काभ्रे सम्पर्क समिति, दक्षिण कोरिया (KCC,KOREA)

  • Home
  • South Korea
  • Seoul
  • काभ्रे सम्पर्क समिति, दक्षिण कोरिया (KCC,KOREA)

काभ्रे सम्पर्क समिति, दक्षिण कोरिया (KCC,KOREA) Kavre consulting korea

राजधानी काठमाडौं देखी नजिकै रहेको काभ्रेपलान्चोक जिल्लाबाट रोजगारी, ब्यापार ब्यवसाय,अध्ययन तथा अन्य विभिन्न सिलसिलामा दक्षिण कोरियामा आई बसोवास गरिरहनुभएका सम्पूर्ण काभ्रेवासी दाजुभाई दिदीबहिनीहरूको सुखदुःखमा साथ दिने साझा चौतारीको रूपमा सबैलाई एकताबद्ध गराउने,प्रवास बसाइको समयमा अइपर्ने बिभिन्न किसिमका दु:ख-सुख मा हतेमालो गर्दै अगाडि बढने,प्रवासमा आर्जन गरेको आम्दानिको केही अंश जिल्लामा रहेका अना

थ,असहाय,गरिब तथा पिछडिएका समुदायको शैक्षिक,आर्थिक र सामाजिक विकासमा सहयोग पुर्याउने उद्देश्य बोकेर "काभ्रे सम्पर्क समिति दक्षिण कोरिया(KCC,KOREA)को स्थापना गरीएको हो ।

13/04/2024

नव बर्ष २०८१ सालको पावन अवसरमा देश तथा बिदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा,दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,शान्ति,समृद्धि,सुस्वास्थ्य,दिर्घायु एवं उत्तरोत्तर प्रगतीको कामना गर्दै हार्दिक मङलमय शुभकामना ब्यक्त गर्दछौ।
काभ्रे सम्पर्क समिती द.कोरिया परिवार

‼️हार्दिक निमन्त्रणा‼️काभ्रे सम्पर्क समिति द.कोरियाले कोरियाको महान चाड छुसकको बिदाको अवसर पारेर छुसकको पहिलो दिन सेप्टे...
09/09/2023

‼️हार्दिक निमन्त्रणा‼️
काभ्रे सम्पर्क समिति द.कोरियाले कोरियाको महान चाड छुसकको बिदाको अवसर पारेर छुसकको पहिलो दिन सेप्टेम्बर २८ तारिखमा सातौॅ अधिबेशन गर्ने भएको छ।

कोरियामा स्थापना काल देखि नै कोरियाबासी काभ्रेली दाजुभाई तथा दिदीबहीनीहरूको हरेक सुखदुखमा हातेमालो गर्दै आएको यस संस्थाले कोरियामा मात्र नभई नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिबिधि गर्दै आईरहेको छ। संस्थाले कोरियामा औधोगिक दुर्घटना,गम्भीर रोगको बिरामी,शारीरिक तथा मानसिक रूपमा समेत जटिल समस्यामा परेका काभ्रेलीहरूको लागि आर्थिक सहयोग जुटाईदिने देखि धेरैको जीवन बचाईदिने परोपकारी कामहरू गर्दै आईरहेको छ।साथै कोरियामा अन्य संघसंस्थाहरुसंग समेत समन्वय गर्दै बिभिन्न सामाजिक कार्य तथा आपतकालीन अवस्थामा सरसहयोग आदानप्रदान गर्दै आईरहेको छ।

