09/04/2026
नमस्ते सम्पूर्णमा निकै समयदेखि म अनावश्यक कुराहरु अनावश्यक आरोपहरू बेइज्जती गालीहरु सहदै आएको तीन वर्ष भइसक्यो। आज आएर मिडियाहरूमा पनि र मेरा साथीभाइहरूमा पनि बेइज्जत गर्दै आएको केही समय भयो। तपाईहरुबाट एउटा कुरा जान्न चाहन्छु पशु सेवा केन्द्र नामक ननप्रफिक्ट अर्गनाइजेसन मा लगाइएको रकमहरू फिर्ता गर्नका लागि बारम्बार मानसिक तनाव दिँदा आइराख्नुभएको छ। हाम्रा माननीय एकजना बोर्ड मेम्बरबाट। कतिको जायज हो यो तपाईहरुले भनिदिनु पर्यो। हुन त म कानुनी हिसाबले नै जान चाहन्छु। उहाँलाई संस्थामा लगाइएको रकम फिर्ता गर्दा सबैलाई फिर्ता नै चाहिन्छ। त्यो पशु सेवामा लगाइएको पैसा फिर्ता आउँछ भने १०० रुपैयाँ दान गरेकोलाई पनि पैसा फिर्ता चाहिन्छ। यदि मैले कसैलाई कागज गरिदिएको छु भने पैसा फिर्ता हुन्छ भनेर या बैंकको चेक दिएको छु भने मलाई प्रमाण चाहियो। संस्थाको लागि भनेर दिएको पैसा या मैले लगाएको पैसा या अरुले लगाएको पैसा संस्था बनाउन र सामानहरू किन्नमा लगाएको छु। उहाँले जस्तै मैले पनि सक्दिन भनेर बच्चाहरूलाई मर्नलाई छोड्दिएको भए राम्रो हुन्थ्यो । तर मैले बच्चाहरूलाई रेखदेख गर्न म अध्यक्ष पदमा नामको मात्र छु। यहाँको गुसोर्ने देखि खाना खुवाउनेदेखि खाना पकाउने देखि कमाउनेदेखि रेस्क्युमा लाग्ने खर्चदेखि हस्पिटल लाने कुकुर उठाउने त्यहाँको भाडा तिर्ने सामान ल्याउने सबै म एक्लै गर्दै आएको साढे चार वर्ष भयो। मलाई धेरै आरोपहरू लगाइयो।
१। ठकरार गराइयो मौखिकमा
२। संस्थाभित्र कुकुर मारियो मौखिक
३। कानुनलाई मैले पैसामा किन्यो भन्ने कुरा मसँग screenshot छ
४।जुन व्यक्तिले मलाई आरोप लगाई उहाँलाई सुरुमै अध्यक्ष बन्नु भन्ने कुरा screenshot छ
५।संस्था हामी चलाउँछौं तपाईंको कति पैसा लाग्यो हामी फिर्ता दिन्छौं screenshot छ
६ ।उहाँले कहिले ४५ लाख माग्नुहुन्छ कहिले २२ लाख माग्नुहुन्छ कहिले ११ लाख माग्नुहुन्छ screenshot छ
उहाँलाई हामीले बारम्बार धेरैचोटि सम्झाउँदा पनि उहाँ संस्थामा नआउने संस्था नलिने र संस्थाको सबै कामहरू रोक्दिने मसँग screenshot छ। सुरुका दिनदेखि उहाँले सक्ने मद्दत गर्छु भन्ने कुरा पनि screenshot छ।