नेपाल ह्योल्मो समाज सेवा संघ - Nepal Hyolmo Society Service Association

  • Home
  • Nepal
  • Baudha
  • नेपाल ह्योल्मो समाज सेवा संघ - Nepal Hyolmo Society Service Association

नेपाल ह्योल्मो समाज सेवा संघ - Nepal Hyolmo Society Service Association Nepal Hyolmo Society Service Association
नेपाल ह्योल्मो समाज सेवा संघ

।।हार्दिक निमन्त्रणा।।यही मिति २०८१ साल माघ १६ गते बुधबार का दिन २१५२ औं स्यिङ म्हो डुल ल्हो ह्योल्मो सोनाम ल्होसार को श...
23/01/2025

।।हार्दिक निमन्त्रणा।।
यही मिति २०८१ साल माघ १६ गते बुधबार का दिन २१५२ औं स्यिङ म्हो डुल ल्हो ह्योल्मो सोनाम ल्होसार को शुभ अवसरमा, विश्व भर छरिएर बस्नु भएका ह्योल्मो समुदाय तथा सबै सोनाम ल्होसार पर्व मनाउनुहुने बौद्ध धर्मालम्बीहरुलाई शुभकामनाका सहित यो वर्ष लाई स्वागत गर्दै नेपाल ह्योल्मो समाज सेवा संघले "ह्योल्मो सोनाम ल्होसारको शुभकामना आदानप्रदान तथा र्‍याली कार्यक्रम" आयोजना गर्न गईरहेको हुँदा यस कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
थुजिछे ।

केन्द्रीय कार्यसमिति परिवार
नेपाल ह्योल्मो समाज सेवा संघ

कृपया सक्दो सेयर गरी सहयोग गरिदिनुहोला ।

यस नेपाल ह्योल्मो समाज सेवा संघका प्रमुख सल्लाहकार तथा ह्योल्मो समाजका बुद्धिजिवी, वरिष्ठ समाजसेवी, तिब्बतका लागि नेपाली...
27/08/2024

यस नेपाल ह्योल्मो समाज सेवा संघका प्रमुख सल्लाहकार तथा ह्योल्मो समाजका बुद्धिजिवी, वरिष्ठ समाजसेवी, तिब्बतका लागि नेपाली भु.पु.महावाणिज्यदुत आदरणीय विनोद लामा ह्योल्मोज्युको ममतामयी आमा श्रीमति चेङा ओमु ह्योल्मोज्युको ९१ बर्षको उमेरमा आज असमाहिक निधनको खबरले हामी स्तब्ध भएका छौं। वहाँको चित्तले अमिताभ बुद्धको भुवन (देवाचेनकी शिंखम)मा जन्म लिउन भनी प्रार्थनाका साथ श्रद्धान्जली अर्पण गर्दै यस दुखद घडीमा शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति त्रि-रत्नबाट प्राप्त गर्न सकुन भनी हार्दिक समवेदना प्रकट गर्दछौ।
ཨོཾ་མ་ཎི་པདྨེ་ཧྰུྂ་ཧྲྰིཿ། ཨོཾ་མ་ཎི་པདྨེ་ཧྰུྂ་ཧྲྰིཿ། ཨོཾ་མ་ཎི་པདྨེ་ཧྰུྂ་ཧྲྰིཿ།
ཨོཾ་ཨ་མི་དྷེ་ཝ་ཧྲྰིཿ། ཨོཾ་ཨ་མི་དྷེ་ཝ་ཧྲྰིཿ། ཨོཾ་ཨ་མི་དྷེ་ཝ་ཧྲྰིཿ།

आदिवासी दिवसको शुभकामना Indigeous Television मार्फत दृष्य छायांकन गर्ने क्रममा Hyolmo Garden House मा।
11/08/2024

आदिवासी दिवसको शुभकामना Indigeous Television मार्फत दृष्य छायांकन गर्ने क्रममा Hyolmo Garden House मा।

३०औं विश्व आदिवासी दिवस तथा इन्डिजिनिअस टेलिभिजनको ९औं स्थापना दिवसको शुभकामना सन्देश -   #ह्योल्मो  #आदिवासी हरुको जाति...
08/08/2024

३०औं विश्व आदिवासी दिवस तथा इन्डिजिनिअस टेलिभिजनको ९औं स्थापना दिवसको शुभकामना सन्देश - #ह्योल्मो #आदिवासी हरुको जातिय संस्था नेपाल ह्योल्मो समाज सेवा संघका केन्द्रीय अध्यक्ष श्री रेन्जेन डोल्मा ह्योल्मोबाट।

Name:Program Producer:Program Presenter:Guest:----------------------------------------------------------------------------------...

