18/09/2026
आर्थिक सहयोगको लागि हार्दिक अपिल: हाम्रो भूतपूर्व विद्यार्थी बागलुङ जिल्ला, गल्कोट नगरपालिका-५ टेउवा निवासी ९ वर्षिय बालक राजेन्द्र कार्की(रेगन) विगत २ वर्षदेखि Bone Marrow (बोन म्यारो) सम्बन्धी गम्भीर रोगसँग जुधिरहनुभएको छ। 😢
यस कठिन परिस्थितिमा ९ वर्षिय सानो बालकको जीवन बचाउन हामी सम्पूर्ण देश-विदेशमा रहनुभएका आमा-बुबा, दाजुभाइ, दिदीबहिनी, आफन्तजन तथा सहयोगी मनहरूमा सक्दो आर्थिक सहयोगको लागि हार्दिक अपिल गर्दछौँ।
"एकले थुकी सुकी,सयले थुकी नदी"भनेझैँ तपाईं हाम्रो सानो सहयोगले राजेन्द्रले नयाँ जीवन पाउनेछन्।