बन्धमा लेखेको छु । साथै नेवाः भाषामा सो गीत र सो को नेपाली भावानुवाद पनि राखेको छु ।
रानीले विंति गरिन् बेस भयो अव हामीलाइ क्याचाहिंछ केही विराउनुभयाको छैन काशिवासपाया डंग छ भनि विंति गरिन् डुबै महाआनन्द गरि वस्या । उहापछि राजा रनजितमल्ल र रानी माघ्या संक्रान्ति का अघिल्ला दीन सायत षुटियो । चारदीन अघी सर्दार केहर्सिं वस्न्यात आया र बुढा राजाका हजुरमा आइ विंतिगर्या राजारानीलाइ र अवधुतसींलाइ पोशाक दी पठाया । दुइ दिन अघी श्रीतुलजाभवानिका स्थानमा जाइ एकछीन विस्तार गरी जयस्तोत्र गरी दर्संगरी मुलचोक प्रदक्षीणागरी राजारानी डोलामा चढी अवधूतसिं प्रतिमन अधीकारी पारथ भंडारीले पनि घोडा चढि दर्वारबाट प्रस्थान गरि सुनढोकाबाट निस्क्या । सहरका प्रजाहरु धेरैजना भयाका थिया । तिनहरुलाइ आसिरवाददि सरासर कांतिपुर पुग्या । उस्दीन दर्वारमा वास दिया भोलिपल्ट राजारानीवाट हाम्रा छोराहरु बन्दीषानामा छन् तिनहरुलाइ वन्दी छुटाइ हामीहरुलाइ विस्नुमति सम्म पुर्याउन आउन पाया सुनापरसुगंध हुन्या थियो भनि सर्दार केहर्सिंवस्न्यातसंग हजुरमा विंति गर्न पठाया। उसै माफिक श्रीमहाराजपृथ्वीनारायणशाहका हुकुमले छोराहरुकन झीकाइ भेट गरायी दिया ति छोराहरु मध्य अच्युतसिं साह्रै विमारी थिया र विस्नुमति लग्यो वहि प्राणमुक्त भयो । उन्की स्त्री सति गइन छोरा उद्धवसिंले संस्कार गर्या । यहा उप्रान्त राजारणजितमल्ल श्रीकासिवास निमित्त जादा चन्द्रागीर पर्वतमा चढि नेपालको मायाले नेपालतर्फ हेरि यकछीन विश्राम गरि उसै घरि यक गीत यस्ता तर्हको रच्या ।
हाय हाय राम राम गथे मजुम नेपाल सतुरि दुरजननं फुतकलयो आव ।।
झिन्ते दोल राजे समदतायो जित वास विदेशया वास जुल थति आव राम राम ।।
हथुजन दैवया भरे च्वने । जित अरे मजु रे दैव ।।
राम हा .......
जि गन वने ..... माम मदु बुबा मदु ।
सुया भरे च्वने दैव ।। जवे स्वोसा दाजु मदु ।
खवे स्वोसा किजा मदु ।। जि पापी अभागी ।
गन वन सि रे दैव ।। राम हा....
जि गन वने .....
तपुखु, नपुखु स्वोये धका । न्या जन्म कया दैव ।।
चंदाल म्ह खे या ल्हातं । जाल केन्का स्यात रे दैव ।।
राम हा..... जि गन वने .....
न्यातापोल स्वोये धका । बखुं जन्म कया दैव ।।
चंदाल म्ह खे या मचां । तुम्ब केका स्यात रे दैव ।।
राम हा.... जि गन वने .....
ल्योसिंख्यले ल्योसिं थन । चुपिंगाले म्वन ल्हुया ।।
वया च्वये भैरव । दर्शन याय प्रभु ।।
राम हा..... जि गन वने .....
थोथे ज्यागु रस गबलेसं दै मखु । राम हा जि गन वने ।।
थोथे ज्यागु रस गबलेसं दै मखु । राम हा जि गन वने ।।
नेवारीमा लेखिएको गीतको नेपाली रुपान्तर
हे राम ! हे राम ! म यो नेपाल नसम्झिकन कसरी रहन सकुँला !
शत्रु-दुर्जन ले मलाई अब सिध्यायो - खत्तम पार्यो
बाह्र हजारको राज्यमा मेरो वास अब सकियो !
अब देखी बिदेशको बास भयो ! राम राम ।।१।।
पूर्ब जन्मको पापले नसुनेको देखी सकें,
पिंजडामा बसी बाच्नुको प्रयोजन छैन राम राम ।।२।।
नवदुर्गा र गणेशलाई सहस्र विन्ती गर्छु,
मैले गरेका अपराधका निम्ती क्षमा गर राम राम !! ३।।
दुखको वेदना म कति सँग कहुँ ?
यो पासोबाट मलाई कसैले फुकाउन सक्दैन राम राम ।।४।।
माया-प्रीती गरि बसी छल गर्यो दुर्जनले,
हाय ! हाय ! के सोचले गर्दा यस्तो भयो राम राम ।।५।।
सूर्य वंशको कूलमणि जस्तो रणजित मल्ललाई,
तलेजुले वैकुण्ठवास गरायो राम राम ।।६।।
यस्ता तर्हको गीतवासीगाइ अश्रुपात गरि नेपाल क्षेत्रको दर्सनगरि सरासर कासीतर्फ गया । वहा पुग्यापछि यकमैना जन्मभै गंगालाभ भइन फेरी २० दीनमा रानी गंगालाभ भइन । नेपाली संवत ८९१ जेष्ठ सुदि १० दसहराका दीन राजा रनजितमल्ल सूर्यवंसमा उत्पन्न भयाका अंतका राजा ब्रम्हनालमा परलोक भया । अग्निसंस्कार गर्दा ब्रम्हनालबाट एकनागमाथि आइ प्रदक्षीणागरि अग्नीमा फालहालि सहगामिनी भैगया । चारदीन अघी एक योगी आइ राजा रनजितमल्लसंग एकांतगरि फर्किगयाकाो कसैले देखेनन् । यहा देषी नेपालमा शुद्ध सूर्यवंसि लोप भैगया । नेपाल तिन सहरका राजा एकआपसमा .....
Source:facebook