Chhori Ko Ghar Jestha Nagarik Ashram

Chhori Ko Ghar Jestha Nagarik Ashram Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chhori Ko Ghar Jestha Nagarik Ashram, Nonprofit Organization, Tathali, Bhaktapur.

24/05/2026

“आमाको माया संसारकै पवित्र हुन्छ,
र बुबाको साथ जीवनकै ठूलो शक्ति।” 🌸

Send a message to learn more

20/05/2026

"अवसरहरू कहिल्यै आफैँ आउँदैनन्,
हरेक परिस्थितिलाई अवसरमा बदल्नु
तपाईंको खुबी हो।"

सेवा नै धर्म हो।    हार्दिक धन्यवाद तथा नमन।मिति२०८३/०२/०३ गतेका दिन हाम्रो यस भक्तपुर जिल्लाको ताथलीमा सञ्चालित छोरीको ...
18/05/2026

सेवा नै धर्म हो।

हार्दिक धन्यवाद तथा नमन।
मिति२०८३/०२/०३ गतेका दिन

हाम्रो यस भक्तपुर जिल्लाको ताथलीमा सञ्चालित छोरीको घर जेष्ठ नागरिक आश्रमको लागि कास्की पोखरा ७ निवासी समाजसेवी तथा सहयोगी मनको धनी आदरणीय श्री लक्ष्मी थापा ज्यूले आफ्नो इच्छाले यस छोरीको घर जेष्ठ नागरिक आश्रममा पाल्नुभई आश्रममा रहनुभएको आमाबुबाहरूको लागि खाद्यान्न, QR ४०००/- सहयोग गर्नुभएको। हाम्रो यस आश्रम परिवार हार्दिक नमन व्यक्त गर्दछ। साथै वहाँ र वहाँको परिवारमा सुख, शान्ति छाहोस् भन्दै भगवानसँग प्रार्थना गर्दछौं।

साथै वहाँको जीवनमा कहिले पनि दुःख ,कष्ट आइनपरोस् यदि आइपरेको खण्डमा भगवानले सजिलै समाधान गर्ने शक्ति प्रदान गरुन् भन्दै श्री पशुपतिनाथ सँग यस छोरीको घर जेष्ठ नागरिक आश्रम प्रार्थना गर्दछौं।
धन्यवाद ।
राधे राधे जय होस्

14/05/2026

आमा–बुबाको आँखा भित्र सपना लुकेको हुन्छ,
हाम्रो सफलतामा उनीहरूको खुशी फुलेको हुन्छ।
हामी हाँस्दा उनीहरू संसार जितेझैँ हुन्छन्,
यस्तो माया संसारमा कहाँ पाइन्छ र!

Send a message to learn more

आज पावन अपरा एकादशी (अचला एकादशी) 🙏🕉️ज्येष्ठ कृष्ण पक्षमा पर्ने पवित्र अपरा एकादशीको दिन । यस एकादशीलाई “अचला एकादशी” पन...
13/05/2026

आज पावन अपरा एकादशी (अचला एकादशी) 🙏🕉️
ज्येष्ठ कृष्ण पक्षमा पर्ने पवित्र अपरा एकादशीको दिन । यस एकादशीलाई “अचला एकादशी” पनि भनिन्छ । वैदिक कालदेखि नै भगवान् श्री विष्णुको आराधना, व्रत र पूजा गर्ने विशेष दिनका रूपमा यसको महिमा अपरम्पार मानिँदै आएको छ । 🙏
धार्मिक विश्वास अनुसार, आजको दिन श्रद्धा र भक्तिभावले भगवान् विष्णुको पूजा–आराधना गर्दा पाप नाश हुने, मनोकामना पूर्ण हुने, व्यापार–व्यवसायमा सफलता प्राप्त हुने तथा जीवनमा सुख, शान्ति र समृद्धि आउने विश्वास गरिन्छ । ब्रह्माण्ड पुराण अनुसार स्वयं भगवान् श्रीकृष्णले धर्मराज युधिष्ठिरलाई अपरा एकादशीको महिमा सुनाउँदै यस व्रतको पुण्य अतुलनीय रहेको बताउनुभएको छ । दीर्घ स्वास्थ्य, मानसिक शान्ति र आनन्दमय जीवनको कामनासहित आजको दिन हरिनाम स्मरण, व्रत र दान–पुण्य गर्नु अत्यन्त फलदायी मानिन्छ।
भगवान् श्री हरि विष्णुको कृपाले सम्पूर्ण भक्तजनको जीवनमा सुख, समृद्धि, सकारात्मक ऊर्जा र सफलता प्राप्त होस् । 🙏💚
#अपरा_एकादशी #अचला_एकादशी #भगवान_विष्णु #एकादशी_व्रत # ्रीहरि 🙏