जन्मस्थल काभ्रेपलान्चोक जिल्ला भई हाल कोरियामा बसोबास गरिरहेका काभ्रेलीहरूको साझा यस संस्था काभ्रे सम्पर्क समिति, दक्षिण कोरिया (KCC,KOREA) कोरियाको आसन्न सातौॅ अधिवेशन छुसकको बिदाको पहिलो दिन 2023 सेप्टेम्बर 28 तारिखका दिन हुन गईरहेको जानकारी अवगत गराॅउदै “ कोरियामा विभिन्न पेशामा आबद्ध सम्पुर्ण कोरियावासी काभ्रेली दाजुभाइ तथा दिदिबहिनीहरु, सल्लाहकार,शुभेच्छुक,ब्यबसायी,पत्रकार,कलाकार,बिध्यार्थी,खेलप्रेमी खेलाडीबर्ग लगायत समस्त महानुभावहरूमा तपशिल बमोजिमको मिति,समय र स्थानमा यहाँको गरिमामय उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्दछौं।
NEWS LINK https://www.fonijkorea.net/news/32358
http://www.hellonepalkorea.com/%e0%a4%95%e0%a4%be%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a5%87-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%95-%e0%a4%b8%e0%a4%ae%e0%a4%bf%e0%a4%a4%e0%a4%bf-%e0%a4%a6%e0%a4%95%e0%a5%8d-2/

कार्यक्रमः
मितिः2023 सेप्टेम्बर 28(छुसकको पहिलो दिन)
स्थानः यति रेस्टुरेन्ट एण्ड बार(सउल)
ठेगानाः 서울 마포구 와우산로18길 20 홍대예티 1층
상수역 2 नम्बर गेटबाट 2 मिनेट अगाडी।
MAP LINK https://naver.me/xvdD7iml
थप जानकारीको लागिः
सम्पर्क न:अध्यक्ष, प्रकाश योन्जन 010-5939-9308
ब.उपाध्यक्ष, मनोज मगर 010-9679-5224
प्रमुख सल्लाहकार,सानु लामा 010-5964-1729

Congratulations काभ्रे पनौतीका सरद् हुमागाॅई नेपालको चर्चित गायन रियालिटी सो “Mero Voice Universe” को फाईनलमा पर्न सफल भ...
11/08/2023

Congratulations
काभ्रे पनौतीका सरद् हुमागाॅई नेपालको चर्चित गायन रियालिटी सो “Mero Voice Universe” को फाईनलमा पर्न सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौॅ।
“Mero Voice Universe” को ताज दिलाउन देश/बिदेशबाट अत्याधिक भोटको लागि हार्दिक अपील गर्दछौॅ।
भोट गर्नको लागी प्ले स्टोरबाट " My Intra" app डाउनलोड गरेर वा सिधै https://merovoice.myintraapp.com/ लिङ्कबाट भोट गर्न सकिन्छ।
धन्यवाद।
जय गीत! जय सगींत!!
काभ्रे सम्पर्क समिति, दक्षिण कोरिया (KCC,KOREA)

बिषय: बिध्यार्थी निरुता महतको सहयोगार्थ सञ्चालित अभियानको सम्पुर्ण हरहिसाब सम्बन्धमा । प्रस्तुत बिषयमा काभ्रेपलान्चोक जि...
07/07/2023

बिषय: बिध्यार्थी निरुता महतको सहयोगार्थ सञ्चालित अभियानको सम्पुर्ण हरहिसाब सम्बन्धमा ।

प्रस्तुत बिषयमा काभ्रेपलान्चोक जिल्ला पनौती घर भइ उच्च शिक्षाका लागि कोरिया आएकि नेपाली बिधयार्थी निरुता महत अचानक एक गम्भीर रोगले थला परेको र उनको उपचारार्थ सहयोग संकलन अभियान चलाईएको ब्याहोरा सर्वविदितै छ । यस अभियानमा हामी नेपाली विध्यार्थी समाज (SONSIK), काभ्रे सम्पर्क समिति (KCC KOREA), मोक्फो साम्हो साझा चौतारी नेपाल द. कोरिया (MSSCN S.KOREA) र नेपाल सामुदायिक समिति, ख्वाङजुले छुट्टाछुट्टै अगुवाई लिएर सहयोग संकलन अभियान संचालन गरेका थियौ। हामी यहाँहरुको अमूल्य सहयोग पिडित सम्म पुर्याउने पुल मात्रै बनेका थियौ । विभिन्न माध्यम मार्फत यस अभियानमा यहाँहरुको उत्साहजनक साथ र सहयोगको लागि समस्त कोरियावासी नेपाली मनहरूप्रति हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछौं ।

