क्षितिज स्मृति प्रतिष्ठान, नेपाल - Ksh*tij Memorial Foundation, Nepal

  • Home
  • Nepal
  • Banepa
  • क्षितिज स्मृति प्रतिष्ठान, नेपाल - Ksh*tij Memorial Foundation, Nepal

क्षितिज स्मृति प्रतिष्ठान, नेपाल - Ksh*tij Memorial Foundation, Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from क्षितिज स्मृति प्रतिष्ठान, नेपाल - Ksh*tij Memorial Foundation, Nepal, Community Service, Banepa.

साम्बालाई सन्देश ;प्रीय साम्बा !२०५४ सालमा मनाङमा जन्मिँदा तिम्रो आमा-बुवाले सायद अर्कै सपना देखेका थिए होलान्। ७ बर्षको...
28/10/2024

साम्बालाई सन्देश ;
प्रीय साम्बा !
२०५४ सालमा मनाङमा जन्मिँदा तिम्रो आमा-बुवाले सायद अर्कै सपना देखेका थिए होलान्। ७ बर्षको उमेरमा मनाङ्बाट लमजुङ झर्दै गर्दा तिमिले देखेको सपनाहरु अर्कै थिए होलान्। तर खै कुन "जुनुन्" ले तिमिलाई फूटबलमा डोर्‍यायो र नै त खाली खुट्टैले मोजा र झुम्रो पोको पारेर "फूटबल करिअर" शुरु गर्‍यौ। खाना खान नपाए नि भयो, सुत्ने टुङ्गो नभए नि भयो तर फूटबल खेल्न पाउनुपर्ने तिम्रो पागलपनलाई समाजले दुत्कार्‍यो। "तिमेर्को इज्जत नभए नि हाम्रो इज्जत छ। हाम्रा छोराहरुसित तिमेर्का छोरिलाई फूटबल खेल्न नपठाओ।" भन्ने समाजसंग चुपचाप लडाइँ गर्ने बुवा आमाले सायद आफ्नो माईली छोरी खुसी भएको हेर्न चाहेका थिए होलान् न कि "स्टार साम्बा"। तर गाउँका दाईहरुसंग एक्लै केटि मान्छे खेल्दा होस्, वा भर्खर खनेको सडकमा आईपुगेको मालबाहक ट्र्याक्टरको पछिपछी घण्टौ टाढासम्म दौडिदै पच्छ्याउँदा होस् तिमिले भने आजको यात्रा त्यहिबाट शुरु गरिसकेकी थियौ।

परिवारसंगको एउटा संघर्ष, समाजसंगको अर्को तहको संघर्ष अनि आफ्नो Dedication मा लाग्नका लागि आफ्नो वरिपरिको अवस्थासंगको संघर्षलाई छिचोल्न सामान्य पागलपनले नपुग्ने थियो, तर तिमिसंग यी सारा हद नाघ्न सक्ने क्षमता थियो। त्यो क्षमता सायद तिमिलाई काठमाडौको बस चढाउन रोडसम्म पुर्‍याउन आउने आमाले कसिलो गरि समातेको हात होस् वा पहिलो पटक राष्ट्रिय टोलिमा परेको खवर सुनाउँदा खुसिको आँसु सहित आशीर्वाद दिने बुवाको लर्खरिएको आवाज, यी दुबै क्षणले तिमिलाई सबैभन्दा ठूलो तागत जुटाईदियो सायद। र त हामिले आज "साम्बा" पाएका छौँ।

एक दशकभन्दा लामो तिम्रो फूटबलको औपचारिक यात्रामा नेपाल संगै भारतको विभिन्न क्लवहरु हुँदै ईजरायली महिला फूटबल क्लब (Hapoel Ra'anana) र यतिखेर फ्रेन्च महिला फूटबल क्लब ( En Avant Guingamp) बाट खेल्दै गर्दा युरोपियन लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपालिको किर्तिमान तिमिसंग छ भने दक्षिण एशियाको high goal scorer महिलाको किर्तिमान पनि तिमिसंगै छ।

