03/06/2026
सम्बन्धित सम्पूर्ण मा नेपाली राज दूतावास मलेसिया बात सूचना प्रकाशित भैसकेको जानकारी गराइन्छ !
पेनाङमा सञ्चालन हुने घुम्ती सेवा सम्बन्धी सूचना
नेपाली राजदूतावास, क्वालालम्पुरले मलेसियाको पेनाङ क्षेत्रमा बसोबास गर्ने नेपाली श्रमिक तथा सेवाग्राहीहरूलाई लक्षित गरी आगामी २०८३ जेष्ठ २३ र २४ गते (06–07 जुन २०२६ शनिबार आइतबार) घुम्ती सेवा सञ्चालन गर्ने भएको छ। उक्त सेवामार्फत राहदानी नवीकरण, राहदानी वितरण तथा अन्य कन्सुलर सेवाहरू प्रदान गरिनेछन्।
सेवाको विवरण
१. राहदानी नवीकरण (पुरानो राहदानी साथमा भएको अवस्थामा) आवश्यक कागजात:
सक्कल राहदानी
सक्कल नागरिकता वा स्पष्ट प्रतिलिपि
अनलाइन राहदानी आवेदन फाराम
शुल्क:
३४ पृष्ठको राहदानी: RM 240
६६ पृष्ठको राहदानी: RM 480
२. हराएको, नासिएको, च्यातिएको वा क्षतिग्रस्त राहदानी नवीकरण आवश्यक कागजात:
राहदानीको विवरण वा प्रतिलिपि
सक्कल नागरिकता वा स्पष्ट प्रतिलिपि
अनलाइन आवेदन फाराम
शुल्क:
RM 360
३. राहदानी संकलन आवश्यक कागजात:
पुरानो सक्कल राहदानी
राजस्व तिरेको रसिद
सम्बन्धित गुगल फाराममा नाम दर्ता गरेको प्रमाण
४. श्रमसम्बन्धी गुनासो तथा समस्या आवश्यक कागजात:
निवेदन
राहदानीको प्रतिलिपि
५. अन्य कन्सुलर सेवा
आवश्यक कागजात र शुल्क सेवा अनुसार फरक पर्नेछ।
महत्वपूर्ण सूचना
राहदानीको म्याद १८ महिना वा सोभन्दा कम बाँकी रहेका व्यक्तिहरूको मात्र नवीकरण गरिनेछ।
राहदानी नवीकरण गर्न चाहने सेवाग्राहीले अनिवार्य रूपमा अनलाइन आवेदन फाराम भरेर विवरण दर्ता गर्नुपर्नेछ।
राहदानी संकलन गर्न चाहने सेवाग्राहीले सम्बन्धित गुगल फाराममा मात्र आफ्नो विवरण दर्ता गर्नुपर्नेछ।
स्थान
Sunshine Square, Level 4 Banquet Hall
Lot 27, Jalan Mayang Pasir
Bandar Bayan Baru 11950
Bayan Lepas, Pulau Pinang
समय
जेष्ठ २३ गते: बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म
जेष्ठ २४ गते: बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म
सम्पर्क
मोबाइल: +60 12-547 4332
0164008595
सेवाग्राहीहरूलाई आवश्यक कागजातसहित समयमै उपस्थित हुन अनुरोध गरिन्छ।