सुरुवातमा बिरामीको उपचारका लागि अस्पतालले दिएको जानकारी अनुसार करिब १ करोड ५० लाख कोरियन वन (झण्डै १५ लाख नेपाली रुपैया) को हाराहारीमा खर्च लाग्ने जानकारी आएको र त्यति रकमको जोहो गर्न अत्यन्तै चुनौती देखिएकाले हामीहरु तिब्र रुपमा अभियानमा होमिएका थियौं । तर उपचारको क्रममा बिरामीको रोग पहिचान पश्चात उक्त रोगको उपचारमा कोरियाली स्वास्थ्य बिमाले ब्यहोर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै गरिएका बिभिन्न पहल सम्भव भए बमोजिम स्वास्थ्य बिमाले पनि केही कभर गर्ने भए पछि अपेक्षा गरे भन्दा थोरै रकममा उपचार सम्भव हुने देखियो, जुन अत्यन्तै खुसीको कुरा थियो ।

यता हामिले चलाएको सहयोग अभियानमा यहाँहरुको उत्साहजनक सहभागीताका कारण अपेक्षा गरे भन्दा धेरै सहयोग रकम प्राप्त भयो । यहाँहरु सम्पूर्णमा हामी फेरि पनि धेरै-धेरै धन्यवाद दिन चाहन्छौं ।

यस अभियानमा संकलन भएको सहयोग रकम र खर्च विवरण देहाय बमोजिम रहेको जानकारी गराउन चाहन्छौं ।

१. संकलित जम्मा सहयोग रकम:(A)
- काभ्रे सम्पर्क समिति (KCC): 4,672,842 वन
- नेपाली विध्यार्थी समाज सोनसिक (SONSIK): 5,844,783 +(सोन्सिक कोष 57,757) वन
-मोक्फो साम्हो साझा चौतारी नेपाल द. कोरिया (MSSCN S.KOREA) : 2,825,213 वन
- नेपाल सामुदायिक समिति, ख्वाङजु: 500,000 वन
-->> जम्मा सहयोग रकम: 13,900,595 वन

२. खर्च बिवरण(B):
- अस्पतालले दिएको जम्मा बिल 29,345,746 वन (छुट अघि)
- अस्पतालमा बुझाईएको उपचार खर्च: 4,410,540 वन (छुट पछि)
* छुट: स्वास्थ्य बिमा + विध्यार्थीका लागि अस्पतालबाट प्राप्त सहुलियत
- बिरामीको स्याहार खर्च (Care Taker): 1950,000 वन (२० दिन)
- मेडिकल डकुमेन्ट: 42,000 वन
-नेपाल जान टिकट खर्च :660,000 वन
-->> जम्मा खर्च रकम: 7,062,540 वन
बाँकी रकम = A - B = 6,838,055 वन

यस अर्थमा काभ्रे सम्पर्क समिति (KCC KOREA),नेपाली विध्यार्थी समाज सोनसिक (SONSIK) मोक्फो साम्हो साझा चौतारी नेपाल द. कोरिया (MSSCN S.KOREA) र नेपाल सामुदायिक समिति, ख्वाङजुको अगुवाईमा उठाईएको जम्मा सहयोग रकम 13,900,595 वन मध्ये हाल सम्ममा 7,062,540 वन खर्च भई सकेको र
6,838,055 वन बाँकी हुन आएकोमा उक्त रकम पछि यस्तै फेरि पनि कोरियामा रही उपचारमा आर्थिक अभावको सामना गरिरहेका कुनै यस्तै नेपालीहरुका लागि सहयोगी बनोस् भन्ने उदेश्यका साथ “संयुक्त हेल्प फण्ड" स्थापना गर्ने गरि योजना बनाईएका थियौं । तर बिरामी निरुता अस्पताल भर्ना हुनु पूर्व नै बिभिन्न प्रक्रियाका लागि तिर्नु पर्ने ऋण बाकि भएको, जटिल रोगका कारण डिस्चार्ज भईसके पछि पनि कम्तिमा पनि दुई बर्ष सम्म अनिवार्य फलोअप चेकअप गर्नुपर्ने भएको र फेरि पनि आर्थिक अभाव हुने देखिएकाले बाँकी रहन आएको सम्पूर्ण सहयोग रकम निज बिरामीलाई नै हस्तान्तरण गरिएको जानकारी गराँऊदछौं ।अभियानको बाँकी रकम मध्ये काभ्रे सम्पर्क समितिको खाता रहेको रकम बिरामीको खातामा ट्रान्सफर गरिदिएको छ भने
मोक्पो साम्होबाट बिरामीलाई नै प्रत्यक्ष भेटेर नगद हस्तान्तरण गरिएको छ।