अहिले चलिरहेको SAFF Women's championship को सेमि फाईनलमा भारतसंगको खेलमा तिमिले देखाएको कुसलताको चर्चा बिश्वब्यापी रुपमा भईरहेको छ। पांच पटकको उपाधी बिजेता भारत र छ पटकको फाईनल खेलिसकेको नेपाल दुबैलाई जित्नुपर्ने दवाव त थियो नै। नेपाललाई सँधै दबावमा राख्न चाहने भारतलाई चुनौती दिएर जित्नुपर्ने कठोर चुनौती नेपाल सामु थियो। तर खेलको बिचमा रेफ्रीबाट भएको त्रुटिहरुको भरपाई भने नेपालले ब्यहोर्नुपर्‍यो। करिब डेढ घन्टा बढी अवरुद्ध खेलमा तिमिले देखाएको Sport personship साँच्चिकै सम्मान योग्य छ। आफ्नो टिमको स्वाभिमानका लागि तिमिले आफ्नो खेल जिवनलाई नै दाउमा राखेर प्रतिबाद गर्‍यौ। बिपक्षी खेलाडिहरुले निरन्तर हाम्रो खेलाडिहरुलाई योजनाबद्ध ढंगले आक्रमण गर्दैथिए, provoke गरिरहेका थिए। उनिहरुको गल्तिलाई ignore गरिरहेकी भुटानी रेफ्री ओम चोकिले नेपालको बिपक्षमा निर्णयहरु गरिरहेकी थिईन्। यस्तो अवस्थामा रेफ्रीले संकेत गरेपछि भारतिय खेलाडिहरु आफ्नो कोर्ट्मा नपुग्दै शुरु गरेको खेलमा नेपालले गोल गरे पनि रेफ्रीले नै खारेज गरिदिईन्। बिपक्षी खेलाडिहरु तयारी अवस्थामा नहुँदा score गर्नु राम्रो sport personship होईन भन्ने कुरा तिमिलाई थाहा नहुने कुरै थिएन तर रेफ्रीको व्यवहार र बिपक्षिको हर्कतहरुले गर्दा मैदान बाहिर, स्क्रीनमा हेर्ने हामिलाई त रगत उम्लिरहेको थियो भने मैदानमा खेल्ने खेलाडिहरुलाई कस्तो भैराखेको थियो होला त्यो अनुमान मात्र गर्न सकिन्छ। त्यसपछी रोकिएको खेलमा आफ्नै खेल अधिकारिहरुले समेत बारम्बार सम्झाउँदा पनि तिमिले आफ्नो अडान कायम गरेकोमा मलाई भने गर्वानुभुती भयो। होला त्यो कुरा खेल नियम बिपरित हुनसक्छ तर आफ्नो Dignity का लागि एउटा समर्पित खेलाडिले बरु मैदान छोड्न परे पनि आफुले गलत सम्झौता गर्न नमान्नु गर्विलो क्षण हो भन्ने लाग्छ। सम्झौताका लागि पुरै टिम नै तयार नभएको देख्दा गर्वले मेरो आँसु खसेको क्षण सदैव यादगार रहनेछ।

अनि तिमिले गरेको पहिलो गोल! गोलपछिको celebration !
त्यो क्षण पुरै ३ करोड (सबैले उल्लेख गर्ने अंक) नेपालिको शीर उँचो हुने moment थियो। र तिमिले गरेको प्रदर्शन त्यसका लागि योग्य थियो। खेल नियम के कसो हो त्यो थाहा छैन तर बिपक्षिका लागि र समर्थकहरुका लागि त्यति गर्नु जरुरी थियो, त्यसमा तिमिलाई दिईएको पहेँलो कार्ड कतै त्यतै ओझेल पर्‍यो। तिम्रो ठाउँमा अर्को कोहि भए त्यो गोल हुन्थ्यो हुन्नथ्यो थाहा छैन तर त्यो गोल तिम्रै कारण सम्भव भयो भन्ने कुरामा स्पष्ट छु। त्यो त्यस्तो गोल बन्यो जसले भारतलाई ट्राईब्रेकरसम्म पुर्‍यायो र अञ्जना राना मगरले दुई भारतिय खेलाडिको पेनाल्टी नै रोकिदिएर नेपाली खेलाडिको अर्को स्तरको खेल कौशल देखाईदिईन्।

साम्बा र सम्पुर्ण साम्बाहरुलाई आउने पुस्ताको inspiration बनिरहेकोमा सुखद अनुभूति सहित थप उज्जवल खेल जिवनको शुभकामना।

खेलकुदका लागि राज्यको व्यवहार र दृष्टिकोणका बारे आज चुपै लागौँ। किनभने it's show time..

