Chitwan Samaj Nederland

Routebeschrijving Website Contact opnemen met de organisatie

Chitwan Samaj Nederland Chitwan Samaj Netherlands is a non profit charity organization. The organization will run by volunteers who are residing in Netherlands.

This community group is originally came from Chitwan Nepal and recently lives in the Netherlands.

विपत्तिमा परेका हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीका लागि चितवन समाज नेदरल्यान्ड्स बाट सानो सहयोग रकम रू. १४४१७९,०० अक्षरूप...
03/09/2026

विपत्तिमा परेका हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीका लागि चितवन समाज नेदरल्यान्ड्स बाट सानो सहयोग रकम रू. १४४१७९,०० अक्षरूपी एक लाख चवालीस हजार एक सय उनासी मात्र। आज प्रधानमन्त्री बाढीपिडीत राहत कोषमा पठाएकाछौं। !
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले धेरै नेपालीलाई घरबारविहीन बनाएको छ। यस्तो कठिन समयमा हामी सबैले एकजुट भएर सहयोगको हात फैलाउनु जरुरी छ। हामीले हाम्रो संस्थाको तर्फबाट सबै मिली एउटा सानो सहयोग प्रधानमन्त्री बाढीपिडीत राहत कोषमा पठाएकाछौं।
यो बिपतको घडीमा सबैसँगै मिलेर बाढीपीडितहरूको सेवा गरौँ, उहाँहरूलाई पुनः जीवन दिऊँ।
१, अनुशा चुडाल € १००,००
२, पूजा थापा € ६०,००
३, विवेक बास्तोला € ५०,००
४, आविष्कार ढकाल € १००,००
५, रक्षा अधिकारी € ५०,००
६, ऊत्तम कंडेल € ५०,००
७, केशव राज पाण्डेय € ५०,००
८, बिष्णु प्रसाद बास्तोला € ५०,००
९, प्रतिमा अधिकारी रिजाल € १००,००
१०, शम्भुप्रसाद सुवेदी € ५०,००
११, बेदराम कंडेल € ५०,००
१२, निलेश पौडेल € २०,००
१३, कृष्ण राज अधिकारी € १०७,३९
--------‐----
जम्मा €८३७,३९

सम्पूर्ण सहयोगीहातहरूलाई संस्थाको तर्फबाट हार्दिक धन्यवाद।

29/08/2026
27/08/2026

हिजो अचानक तिब्बतबाट आएको हिमपहिरोका कारण रसुवागढीको भोटेकोशी क्षेत्र तथा नुवाकोटको त्रिशुली बजार र धादिङ जिल्लाका बिभिन्न ठाऊँमा अचानक आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको खबरले हामी अत्यन्त मर्माहीत भएका छौँ। यस विपदमा परी धेरै मानिसहरू हताहत तथा बेपत्ता भएको घटनाप्रति चितवन समाज नेदरल्यान्ड्स गहिरो दुःख व्यक्त गर्दछ।

यस दुःखद घडीमा ज्यान गुमाउनुहुने सम्पूर्ण प्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, बेपत्ता तथा विपदमा परेकाहरूको यथाशीघ्र खोज, उद्धार र राहतका लागि सम्बन्धित निकायहरूलाई प्रभावकारी रूपमा परिचालन हुन हार्दिक अपिल गर्दछौँ।

11/08/2026

सम्पूर्ण साधारणसदस्यहरूमा
नमस्कार।

चितवन समाज, नेदरल्याण्ड्सद्वारा १० अगस्त २०२६ मा आयोजित प्रथम अधिवेशन तथा BBQ कार्यक्रममा, छोटो समयभित्र गरीएको हाम्रो निमन्त्रणालाई स्विकार गरी पाल्नुहुने सम्पूर्ण आत्मिय मनहरूमा समाज र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु।साथै कार्यक्रम भव्य, सभ्य तथा सद्भावपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्णमा खुशी व्यक्त गर्दछु।
यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरू क्रमस: ल्यापटप प्रदान गर्नुहुने शशी पौड्याल दाई, तथा वारविक्यू तैयारी र अन्य कामकाजमा सहयोग पुराउन हुने बिष्णु बास्तोला, डम्बर चुडाल, कुश बजगाईं, राजेन्द्र गर्तौला, बिक्रम खड्का र राजीव पोखरेल एवं सौजन्य रूपमा स्वादिलो चटपट सहयोग गर्नुहुने सीता चुडाल , अनुशा र बिक्रम थापा कार्यक्रमका लागी जिराआलुको परिकार वनाई सहयोग गर्नुहुने वन्दना पौडेल र चटनी बनाउन सहयोग गर्ने बहिनी हिमानी बासतोला लगायत सबैलाई बिशेष धन्यवाद ज्ञापन गर्दछु।
यस प्रथम अधिवेशनबाट सर्वसम्मत अध्यक्षको कार्यभार सुम्पिनु भएकोमा संस्थाका सम्पूर्ण साधारण सदस्यलाई धन्यवाद व्यक्त गर्दछु र नव निर्वाचित कार्यसमितिका सम्पूर्ण साथीहरूलाई बधाई दिन चाहन्छु। साथै निवर्तमान कार्यसमीतीका साथीहरूलाई सफलतापूर्वक कार्यकाल समापन गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दछु।
सर्वसम्मत चयन भएको कार्यसमिति यसप्रकारको छ।
अध्यक्ष- कृष्ण राज अधिकारी
ऊपाध्यक्ष- अर्चना पाण्डे निरौला
महासचिव- उत्तम कंडेल
कोषाध्यक्ष- बसन्त पौडेल
सचिव- बिक्रम खड्का
सहकोषाध्यक्ष- नेत्र राना
सदस्यहरू १- शम्भुप्रसाद सुवेदी
२- बिष्णु बास्तोला
३- ईन्द्र कंडेल
४- बिक्रम थापा
५- निरन श्रेष्ठ
६- राजीव पोखरेल
र १ जना पछी समितिको निर्णय अनुसार मनोनीत हुने।

अन्त्यमा पुन साधारणसदस्यहरू सहित अधिवेशनमा पाल्नुहुने अन्य आमन्त्रित अतिथिहरूलाई धन्यवाद ज्ञापन व्यक्त गर्दछु।
धन्यवाद।

Adres

Den
The Hague

Meldingen

Wees de eerste die het weet en laat ons u een e-mail sturen wanneer Chitwan Samaj Nederland nieuws en promoties plaatst. Uw e-mailadres wordt niet voor andere doeleinden gebruikt en u kunt zich op elk gewenst moment afmelden.

Contact Opnemen Met De Organisatie

Stuur een bericht naar Chitwan Samaj Nederland:

Snelkoppelingen

Delen