14/06/2026
भक्तपुर चेम्बर अफ कमर्स को भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा हिजो सम्पन्न "बजेट २०८३, कर नीति र निजी क्षेत्र: अवसर र चुनौती" विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो अमूल्य समय र विचार राखिदिनुहुने प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष श्री दीपक मल्होत्रा ज्यू, प्रमुख वक्ता पूर्व अर्थ सचिव तथा भन्सार महानिर्देशक श्री शिशिर ढुंगाना ज्यू, र भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष श्री श्याम सुन्दर श्रेष्ठ ज्यू प्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।
यसैगरी, कार्यक्रममा उपस्थित भई छलफललाई निष्कर्षमुखी बनाउन सहयोग गर्नुहुने सम्पूर्ण वस्तुगत संघ-संस्थाका अध्यक्षज्यूहरू, सल्लाहकारहरू, चेम्बरका सम्पूर्ण कार्यसमितिका पदाधिकारी एवं सदस्यज्यूहरू तथा चेम्बरका सदय व्यवसायी मित्रहरु मा भक्तपुर चेम्बर अफ कमर्स हार्दिक आभार प्रकट गर्दछ।