नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया

  • Home
  • South Korea
  • Seoul
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया

नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया This page is the authorized page of the Nepali Janasamparka Samiti, South Korea.

23/02/2026

सुनौ मनन गरम

नेपाली कांग्रेसको  “नेपाली डायस्पोरा र वैदेशिक रोजगारी” सम्बन्धी प्रतिज्ञा।।।।। नेपाली कांग्रेसले विदेशी भूमिमा रहेका सम...
23/02/2026

नेपाली कांग्रेसको “नेपाली डायस्पोरा र वैदेशिक रोजगारी” सम्बन्धी प्रतिज्ञा।।।।।

नेपाली कांग्रेसले विदेशी भूमिमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई राष्ट्र निर्माणका सम्मानित साझेदारका रूपमा हेर्ने स्पष्ट प्रतिबद्धता सार्वजनिक गरेको छ।

डायस्पोराको नागरिकता, सम्पत्ति र मतदान अधिकार सुनिश्चित गर्दै उनीहरूको ज्ञान, सीप र लगानीलाई नेपालको विकासमा जोड्ने संकल्प गरिएको छ। दोहोरो कर अन्त्य, लगानीमैत्री वातावरण, सरकार–डायस्पोरा विकास कोष र दोस्रो पुस्तासँग मातृभूमिको सम्बन्ध सुदृढ गर्ने योजना अघि सारिएको छ।

त्यस्तै, वैदेशिक रोजगारीलाई बाध्यता होइन, सुरक्षित र स्वैच्छिक विकल्प बनाउने, श्रमिक शोषण र ठगी अन्त्य गर्ने, स्वास्थ्य, बीमा र कानुनी सुरक्षा मजबुत बनाउने तथा विदेशबाट फर्किएका युवालाई सहुलियत ऋण, स्टार्टअप फण्ड र उद्यमशीलता मार्फत स्वदेशमै अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

अब समय आएको छ, विदेशको अनुभव र सीपलाई नेपालको समृद्धिमा रूपान्तरण गर्ने।
विस्तृत जानकारीको लागि नेपाली कांग्रेसको प्रतिज्ञा प्रतिनिधि सभा २०८२!! पढ्नु होला

आदरणीय कोरियावासी नेपाली काङ्ग्रेस र लोकतन्त्रमा आस्थावान जनसम्पर्क समितिमा आस्थावान साथीहरु सबैलाई जय नेपाल!नेपाली काङ्...
13/12/2025

आदरणीय कोरियावासी नेपाली काङ्ग्रेस र लोकतन्त्रमा आस्थावान जनसम्पर्क समितिमा आस्थावान साथीहरु सबैलाई जय नेपाल!
नेपाली काङ्ग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको सातौं केन्द्रीय महाधिवेशन यहि मिति २०२६/०१/०४तारिक आईतबारका दिन सिओलमा हुँदैछ। त्यस्का लागि नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको साधारण सदस्यता र क्रियाशील धमाधम वितरण भइरहेको यहाँहरु सबैलाई जानकारि छदैँछ। हाम्रा आठवटा क्षेत्रहरूको क्षेत्रीय अधिवेशन यहि महिनाको२८तारिकमा हुँदैछ। त्यसको लागि हामीले केन्द्रीय प्रतिनीधिलाई प्रत्येक क्षेत्रको जिम्मेवारी तोकिसकेका छौं। केन्द्रीय प्रतिनीधि र क्षेत्रीय कार्यसमितिको सहकार्यमा अधिवेशनको स्थान प्रत्येक क्षेत्रमा तोकिने यहाँहरुलाई जानकारी गर्दाउदछौं।
क्षेत्रमा, केन्द्रमा यहाँहरूको प्रतिनिधित्व हुनको लागि नेपाली कांग्रेसको साधारण र क्रियाशील सदस्यता अनिवार्य रहेकाे छ र क्रियाशील सदस्यता पुरानो नविकरण र नयाँ बन्नको लागि हामीले प्रत्येक क्षेत्रमा कागजी फाराम र सजिलोको लागि गुगल अनलाइन फाराम उपलब्ध गराएका छौं। (यहाँ link मा click गरेर भर्न फाराम सक्नु हुने छ )
https://docs.google.com/.../1FAIpQLSfznHnS2la.../viewform...
तसर्थ भोलि साँझ सम्ममा सम्पूर्ण हाम्रो संगठनलाई आस्थावान साथीहरुले आफ्नो क्रियाशील सदस्यता लिनु भई आफुलाई आबद्धता गराउनु हुन नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया यो फेसबुक पेजमार्फत हार्दिक अपिल, आग्रह सहित आह्वान गर्दछ। जयनेपाल !
थप जानकारीको लागि:
भजिन्द्र क्षेत्री 010-3140-4055
जितेन्द्र महता 010-5870-4055
रामप्रसाद उप्रेती 010-5943-1196
मित्रबन्धु काफ्ले 010-6551-5517
जीत कुँवर 010-2063-1802

19/09/2024

नेपाली जनताको सात दशक लामो त्याग, संघर्ष र बलिदानबाट प्राप्त भएको नेपालको संबिधान २०७२असोज ३गते जारि भएको थियो। नवौं संबिधान दिवसको अवसरमा संविधान निर्माणका खातिर ज्यान आहुती गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति उच्च सम्मानका साथ भाबपूर्ण श्रद्धासुमन अर्पण गर्दै नेपालको संबिधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण राजनीतिक दलहरू लगायत स्वदेश तथा बिदेशमा रहनुहुने सबै बुबा आमा दाजुभाई तथा दिदीबहिनीहरुमा नवौं संविधान दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
जय नेपाल!

नेपाली कांग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली भाषा साहित्यका मुर्धन्य ब्यक्तित्व म...
09/09/2024

नेपाली कांग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली भाषा साहित्यका मुर्धन्य ब्यक्तित्व महामानव विश्वेश्वरप्रसाद कोइरालाको आज ११०औं जन्मजयन्तीको अवसरमा हार्दिक श्रद्धाञ्जली!
जय नेपाल!

यसै भाद्र २८ गते नेपाल इन्जिनियर्स एसोसियसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा नेपालि कांग्रेसको शुभेच्छुक...
07/09/2024

यसै भाद्र २८ गते नेपाल इन्जिनियर्स एसोसियसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा नेपालि कांग्रेसको शुभेच्छुक संस्था CDEN (लोकतान्त्रिक समूह) चार स” को संकल्प सहित चुनावी मैदानमा उत्रिएको छ ।

चार “स”
सवलीकरण - NEA को *सवलीकरण*
सहयोग - इन्जिनियरहरुको क्षमता अभिवृद्धी तथा पेशागत *सहयोग*
सहकार्य- एकता, *सहकार्य* तथा गुणस्तर सहितको सामाजिक आदर्श निर्माण
संरक्षण - हकहितको *संरक्षण* तथा पैरवी

CDEN का तर्फबाट उमेदवारी दिनुभएका केन्द्रिय कार्यकारीणि समिति तथा ७ वटै प्रदेशका प्रादेशिक समितिहरुलाई जितका निम्ति जनसम्पर्क समिति, दक्षिण कोरियाको तर्फवाट हार्दिक शुभकामना व्क्त गर्दछौ ।

Address

Seoul

Alerts

Be the first to know and let us send you an email when नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया:

Share