24/12/2024
नुवाकोट समाज साउथ कोरिया ले #रामलक्ष्मण Ramlaxman Laxmanगौरवमय व्यक्तित्वलाई सम्मान गरे
नुवाकोट जिल्लाको गहना, आदरणीय राम प्रसाद रिमाल र लक्ष्मण रिमाल (जुम्ल्याहा) ज्युहरू,
तपाईंहरूद्वारा अनुसन्धान र आविष्कारको क्षेत्रमा गरेको योगदानले हाम्रो राष्ट्रलाई गौरवान्वित तुल्याएको छ। वैज्ञानिक खोज र नयाँ सोचमार्फत समाजलाई उन्नतिको मार्ग देखाउनु हुँदै युवाहरूका लागि प्रेरणाको स्रोत बन्नु भएकोमा हामी तपाईंहरूप्रति गहिरो आदर व्यक्त गर्दछौं।
नुवाकोट समाज दक्षिण कोरिया, यहाँहरूको अतुलनीय योगदान र निष्ठाको सम्मान गर्दै यो प्रसंसा पत्र प्रदान गर्न पाउँदा गर्व महसुस गर्दछ।
तपाईंहरूको प्रतिबद्धता र अथक परिश्रमले नुवाकोट मात्र होइन, सम्पूर्ण नेपाललाई समृद्धिको दिशामा अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। तपाईंहरूजस्तै उज्ज्वल व्यक्तित्वहरू हाम्रो समाजका लागि सधैं प्रेरणादायक रहिरहून् भन्ने कामना गर्दछौं।
तपाईंहरूको सफलताको यो यात्राले निरन्तर नयाँ उपलब्धि हासिल गरोस् र समग्र समाजमा सकारात्मक प्रभाव पारिरहोस् भन्ने शुभेच्छा व्यक्त गर्दै प्रशंसापत्र प्रदान गर्दछौं।
नुवाकोट समाज दक्षिण कोरिया
मिति: 2024/12/21 Seoul