01/09/2026
मिति: २०८३/०५/१२
बाढी तथा पहिरोबाट प्रभावित समुदायप्रति CDM-Nepal को ऐक्यबद्धता !!
नेपाल–चीन सीमा क्षेत्रमा गएको ठूलो हिम–चट्टानको पहिरोका कारण ठूलो परिणाममा हिउँ, चट्टान तथा लेदो माटो लेहन्दे खोलातर्फ खसेको र त्यसपछि लेहन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन तथा पश्चिम नवलपरासी लगायतका जिल्लाहरूमा जनजीवन प्रभावित भइ भौतिक तथा मानबिय क्षति गराएको दुःखद घटनाले हामी लाइ स्तब्ध बनाएको छ।
यस विनाशकारी घटनामा ज्यान गुमाउनु हुनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै गम्भीर पीडामा परेका परिवारजनहरु प्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै, यस विपत्तिबाट प्रभावित सम्पूर्ण परिवार, बालबालिका तथा समुदायप्रति को मानबिय कार्य को लागि CDM-Nepal परिबार हार्दिक ऐक्यबद्धता प्रकट गर्दछौ ।
प्राकृतिक विपत्तिले केवल भौतिक संरचना र सम्पत्तिमा मात्र क्षति पुर्याउँदैन, यसले मानिसहरूको जीवन, जीविकोपार्जन, सुरक्षा तथा बालबालिकाको शिक्षा र समग्र मनोसामाजिक अवस्थामा समेत गहिरो प्रभाव पार्दछ। विशेष गरी यस्ता विपत्तिको समयमा बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समुदायको सुरक्षा र उनीहरु को आधारभूत आवश्यकतामा विशेष ध्यान दिनुपर्ने हुन्छ।
विपद् व्यवस्थापन, जलबायु उत्थानशील, सुरक्षित खानेपानी तथा स्वच्छता प्रबर्धन (WASH) , समुदायको उत्थानशीलता तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा कार्यरत संस्थाका रूपमा CDM-Nepal ले यस कठिन परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण एबम सरोकार व्यक्त गर्दछ।
यस विपत्तिको समयमा राहत, खोज तथा उद्धार एबम मानबिय कार्यमा अहोरात्र खटिनुभएका नेपाल सरकार, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक, मानवीय सहायता तथा सामाजिक संघ–संस्था र स्थानीय समुदायका सम्पूर्ण प्रयासहरु प्रति CDM-Nepal उच्च सम्मान व्यक्त गर्दछ।
संकटको यस घडीमा देखिएको सामूहिक एकता, सहयोग र मानवीय संवेदनाले प्रभावित समुदायलाई कठिन परिस्थितिबाट बाहिर निस्कन महत्वपूर्ण आधार प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ।
विपद्को समयमा कुनै पनि परिवार, विशेष गरी महिला तथा बालबालिका को सुरक्षा र उनीहरुको आधारभूत आवश्यकता को सहयोगबाट वञ्चित हुनुहुँदैन। त्यसैले प्रभावित समुदायको आवश्यकता पहिचान गर्दै सम्बन्धित सरकारी निकाय, स्थानीय तह, साझेदार संस्था तथा समुदायसँग आवश्यक समन्वय र सहकार्य गरी राहत, बालसंरक्षण, खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH), मनोसामाजिक परामर्स सहयोग तथा पुनःस्थापनाका प्रयासमा सम्बन्धित सरोकारवाला हरु संग समन्वय र सहकार्य गर्दै सहयोग पुर्याउन CDM-Nepal प्रतिबद्ध रहेको छ।
दुःखको यस शम्बेदनाशील घडीमा हामी सम्पूर्ण नेपाली नागरिक, विकास साझेदार, सहयोगी संस्था तथा सरोकारवालाहरूलाई प्रभावित परिवार र समुदायको साथमा उभिन तथा आवश्यक सहयोग र ऐक्यबद्धता प्रदान गर्न हार्दिक अपिल गर्दछौँ।
विपत्तिले ल्याएको पीडा र क्षतिलाई तत्काल सम्बोधन गर्दै प्रभावित समुदायलाई सुरक्षित, सम्मानजनक र दिगो रूपमा पुनःस्थापित गर्न सामूहिक प्रयास आवश्यक छ।
CDM-Nepal यस विपत्तिबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायसँग दुःखको यस घडीमा साथमा रहेको प्रतिबद्धता व्यक्त गर्दछौ। हामी सबैको साझा प्रयास, समन्वय, सहकार्य र मानवीय संवेदनाबाट प्रभावित समुदायले पुनः आफ्नो जीवन शुचारु गर्न र भविष्यलाई आशाका साथ अघि बढाउन सक्ने छन् र यस कार्य को लागि हामि सधै प्रतिबद्ध छौ र निरन्तर लागिरहने छौँ।
अन्त्यमा यस दुखद घटना मा ज्यान गुमाउनेहरु सम्पूर्ण मा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन,आफन्त हरु प्रति हार्दिक शमबेदना प्रकट गर्दछौ एबम घाइते हरु को शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछौ !
विकास तथा प्रकोप व्यवस्थापन केन्द्र–नेपाल (CDM-Nepal)
Center for Development & Disaster Management-Nepal
बुटवल, रुपन्देही
लुम्बिनी प्रदेश नेपाल