04/08/2024
ख्यङनाम क्षेत्रको निर्माण उद्योगमा काम गरिरहेका विदेशी कामदारहरु बीच सुरक्षा जागरूकता जगाउन पहिलो पटक विदेशी कामदार सुरक्षा क्वीज हुने भएको छ। उत्कृष्ट १ जनाले १० लाख वन र ४ जनाले २/२लाख वन नगद पाउने उक्त क्वीजमा भाग लिनको लागि धमाधम नाम टिपाई हाल्नुहोला। सहभागी सबैलाई नाईकको ब्याग र क्याप प्रदान गरिने छ। पुरस्कार भन्दा पनि तपाईले काम गर्दा कसरी सुरक्षा अपनाउने भन्ने बारे जानकारी हुने छ।