पात्लेखेत युथ क्लब-बेनी नगरपालिका १०,पात्लेखेत

  • Home
  • Nepal
  • Beni
  • पात्लेखेत युथ क्लब-बेनी नगरपालिका १०,पात्लेखेत

पात्लेखेत युथ क्लब-बेनी  नगरपालिका १०,पात्लेखेत "समाज सुधार!संस्कृति संरक्षण!क्रमिक विकास!हाम्रो प्रतिबद्धता"🇳🇵

हार्दिक बधाई तथा शुभकामना🙏🌺बेनी नगरपालिका-१०,पात्लेखेतस्थित श्री दीपक माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा शिक्षा ऐन त...
07/05/2026

हार्दिक बधाई तथा शुभकामना🙏🌺
बेनी नगरपालिका-१०,पात्लेखेतस्थित श्री दीपक माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा शिक्षा ऐन तथा नियमावलीको प्रक्रिया पूरा गरी नियुक्त हुनुभएकोमा सुश्री पशुपति केसीज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

साथै, मिति २०७६-०८-०४ देखि करिब ७ वर्षसम्म यस विद्यालयको प्राज्ञिक गरिमा र चौतर्फी विकासका लागि कुशल नेतृत्व प्रदान गर्नुभएका निवर्तमान प्रधानाध्यापक श्री विष्णु ढुङ्गानाज्यूको निस्वार्थ सेवा र अविष्मरणीय योगदानप्रति हार्दिक कृतज्ञता एवं आभार प्रकट गर्दछौं।
पात्लेखेत युथ क्लब परिवार
बेनी नगरपालिका १०,पात्लेखेत,म्याग्दी

बेनी नगरपालिका वडा न. १० को आयोजना तथा हिमालय आँखा अस्पताल,पोखराको प्राविधिक सहयोगमा पात्लेखेत स्वास्थ्य चौकीमा मिति २०८...
03/05/2026

बेनी नगरपालिका वडा न. १० को आयोजना तथा हिमालय आँखा अस्पताल,पोखराको प्राविधिक सहयोगमा पात्लेखेत स्वास्थ्य चौकीमा मिति २०८३ वैशाख १९ र २० गते सञ्चालित दुई दिने "बृहत नि:शुल्क आँखा शिविर" भव्यताका साथ सम्पन्न भएको छ।
उक्त शिविरमा कुल ४६० जना स्थानीय नागरिकहरूले विशेषज्ञ सेवामार्फत आँखा परीक्षण गराउनुभएको र तीमध्ये मोतियाबिन्दु देखिएका १७ जना बिरामीहरूको सफल शल्यक्रिया समेत गरिएको स्वास्थ्य चौकी प्रशासनले जानकारी दिएको छ।
यस महत्त्वपूर्ण कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटिनुहुने हिमालय आँखा अस्पतालका दक्ष चिकित्सक तथा प्राविधिक टोली,पात्लेखेत स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू एवं कर्मचारी वर्गमा हामी हार्दिक आभार प्रकट गर्दछौं।
साथै, शिविर व्यवस्थापनमा सक्रिय भूमिका खेल्नुहुने बेनी नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिज्यूहरू,कर्मचारीहरु,निस्वार्थ सेवामा समर्पित महिला स्वास्थ्य स्वयंसेविकाहरू,आमा समूह,विभिन्न सामाजिक संघ-संस्था तथा स्थानीय नागरिक समाजको अतुलनीय सहयोगप्रति पात्लेखेत क्लब कृतज्ञता व्यक्त गर्दछ। आगामी दिनहरूमा पनि यस्तै जनहितकारी कार्यहरूमा तपाईंहरूको साथ र समन्वय रहने विश्वासका साथ सहयोग पुर्‍याउनुहुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।धन्यवाद🙏
- पात्लेखेत युथ क्लब परिवार
बेनी नगरपालिका १०,पात्लेखेत,म्याग्दी
पात्लेखेत स्वास्थ्य चौकी
बेनी नगरपालिका , म्याग्दी

आज मिति २०८३/०१/१६ गते पात्लेखेत स्वास्थ्य चौकीमा आयोजित विशेष समारोहका बीच बेनी नगरपालिका वडा नं. १० लाई 'पूर्ण खोप सुन...
29/04/2026