विशेषत: यस निरुता महत सहयोग अभियानमा अग्रमोर्चामा नेतृत्व गर्ने नेपाली बिध्यार्थी समाज(SONSIK) परिवार र यसका अध्यक्ष मनिष पाण्डे तथा मोक्पो साम्हो साझा चौतारी परिवार र यसका अध्यक्ष वसन्त बाबू बस्नेतप्रति हार्दिक आभार प्रकट गर्दछौं ।

उपचारको क्रममा मेडिकल परामर्श मार्फत अत्यन्त महत्वपूर्ण योगदान पुर्याउनु हुने आदरणीय डा. Rajesh Chandra Joshi सर प्रति बिशेष आभार ब्यक्त गर्दछौं । साथै बिभिन्न तवरले सहयोग गर्नुहुने KCC KOREA का सल्लाहकार ज्यूहरु, सिनीयर अग्रज तथा अनुज लगायत सम्पूर्ण शुभचिन्तक,सहयोगी दाता ज्यूहरु प्रति पनि हामी हृदय देखि नै आभारी छौं ।

अन्त्यमा बिभिन्न माध्यमबाट यस अभियानमा जोडिनु हुने सम्पूर्ण कोरियावासी नेपाली सहयोगी मनहरु प्रति पुन: हार्दिक धन्यवाद ज्ञापन गर्दै विद्यार्थी निरुता महतको सिघ्र स्वास्थ लाभको कामना सहित उनको उच्च शैक्षिक सफलताको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।

- काभ्रे सम्पर्क समिति, दक्षिण कोरिया (KCC,KOREA)
- नेपाली विद्यार्थी समाज, सोनसिक (SONSIK)
- मोक्पो साम्हो साझा चौतारी(MSSCN S.KOREA)
-नेपाल समुदायिक समिति ग्वाङ्जु (NCC)

धन्यवाद ।

 #हार्दिक_आभार_तथा_धन्यवाद।🙏उच्च शिक्षा अध्ययनको लागी कोरिया आएको 4 महिनामै Autoimmune encephalitis (G04.8)नामक घातक रोग...
01/07/2023

#हार्दिक_आभार_तथा_धन्यवाद।🙏
उच्च शिक्षा अध्ययनको लागी कोरिया आएको 4 महिनामै Autoimmune encephalitis (G04.8)नामक घातक रोगको सिकार भएकी काभ्रे जिल्ला पनौती चौकोट-5 की निरूता महतलाई काभ्रे सम्पर्क समिति द.कोरिया(KCC KOREA) को अगुवाईमा उनको उपचारार्थ चलाईएको सहयोग अभियानमा उत्साहजनक साथ र सहयोगको लागी समस्त कोरियावासी नेपाली मनहरूप्रति हार्दिक आभार एंव कृतज्ञता प्रकट गर्दछौॅ।

यहाॅहरूकै साथका कारण हप्ता दिन पनि नभईकन 4 दिनमै अभियान बन्द गरिएको सुचना यस अघि नै यस संस्थाको आधिकारीक फेसबुकबाट अवगत गराईएको जानकारी गराॅउदछौॅ।

