29/09/2026
भाद्र १० गते भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा साथ दिन भुटानी समाज नेदरल्याण्ड्स (BCN) ले २,४२८ अमेरिकी डलर (रु. ३,७१,७२८.८०) सहयोगस्वरूप २१ सेप्टेम्बर २०२६ मा नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ।
उक्त सहयोग रकम जम्मा गरिएको आधिकारिक प्रमाण नेपाल सरकारसमक्ष पुर्याउने उद्देश्यले भुटानी समाज नेदरल्याण्ड्स (BCN) का अध्यक्ष श्री गोपाल गुरुङज्यूले आज गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् नेदरल्यान्ड्सका अध्यक्ष श्री विष्णु पोखरेलज्यूलाई हस्तान्तरण गर्नुभएको छ।
वर्षौंअघि नेपालले भुटानी समुदायलाई दिएको आश्रय, सुरक्षा र मानवीय सहयोगप्रतिको कृतज्ञता स्मरण गर्दै, आज नेपाल प्राकृतिक विपत्तिको पीडामा रहेको अवस्थामा आफ्नो तर्फबाट मानवीय सहयोग प्रदान गरिएको भुटानी समाज नेदरल्याण्ड्सले जनाएको छ।
यसै अवसरमा, नेपालका विभिन्न शिविरमा अझै रहेका भुटानी शरणार्थीहरूको दीर्घकालीन र सम्मानजनक समाधानका लागि तेस्रो मुलुकमा पुनर्स्थापना अथवा आफ्नो जन्मभूमि फर्किन चाहनेहरूका लागि सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक पहल गरिदिन NRNA नेदरल्यान्ड्समार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइदिन अध्यक्ष श्री गोपाल गुरुङज्यूले आग्रह गर्नुभएको छ।
मानवीयता, सहकार्य र पारस्परिक सम्मानको यो भावनात्मक सम्बन्धले नेपाली तथा भुटानी समुदायबीचको आत्मीयता अझ बलियो बनाउने विश्वास लिएका छौँ।
संकटको समयमा साथ दिनुभएकोमा भुटानी समाज नेदरल्याण्ड्स (BCN) प्रति गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् नेदरल्यान्ड्स हार्दिक आभार तथा सम्मान व्यक्त गर्दछ। 🙏
🇳🇵 मानव सेवा नै सबैभन्दा ठूलो धर्म। 🇳🇵
गैरआवासीय नेपाली संघ (NRNA)
राष्ट्रिय समन्वय परिषद्, नेदरल्यान्ड्स