11/05/2026

"अन्त्यमा न धनसम्पत्ति साथमा जानेछ, न प्रतिष्ठा, न त महल नै।
साथमा जानेछ त केवल त्यो प्रेम जुन तपाईले बाँड्नुभयो र ती आशीर्वादहरू जुन तपाईले कमाउनुभयो। जीवन एउटा सानो बिसौनी हो, यहाँ यात्री बनेर रहनुहोस्, मालिक बनेर होइन। किनकि वास्तविक घर त त्यही हो जहाँ गएर हामी ती परमपिता परमात्मामा विलीन हुन्छौँ।"😊

10/05/2026

निस्वार्थ माया के हो भन्ने बुझ्न,
आमा–बुबालाई एकपटक सम्झे पुग्छ।
उनीहरूको साथ भए जिन्दगी सजिलो,
त्यो बिना संसार नै अधुरो लाग्छ।🙏❤️

Send a message to learn more

आमाको पुण्यतिथिको सेवा, समाजका लागि एउटा प्रेरणा—भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं—९, ताथली निवासी आदरणीय संजीव क...
10/05/2026

आमाको पुण्यतिथिको सेवा, समाजका लागि एउटा प्रेरणा—
भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं—९, ताथली निवासी आदरणीय संजीव के.सी. ज्यूले स्वर्गीय आमाको पुण्यतिथिको अवसरमा समाजसेवाको अनुपम उदाहरण प्रस्तुत गर्नुभएको छ ।
वहाँले छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई त्यहाँ आश्रय लिइरहनुभएका बुवा, आमाबुवाहरुलाई नगद रु.५,००५/- बराबरको भोजन गराउनुभएको छ । आमाको सम्झनामा गरिने यस्तो सेवा मूलक कार्यले केवल व्यक्तिगत श्रद्धा मात्र होइन, समाजप्रतिको उत्तरदायित्वको सन्देश पनि दिन्छ । आजको समाजमा वृद्धवृद्धाहरुको अवस्था सोचनीय बन्दै गएको छ । आफ्नो सन्तानबाट टाढा बस्न बाध्य धेरै आमाबुवाहरुका लागि यस्ता सहयोगहरु आत्मीयताको अनुभूति बन्ने गर्छन ।
सेवा नै साँचो श्रद्धाञ्जली हो । दिवंगत आमाको पुण्यतिथिमा गरिएको यस पूण्य कार्यले समाजलाई करुणा, सहानुभूति र मानवताको मार्गतर्फ डोर्‍याउने काम गरेको छ । यस्तो प्रेरणादायी कदमको लागि वहाँप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं ।
छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण—९, ताथली, भक्तपुर

स्मृतिमा मानवसेवाको उदाहरण-भक्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका वडा नं. -९,निवासी भवमाया कार्की थापा परिवारले आफ्ना स्व...
06/05/2026

स्मृतिमा मानवसेवाको उदाहरण-
भक्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका वडा नं. -९,निवासी भवमाया कार्की थापा परिवारले आफ्ना स्वर्गीय श्रीमानको स्मृतिको अवसरलाई स्मरणीय बनाउँदै सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्नुभएको छ। उहाँले छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई त्यहाँ आश्रित बुवा–आमाहरूका लागि खाद्यान्न साथै नगद रु १,०००/- सहयोग गर्नुभएको हो।
आफन्तको सम्झनामा गरिने यस्ता पुण्यकार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने गर्दछ। भवमाया कार्की थापाले व्यक्तिगत शोकलाई सेवामूलक कार्यमा रूपान्तरण गर्दै आश्रममा बसोबास गरिरहेका ज्येष्ठ नागरिकप्रति सम्मान र माया प्रकट गर्नुभएको छ। आश्रममा रहेका बुवा–आमाहरूलाई खाद्यान्न र नगद रु १,०००/- सहयोग गर्नु केवल दान मात्र नभई मानवीय संवेदनाको उच्च उदाहरण पनि हो।
आजको व्यस्त र स्वार्थकेन्द्रित समाजमा यस्ता मानवीय कार्यले सामाजिक उत्तरदायित्वको महत्व झल्काउँछ। स्मृतिलाई सेवा र सहयोगमार्फत स्मरण गर्ने संस्कारले समाजमा परोपकारको भावना अझ बलियो बनाउने अपेक्षा गर्न सकिन्छ।
भवमाया कार्की थापा ज्यू लाई यस मानवीय कार्य गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दै वँहाको स्वर्गीय श्रीमान प्रति बैकुन्ठ बाँसको कामना गर्दछौं।
छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण -९, ताथली, भक्तपुर

06/05/2026

बुबाको पसिना, आमाको माया,
यही हो जिन्दगीको साँचो छाया।
जति टाढा पुगे पनि सम्झना यही,
आमा–बुबा नै हुन् मनको थलो सधैं।

Send a message to learn more

Address

Tathali
Bhaktapur
44800

Alerts

Be the first to know and let us send you an email when Chhori Ko Ghar Jestha Nagarik Ashram posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share