हालसम्म 139 जना सहयोगी दाता(ब्यक्ति/संस्था)हरूबाट 4,441,842 वोन जम्मा भएको सम्पुर्णमा जानकारी गराॅउदछौॅ॥

सम्भवतः आजै निरूता महतको उपचार क्रममा लागेको खर्चको सम्पुर्ण हरहिसाब विवरण पनि सार्वजनिक गरिने कुरा अवगत गराउन चाहान्छौॅ।

सहयोगि दाताहरुको नामावली यस प्रकार रहेको छ।
1)प्रकाश योन्जन 51,000वोन✅
2)मनोज मगर 51,000वोन✅
3)सुमन चौलागाईं 51,000वोन✅
4)नवराज तिमल्सिना 51,000वोन✅
5)आशिष घिसिङ तामाङ 51,000वोन✅
6) सानु लामा 51,000✅
7)सुष्मा थापा 51,000✅
8)देबि माया चौलागाईं 51,000✅
9)सुदर्शन तिमल्सिना 51,000✅
10)केदार नेपाल 51,000✅
11)हिमाल स्यांगतान 51,000✅
12)सागर लामा 51,000✅
13)सबिता तिमल्सिना 51,000✅
14) बिष्णु दनुवार 50,100✅
15)सुरेश श्रेष्ठ 31,000वोन✅
16)सन्तोष रोकाहा 21,000वोन✅
17)राम बहादुर तामाङ 30,000वोन✅
18)रोशनी कुइकेल 49,000वोन✅
19)लालिगुरास रेस्टुरेन्ट फारन(खगेन्द्र खत्री) 1,00,000वोन✅
20)राज लामा मोक्तान 30,000वोन✅
21)राजकुमार स्याङ्तान 21000 वोन✅
22)केदार निरौला 20,000वोन✅
23)बि.बि स्याङ्तान 20,000वोन✅
24)सागर सप्कोटा 25000वोन✅
25)पदम दोङ 55,000वोन✅
26)रबि बोगटी 51,000वोन✅
27)जगन्नाथ ओली 25,000वोन✅
28)नवराज भट्टराई 25,000वोन✅
29)आशा आले 51,000वोन✅
30)बिक्रम हमाल 31,000वोन✅
31)अरुण लामा 51,000वोन✅
32)बन्दना कुँवर 31,000वोन✅
33) हेम पाठक 21,000वोन✅
34)सिताराम तिमल्सिना 25,000वोन✅
35)रबि योन्जन तमाङ 20,000वोन✅
36)चिरञ्जीवी पोखरेल 20,000वोन✅
37)केशव मान तमाङ 23,000वोन✅
38) बुद्धि गुरुङ 50,000वोन✅
39) तारा पुन मगर 21,000वोन✅
40)अमन तमाङ 25,000वोन ✅
41)पृयतन श्रेष्ठ 50,500वोन✅
42)मिना गोले 15,000वोन✅
43)बिक्रम बज्यु 25,000वोन✅
44)गङ्गालाल वाइवा 30,000वोन✅
45)लक्ष्मी गुरुङ 31,000वोन✅
46)रहर लामा 20,000वोन✅
47)मिरा लामा(bpm) 15,000वोन✅
48)अमर आले 35,000 वोन✅
49)निर्मल त्रिपाठी 30,000वोन✅
50)गगन आले मगर 20,000वोन✅
51)रोशना के.सी. 20,000वोन✅
52)रामहरी मैनाली 30,000वोन✅
53)रोहित मगर 20,000वोन✅
54)उर्गेन गोले 20,000वोन✅
55)मनिष लावती 20,000वोन✅
56)अर्जुन लामा 20,000वोन✅
57)सम्राट शर्मा 20,000वोन✅
58)रविचन्द्र थापा 20,000वोन✅
59)ईश्वर थापा 15,000वोन✅
60)सुर्य ब.घिसिङ 31,000वोन✅
61)रेशम अधिकारी 25,000वोन✅
62)लक्ष्मण राना मगर 15,000वोन✅
63)नवराज तमाङ 20,000वोन✅
