29/12/2025
"शिक्षामा समान अवसर" कार्यक्रम/अभियान सम नेपाल (Sama Nepal) ले २०७२ सालदेखि सुरु गरेको हो। समुदाय, अभिभावक, विद्यालय र सम्बन्धित पालिकाको साझेदारीमा सञ्चालित यस अभियानमा सम नेपालले जहिले पनि समन्वयकारी भूमिका निर्वाह गर्दछ। हाम्रो मुख्य प्रयास सम्भव भएसम्मको स्रोत साधन जुटाउने र परिचालन गर्ने रहन्छ, जुन अभिभावकहरूको प्रत्यक्ष संलग्नतामा सम्बन्धित विद्यालयबाटै परिचालित हुन्छ।
यस कार्यक्रम सञ्चालित मुख्य तथा आधार विद्यालयहरूमा समावेशी शिक्षा स्रोत कक्षा, समावेशी शिक्षा स्रोत शिक्षक/शिक्षिका तथा सहायकको विशेष व्यवस्था गरिएको छ। यस प्रक्रियामा विभिन्न सङ्घसंस्था तथा निकायहरू प्रत्यक्ष रूपमा जोडिनुभएको छ।
"सबै बालबालिका विद्यालय भित्र, सबै स्रोत विद्यालय भित्र, विज्ञ विशेषज्ञ विद्यालय भित्र भए समावेशी शिक्षा सम्भव छ" भन्ने नाराका साथ यो अभियान अघि बढिरहेको छ।
यसै क्रममा भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, नवलपरासी र बाँके जिल्लामा कार्यरत समावेशी स्रोत शिक्षक/शिक्षिकाज्यूहरूले बाँके जिल्लामा भइरहेको समावेशी शिक्षा अभ्यासको अध्ययन भ्रमण गर्नुभयो। सोही क्रममा देउतादिन माध्यमिक विद्यालय, नेपालगञ्ज, बाँके मा खिचिएका केही झलकहरू।
The "Equal Opportunities in Education" campaign was launched by Sama Nepal in 2015. Operating through a partnership between the community, parents, schools, and local municipalities, Sama Nepal consistently plays a coordinating role. We focus on mobilizing all possible resources, which are managed directly through the schools with the active involvement of parents.
In the core schools where this program is implemented, special arrangements have been made for Inclusive Education Resource Classes, including dedicated resource teachers and assistants. Various organizations and agencies are directly partnered in this process.
Our mission moves forward with the motto: "Inclusive education is possible only when all children, all resources, and all experts are within the school."
Recently, Inclusive Resource Teachers from Bhaktapur, Lalitpur, Sindhupalchowk, Nawalparasi, and Banke conducted a study visit to observe inclusive education practices in Banke district. Here are some glimpses from Deutadin Secondary School, Nepalgunj, Banke. 🙏
#समावेशी_शिक्षा_हाम्रो_आकांक्षा