( साम्बा भनिए पनि सांकेतिक रुपमा नेपाली महिला फूटबल टोलिका सम्पुर्ण खेलाडिहरु भनी बुझिदिनु होला)
लेखक -दिलिप बान्तबा

06/09/2024

हरितालिका तीजको पावन अवसरमा नेपाली दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।।।

28/07/2024
BP राजमार्ग अन्तर्गत काभ्रे, रोशीको माम्तीमा आएको बाढिका कारण BP राजमार्ग अबरुद्ध। सवारी जाम भएको छ।
12/07/2024

BP राजमार्ग अन्तर्गत काभ्रे, रोशीको माम्तीमा आएको बाढिका कारण BP राजमार्ग अबरुद्ध। सवारी जाम भएको छ।

दु:खद खबर !नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत  सिमलतालमा बिहान करिव ३:३० बजे माथीबाट आएको लेदो/पहिरोले दुईवटा बस त्रिशुली...
12/07/2024

दु:खद खबर !
नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा बिहान करिव ३:३० बजे माथीबाट आएको लेदो/पहिरोले दुईवटा बस त्रिशुली नदीमा झारेको छ। बिरगंज - काठमाडौ चल्ने (एन्जल बस)मा २४ जना र काठमाडौ - गौर चल्ने (गणपति डिलक्स) मा ४१ जना सवार रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
उद्धार तथा खोजीका लागि प्रमुख जिल्ला अधिकारी चितवन सहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरील लगायत सुरक्षा निकायको गोताखोर टोली परिचालन गरिएको छ । यो विपदको समयमा सबैले सतर्कता अपनाऔं ।

11/07/2024

सामाजिक सुरक्षा भत्ता लिन तत्काल राष्ट्रिय परिचयपत्र नचाहिने

प्रदेश नंबर १ देखि ७ सम्म हर जो कोहीले थाहा पाउनै पर्ने ७  #प्रदेशवारे जानकारी ।🙏🙏
14/06/2024

प्रदेश नंबर १ देखि ७ सम्म हर जो कोहीले थाहा पाउनै पर्ने ७ #प्रदेशवारे जानकारी ।🙏🙏

२५६८ औं बुद्ध जयन्तीको अबसरमा देशभित्र र बाहिर रहनु भएका सबैमा हार्दिक शुभकामना !!
23/05/2024

२५६८ औं बुद्ध जयन्तीको अबसरमा देशभित्र र बाहिर रहनु भएका सबैमा हार्दिक शुभकामना !!

26/04/2024

आजबाट शुरू हुन गैरहेको १२ कक्षाको परिक्षामा सहभागी सम्पूर्ण परिक्षार्थीहरूमा उत्कृष्ट सफलताको सुभेच्छा।

28/03/2024

आज मिति २०८०चैत्र १५ गतेदेखि सुरु हुन गइरहेको SEE परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई
सफलताको शुभकामना व्यक्त गर्दछु। 🌹🌹

आज राष्ट्रले ढिलै भएपनि सहिद घोषणा गरेको छ । सरकारलाई धेरै धेरै धन्यवाद🙏वीर सहिद प्रति हार्दिक श्रद्धा सुमन ।
09/03/2024

आज राष्ट्रले ढिलै भएपनि सहिद घोषणा गरेको छ ।
सरकारलाई धेरै धेरै धन्यवाद🙏
वीर सहिद प्रति हार्दिक श्रद्धा सुमन ।

Address

Banepa
45210

Website

Alerts

Be the first to know and let us send you an email when क्षितिज स्मृति प्रतिष्ठान, नेपाल - Ksh*tij Memorial Foundation, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share