64)सायरा तामाङ 20,000वोन✅
65)उत्तम लामिछाने 31,000वोन✅
66)कृष्ण अधिकारी 20,000वोन✅
67)फुर्वा वाइवा 30,000वोन✅
68)सन्जिभ गुरुङ 20,000वोन✅
69)बिशाल पौडेल 20,000वोन✅
70)पेम्बा शेर्पा 21,500वोन✅
71)राम ढुंगाना 25025वोन✅
72)अरुण गुरुङ 30,475वोन✅
73)नवीन श्रेष्ठ 31,000वोन✅
74)बाग्मती प्र.ए.समाज 1,00,000वोन✅
75)सुर्य व्लोन तामाङ 30,000वोन✅
76)बि.पी पौड्याल 31,000वोन✅
77) साधुराम गौतम 21,000वोन✅
78)परि गुरुङ 31,000वोन✅
79)रोजि लामा 31,000वोन✅
80)पेमा वाइबा 21,000वोन✅
81)बिपिन गुरुङ 1,00,000वोन✅
82)नीर योन्जन 20,000वोन✅
83)रबि तिमल्सिना 51,000वोन✅
84)सुरेश थिङ 30,000 वोन✅
85)सरिमा रुम्बा 30,000 वोन✅
86)उदय राई 30,000वोन✅
87)सुरज दर्लामी 20,000वोन✅
88)टेक पुन 30,000वोन✅
89)प्रकाश बस्नेत 25,000वोन✅
90)नुवाकोट समाज कोरिया 1,11,111वोन✅
91)अजय लामा 25,000वोन✅
92)बिमल सिङ लामा 21,000वोन✅
93)पुष्कर बुढाथोकी 21,131वोन✅
94)बिनोद घिसिङ 25,000वोन✅
95)रबि प्रताप घिसिङ 15,000वोन✅
96)कमल भण्डारी 50,000वोन✅
97)सु.प समाज द.कोरिया 101,000वोन✅
98)मीन तामाङ 20,000वोन✅
99)राजेश लामा 20,000वोन✅
100)सन्जिब तामाङ 20,000वोन✅
101)राप्ती समाज द.कोरिया 101,000वोन✅
102)दिप गुरुङ 20,000वोन✅
103)BHUJELAMI 20,000won✅
104)LAMAKUMAR 21,000won✅
105)SUNUWARTE 10,000won✅
106)ADHIKARID 20,000won✅
107)MALLARGAJ 20,000won✅
108)SHRESTHACH 20,000won✅
109)SHERPAPEM 10,000won✅
110)KATUWALRO 20,000won✅
111)GHIMIREKES 21,000won✅
112)SHRESTHAK 10,000won✅
113)HOSSIAN 50,000won✅
114)BINODTAM 20,000won✅
115)DAWACHHI 55,000won✅
116)MAHATPRA 10,000won✅
117)ACHARYADI 20,000won✅
118)SHERPASON 15,000won✅
119)SHRISHDAM 20,000won✅
120)KOIRALAKR 21,000won✅
121)GHARTIMAGA 20,000won✅
122)BUDHATHOKI 25,000won✅
123)SHRESTHASU 27,000won✅
124)THAPA DHAR 11,000won✅
125)SHRESTHAR 31,000won✅
126)HYOLMOCHH 20,000won✅
127)선다 11,000won✅
128)SUBBAKHAG 10,000won✅
129)UPRETIRAN 30,000won✅
130)PHALMAGAR 10,000won✅
131)BISHWAKARMA S 21,000won✅
132)उत्तम लामा 31,000वोन✅
133)कमला के.सी 20,000वोन✅
134)राज थापा 60,000वोन✅
135)सिन्धुपाल्चोक समाज कोरिया 108,000वोन✅
136)हरी खनाल 31,000वोन✅
137)नवीन के.सी 20,000वोन✅
138)PARIYARPU 20,000वोन✅
139)BASHYALTOYA 20,000वोन✅