नेपाल आदिवासी जनजाति महासंघद्वारा प्रत्येक वर्ष अगष्ट महिना ०९ तारिखका दिन विश्व आदिवासी दिवस भव्य रुपमा मनाउँदै आइरहेको...
07/08/2024

नेपाल आदिवासी जनजाति महासंघद्वारा प्रत्येक वर्ष अगष्ट महिना ०९ तारिखका दिन विश्व आदिवासी दिवस भव्य रुपमा मनाउँदै आइरहेकोमा यस वर्ष पनि महासंघद्वारा ०९ अगष्ट २०२४ तदानुसार २०८१ श्रावण २५ गते शुक्रबारका दिन प्रज्ञा भवन कमलादी काठमाडौको सभाहलमा " संविधान प्रदत्त अधिकार आदिवासिहरुको विशेष क्षेत्र संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यन्वयन गर! प्रदेश र स्थानिय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातीको भाषा लागू गर!! भन्ने मूल नारा सहित ३०औं विश्व आदिवासी दिवस भव्यताका साथ मनाउन गैरहेको हुनाले सम्पूर्ण ह्याेल्मो महानुभावहरुमा आ-आफ्नो जातिय पोशाकमा गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
थुजिक्षे ।
(ह्योल्मोहरुको लागी यस संघद्वारा बसको समेत व्यवस्था गरिएको हुँदा बसको लागि स्थान: गोकर्णेश्वर वडा ६ को कार्यलय।
बस छुट्ने समय: बिहान ९ बजे )

कार्यक्रम स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी (मूल समारोह)
झाँकी र्याली भेला हुने स्थान : भृकुटीमण्डप समय: बिहान ११ बजे

नेपाल ह्योल्मो समाज सेवा सं‌घ
केन्द्रिय कार्यसमिति

नेपाल आदिवासी जनजाति महासंघको संघीय कार्यालयमा महासंघका पदाधिकारीहरु, महासंघसंग सम्बन्धन संगठनहरु, जातिय संस्थाका प्रतिन...
08/07/2024

नेपाल आदिवासी जनजाति महासंघको संघीय कार्यालयमा महासंघका पदाधिकारीहरु, महासंघसंग सम्बन्धन संगठनहरु, जातिय संस्थाका प्रतिनिधिहरु, आदिवासी जनजाति आयोग र थारु आयोगका माननीयज्यूहरु लगायत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका प्रतिनिधिज्यूहरुको विशेष सहभागीतामा नेपाल सरकारले आनुवाँशिक स्रोत माथिको पहुँच, उपयोग र लाभको बाँडफाँटका सम्बन्धमा व्यवस्था गर्ने विधेयकको मस्यौदा तयार गरि यसै चालू संसदको अधिवेशनमा पेश गर्नको निम्ति कानुन मन्त्रालय र मन्त्री परिषद्को कार्यालय मार्फत आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरि काम कार्यवाही अगाडि बढाइएको सन्दर्भमा उक्त प्रस्तावित विधेयक आदिवासी जनजातिका अधिकारहरुका पक्षमा अस्पष्ट र मौन देखिएकोले सो विधेयक उपर आदिवासी जनजातिहरु विच व्यापक रुपमा छलफल कार्यक्रम सञ्चालन भएकोमा ह्योल्मो आदिवासीको आधिकारिक जातिय संस्था नेपाल ह्योल्मो समाज सेवा संघबाट केन्द्रीय अध्यक्ष श्री रेन्जेन डोल्मा ह्योल्मोद्वारा अर्थपुर्ण सहभागिता जनाइएको छ।
२४ असार २०८१

ह्योल्मो आदिवासीहरुको आधिकारिक जातिय संस्था नेपाल ह्योल्मो समाज सेवा संघका केन्द्रीय सचिव श्री सोनाम लामा ह्योल्मो न्हुम...
01/07/2024

ह्योल्मो आदिवासीहरुको आधिकारिक जातिय संस्था नेपाल ह्योल्मो समाज सेवा संघका केन्द्रीय सचिव श्री सोनाम लामा ह्योल्मो न्हुमुले आफ्नो वातावरण पत्रकारिता (Environment Journalism)को माध्यमबाट Developing Asia Journalist Award नेपाल र ह्योल्मो आदिवासीलाई प्रतिनिधित्व गर्दै प्राप्त गर्न सफल हुनु भएकोमा सम्पुर्ण ह्योल्मो तथा नेपालीहरु गर्वान्वित भएका छौ। अन्तराष्ट्रीय जगतमा ह्योल्मो (Hyolmo) जातिको पहिचानलाई उच्च बनाउनु भएकोमा हार्दिक बधाइका साथै भविश्यमा पनि यस्तै उत्कृष्ट उपलब्धीको कामना। 👏💐

ह्योल्मो सोसाइटी अफ अमेरिकाको नवौँ अधिवेशन सफलताका साथ सम्पन्न भइ श्री तेन्जेन डाक्पा लामा ह्योल्मोको अध्यक्षतामा नवौं क...
25/06/2024

ह्योल्मो सोसाइटी अफ अमेरिकाको नवौँ अधिवेशन सफलताका साथ सम्पन्न भइ श्री तेन्जेन डाक्पा लामा ह्योल्मोको अध्यक्षतामा नवौं कार्यसमिति गठन भएकोमा नव निर्वाचित कार्यसमितीका पदाधिकारी तथा सदस्यज्युहरुमा हार्दिक बधाइका साथ कार्यकाल सफलताको शुभकामना। 💐

Address

Boudha-6, Kathmandu
Baudha

Opening Hours

Monday 12:00 - 17:00
Tuesday 12:00 - 17:00
Wednesday 12:00 - 17:00
Thursday 12:00 - 17:00
Saturday 12:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when नेपाल ह्योल्मो समाज सेवा संघ - Nepal Hyolmo Society Service Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपाल ह्योल्मो समाज सेवा संघ - Nepal Hyolmo Society Service Association:

Share