14/09/2026
“भाद्र १० को भोटेकोशी बाढीको असर र पुनर्निर्माणको आगामी बाटो” विषयक अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न
नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाद्वारा आयोजित “भाद्र १० को भोटेकोशी बाढीको असर र पुनर्निर्माणको आगामी बाटो” विषयक अन्तरक्रिया कार्यक्रम १३ सेप्टेम्बर २०२६ का दिन सिओलमा भव्य, सभ्य तथा उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलज्यूको प्रमुख आतिथ्यता एवं प्रमुख वक्तव्यमा तथा नेपाली राजदूतावास, दक्षिण कोरियाका कार्यवाहक राजदूत श्री निर्मल प्रसाद भट्टराईज्यूको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, प्रभावित समुदायको वर्तमान अवस्था, उद्धार तथा राहतका प्रयास, पुनर्स्थापनाका चुनौती र दिगो एवं विपद् उत्थानशील पुनर्निर्माणको आगामी मार्गचित्रका विषयमा गहन तथा महत्त्वपूर्ण छलफल भएको थियो।
प्रमुख अतिथि एवं प्रमुख वक्ताका रूपमा आफ्नो अमूल्य ज्ञान, अनुभव र मार्गदर्शन प्रदान गरी कार्यक्रमलाई सार्थक र उपलब्धिमूलक बनाइदिनुभएकोमा प्रा. डा. गोविन्दराज पोखरेलज्यूप्रति हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौँ।
विशिष्ट अतिथिका रूपमा गरिमामय उपस्थिति जनाई महत्त्वपूर्ण शुभकामना मन्तव्य प्रदान गर्नुभएकोमा नेपाली राजदूतावास, दक्षिण कोरियाका कार्यवाहक राजदूत श्री निर्मल प्रसाद भट्टराईज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
त्यसैगरी, कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमको शोभा अभिवृद्धि गरिदिनुभएकोमा गण्डकी प्रदेश, स्याङ्जा जिल्ला, चापाकोट नगरपालिकाकी नगर उपप्रमुख माननीय श्री ईशा राना मगरज्यूप्रति हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गर्दछौँ।
कार्यक्रममा उपस्थित नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाका पूर्व सभापतिज्यूहरू, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिज्यूहरू, विभिन्न विश्वविद्यालयका प्राध्यापकज्यूहरू, संस्थाका सल्लाहकारज्यूहरू, निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरू, राजनीतिक दलका प्रतिनिधिज्यूहरू, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार, सञ्चारकर्मी, नेपाली समुदायका अगुवा एवं सम्पूर्ण महानुभावहरूप्रति हार्दिक सम्मान तथा धन्यवाद ज्ञापन गर्दछौँ।
साथै, कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने आयोजक समितिका पदाधिकारी एवं सदस्यहरू, स्वयंसेवकहरू, प्राविधिक टोली, सञ्चारमाध्यम तथा सम्पूर्ण सहयोगी महानुभावहरूप्रति विशेष आभार व्यक्त गर्दछौँ।
यहाँहरूको गरिमामय उपस्थिति, सक्रिय सहभागिता, अमूल्य सुझाव र सहयोगले कार्यक्रमलाई सफल बनाउनुका साथै भोटेकोशी बाढीपछिको पुनर्निर्माणसम्बन्धी साझा जिम्मेवारी र आगामी कार्यदिशाबारे अर्थपूर्ण संवादको आधार तयार गरेको छ।
आगामी दिनहरूमा पनि यहाँहरूको निरन्तर साथ, सहयोग र सद्भाव प्राप्त भइरहने विश्वास लिएका छौँ।
सम्पूर्णमा हार्दिक धन्यवाद!
जय नेपाल!
नेपाली जनसम्पर्क समिति, दक्षिण कोरिया