धन्यवाद॥🙏🙏

हजुरहरूको सानो सहयोगले यी बहिनीको जीवन बचाउन ठुलो मद्दत मिल्नेछ।🙏🙏 सबैले सकेको सहयोग गरिदिनुहोला॥
27/06/2023

हजुरहरूको सानो सहयोगले यी बहिनीको जीवन बचाउन ठुलो मद्दत मिल्नेछ।🙏🙏
सबैले सकेको सहयोग गरिदिनुहोला॥

नेपालमा अहिले लहर नै चलेको छ १२ कक्षा वा स्नातक पास गरे पछि आफ्नो पारिवारिकफुर्सदमा

सहयोगको लागी हार्दिक अपिल 🙏काभ्रे जिल्ला पनौती चुवाककोट-५ की २१ बर्षिय निरूता महत हाल दक्षिण कोरियाको चोन्नाम नेशनल हस्प...
26/06/2023

सहयोगको लागी हार्दिक अपिल 🙏

काभ्रे जिल्ला पनौती चुवाककोट-५ की २१ बर्षिय निरूता महत हाल दक्षिण कोरियाको चोन्नाम नेशनल हस्पिटलमा गम्भीर बिरामी परि उपचाररत छिन् ।
बिध्यार्थी भिषामा दक्षिण कोरिया आएको ४ महिनामा नै Autoimmune encephalitis (G04.8)नामक घातक रोग लागेर १ महिना भन्दा अघि देखी जीवन मरणको संघर्षमा छिन । कठिन उपचार पछि विस्तारै उनको स्वास्थ्यमा सुधार आउन थालेको छ। तर उनको उपचारमा स्वास्थ बिमाले बेहोर्ने रकम बाहेक १ करोड ५० लाख वन भन्दा बढी रकम आवश्यक पर्ने अस्पताल स्रोतले जनाएको छ ।

सुनौलो भबिष्यको सपना बोकेर बिदेशी भूमीमा आएकि उनलाई यस्तो बिपतको अवस्थामा तपाई हाम्रो सानो सहयोगले जीवन बचाउन ठूलो मद्दत मिल्ने छ।

परिवारबाट टाढा रहेको साथै घरको आर्थिक अवस्था पनि कमजोर भएकाले बिरामीको जीवन बचाउन सहयोग गरिदिनु हुन कोरियाबासी सम्पुर्ण नेपालीहरूमा बिनम्र अनुरोध गर्दछौ ।
धन्यवाद ।।

"सेवा नै धर्म हो "
सहयोगका लागि:
HANA BANK
Account no.
468910246-95007
A/c Holder: CHAULAGAIN SUMAN
सम्पर्क:- 010-7342-9458

थप जानकारीका लागि सम्पर्क नम्बरहरु:
सानू लामा:-010-5964-1729
प्रकाश योन्जन:-010-5939-9308
मनोज मगर :-010-9679-5234
सुष्मा थापा:-010-6567-0766

सहयोगि दाताहरु
1)प्रकाश योन्जन 51,000वोन✅
2)मनोज मगर 51,000वोन✅
3)सुमन चौलॅगाई 51,000वोन✅
4)नवराज तिमल्सिना 51,000वोन✅
5)आशिष घिसिङ तामाङ 51,000वोन✅
6) सानु लामा 51,000/-✅
7)सुष्मा थापा 51,000/-✅
8)देबि माया चौलागाईं 51,000/-✅
9)सुदर्शन तिमल्सिना 51,000/-✅
10)केदार नेपाल 51,000/-✅
11)हिमाल स्यांगतान 51,000/-✅
12)सागर लामा 51,000/-✅
13)सबिता तिमल्सिना 51,000/-✅
14) बिष्णु दनुवार 51,000/-✅
15)

अब पालो तपाईंको
🌹धन्यवाद 🙏❤️🌹

Address

दक्षिण कोरिया
Seoul
519-1

Alerts

Be the first to know and let us send you an email when काभ्रे सम्पर्क समिति, दक्षिण कोरिया (KCC,KOREA) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to काभ्रे सम्पर्क समिति, दक्षिण कोरिया (KCC,KOREA):

Share