आज मिति २०८३/०१/१६ गते पात्लेखेत स्वास्थ्य चौकीमा आयोजित विशेष समारोहका बीच बेनी नगरपालिका वडा नं. १० लाई 'पूर्ण खोप सुनिश्चितता तथा दिगोपन' वडा घोषणा गरिएको छ।
यस महत्वपूर्ण उपलब्धि हासिल गर्न र अभियानलाई पूर्णतः सफल बनाउन अहोरात्र खटिनुहुने वडा कार्यसमिति, वडा खोप समन्वय समिति, स्वास्थ्य आमा समूह, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, बुद्धिजीवी, नागरिक समाज तथा आदरणीय वडावासी सम्पुर्ण महानुभावहरूमा हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछौं।स्वस्थ र सुरक्षित समाज निर्माणमा यहाँहरूको यो योगदान सदैव स्मरणीय रहनेछ।🙏
-:पात्लेखेत युथ क्लब परिवार
पात्लेखेत युथ क्लब-बेनी नगरपालिका १०,पात्लेखेत बेनी नगरपालिका , म्याग्दी पात्लेखेत स्वास्थ्य चौकी

यस पात्लेखेत युथ क्लबका कार्यसमिति कोषाध्यक्ष अजय मल्ललाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।- पात्लेखेत युथ क्लब...
28/04/2026

यस पात्लेखेत युथ क्लबका कार्यसमिति कोषाध्यक्ष अजय मल्ललाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
- पात्लेखेत युथ क्लब परिवार

नि:शुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्बन्धी बेनी नगरपालिका १० नं. वडा कार्यालयको सूचना!!बेनी नगरपालिका वडा नं १० को...
26/04/2026

नि:शुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्बन्धी बेनी नगरपालिका १० नं. वडा कार्यालयको सूचना!!

बेनी नगरपालिका वडा नं १० को आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा तपसिलको मिति, समय र स्थानमा वृहत् आँखा शिविर सञ्चालन गरिने र सो शिविरमा नि:शुल्क आँखा परीक्षण, उपचार तथा मोतियाविन्दुका बिरामीहरूको नि:शुल्क शल्यक्रिया गरिने भएको हुँदा समयमै नाम दर्ता गराई सेवा लिनुहुन सम्पूर्ण नगरवासीहरूमा यहि सुचनासाथ अनुरोध गरिन्छ।

तपसिल:
मिति: २०८३ साल वैशाख १९ र २० गते
समय: विहान ९ बजे
स्थान: पात्लेखेत स्वास्थ्य चौकी
नोट: शल्यक्रिया गर्नु पर्ने बिरामीहरूलाई शल्यक्रिया पश्चात १ दिन डाक्टरको प्रत्यक्ष निगरानीमा स्वास्थ्य चौकीमै राख्नु पर्ने हुँदा बिरामी र बिरामी कुरुवाको लागि बेड सिट आफै व्यवस्था गर्नुपर्ने छ।

थप जानकारीका लागि सम्पर्क न.
- मस्बिर रोका(वडा अध्यक्ष):-९८५७६४७०७०
- निर्मला मल्ल(नगर कार्यपालिका सदस्य):-९८४२८४७७४६
- राम प्रसाद पौडेल(पात्लेखेत स्वास्थ्य चौकी इन्चार्ज):-९८४७६३५४६०
- हरि गर्बुजा(क्लब अध्यक्ष):-९८५७६५१०९१
पात्लेखेत युथ क्लब-बेनी नगरपालिका १०,पात्लेखेत
बेनी नगरपालिका , म्याग्दी

मुलुकमा लोकतन्त्र बहालीका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अ...
24/04/2026

मुलुकमा लोकतन्त्र बहालीका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौं।🙏🇳🇵
- पात्लेखेत युथ क्लब परिवार
पात्लेखेत युथ क्लब-बेनी नगरपालिका १०,पात्लेखेत

ऐतिहासिक तथा धार्मिक आस्थाको धरोहर "भूमे पूजाको" पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।बेनी नगरपालिका–१०, प...
21/04/2026

ऐतिहासिक तथा धार्मिक आस्थाको धरोहर "भूमे पूजाको" पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
बेनी नगरपालिका–१०, पात्लेखेतमा परापूर्व कालदेखि मनाइँदै आएको यस सांस्कृतिक महान पर्वले हामी समस्त गाउँवासीमा आपसी सद्भाव, भ्रातृत्व र एकताको भावना प्रगाढ बनाओस्। प्रकृति र संस्कृतिको संरक्षण गर्ने प्रेरणा मिलोस्। हार्दिक शुभकामना🙏
-- पात्लेखेत युथ क्लब परिवारपात्लेखेत युथ क्लब-बेनी नगरपालिका १०,पात्लेखेत

बेनी नगरपालिका वडा नं. १०,ओखले स्थित लामो समयदेखि प्रयोगविहीन भई जीर्ण बन्दै गएको यस भवनलाई उचित मर्मतसम्भारसहित सञ्चालन...
19/04/2026

बेनी नगरपालिका वडा नं. १०,ओखले स्थित लामो समयदेखि प्रयोगविहीन भई जीर्ण बन्दै गएको यस भवनलाई उचित मर्मतसम्भारसहित सञ्चालनमा ल्याउन हामी स्थानीय सरकार र सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ। सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोग गर्नु हामी सबैको साझा दायित्व हो।

पात्लेखेत युथ क्लब-बेनी नगरपालिका १०,पात्लेखेत
बेनी नगरपालिका , म्याग्दी

"संस्कृतिको जगेर्ना, मौलिकताको संरक्षण: हाम्रो गौरव, हाम्रो पहिचान!"बेनी नगरपालिका-१०, पात्लेखेतको पावन भूमिका ऐतिहासिक ...
17/04/2026

"संस्कृतिको जगेर्ना, मौलिकताको संरक्षण: हाम्रो गौरव, हाम्रो पहिचान!"
बेनी नगरपालिका-१०, पात्लेखेतको पावन भूमिका ऐतिहासिक कालदेखि नै परम श्रद्धा र निष्ठाका साथ मनाइँदै आएको 'भूमे पूजा' यस वर्ष आगामी २०८३ वैशाख ८ गते, मंगलबारका दिन आयोजना हुन गइरहेको छ।
अतः यस पावन अवसरमा भूमे देवताको पूजा-आराधना, दर्शन एवं प्रसाद ग्रहणका लागि सम्पूर्ण गाउँबासी आमाबुबा, दाजुभाइ,दिदीबहिनी, तथा श्रद्धालु महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौँ।🙏
निमन्त्रक:
पात्लेखेत युथ क्लब
बेनी नगरपालिका-१०, पात्लेखेत, म्याग्दी

"संसारकै सबैभन्दा पवित्र नाता,आमा"मातातीर्थ औंसीको पावन अवसरमा सम्पूर्ण ममतामयी आमाहरू प्रति श्रद्धापूर्वक भक्तिमय ढोग ए...
17/04/2026

"संसारकै सबैभन्दा पवित्र नाता,आमा"
मातातीर्थ औंसीको पावन अवसरमा सम्पूर्ण ममतामयी आमाहरू प्रति श्रद्धापूर्वक भक्तिमय ढोग एवं हार्दिक शुभकामना!🙏🌺
पात्लेखेत युथ क्लब परिवार

बेनी नगरपालिका १०,पात्लेखेतमा अवस्थित श्री दीपक माध्यमिक बिधालयको शैक्षिक सत्र २०८३ का लागि बाल कक्षादेखि कक्षा ९ सम्म न...
14/04/2026

बेनी नगरपालिका १०,पात्लेखेतमा अवस्थित श्री दीपक माध्यमिक बिधालयको शैक्षिक सत्र २०८३ का लागि बाल कक्षादेखि कक्षा ९ सम्म नयाँ भर्ना खुलेको सम्बन्धी अत्यन्त जरुरी सूचना।🌺🙏
पात्लेखेत युथ क्लब-बेनी नगरपालिका १०,पात्लेखेत
श्री दीपक माध्यमिक विद्यालय

Address

Patlekhet
Beni

Telephone

+9779805149333

Website

Alerts

Be the first to know and let us send you an email when पात्लेखेत युथ क्लब-बेनी नगरपालिका १०,पात्लेखेत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share