20/05/2026
📢 महत्वपूर्ण सूचना तथा विशेष अनुरोध 🙏
सम्पूर्ण कम्बोडियामा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विनम्र अनुरोध ।
जानकारी: हालसम्म 1st to 7th Batch अन्तर्गत Overstay, Passport नभएको लगायत विभिन्न कानुनी समस्यामा परेर Jail सम्म पुग्नुभएका धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू नेपाल फर्किसक्नुभएको जानकारी गराउन चाहन्छौं ।
उहाँहरू लाई कम्बोडिया सरकारको नियम तथा कानुनी प्रक्रिया अनुसार जरिवाना (Fine) छुट गरी तथा ३ वर्षसम्म कम्बोडिया प्रवेश गर्न नपाइने शर्तमा स्वदेश फर्काइएको हो ।
यस प्रक्रियामा अझै पनि केही नेपाली साथीहरू सम्पर्कमा आउन बाँकी हुनुहुन्छ । त्यसैले सम्बन्धित सम्पूर्ण व्यक्तिहरूलाई सकेसम्म चाँडो सम्पर्कमा आउन तथा सुरक्षित रूपमा नेपाल फर्किन हार्दिक अनुरोध गर्दछौं । ढिलाइ गर्दा भविष्यमा थप कानुनी जटिलता, पक्राउ, Detention वा अन्य समस्या आउन सक्ने भएकाले समयमै सम्बन्धित निकायसँग समन्वय गर्न अनुरोध गरिन्छ ।
साथै, अर्को 8th Batch अन्तर्गत करिब 220 जना नेपालीहरूको नामसूची हामीले GDI मा Approval का लागि पठाइसकेका छौं । उक्त प्रक्रिया पनि चाँडै स्वीकृत भई आउनेमा हामी पूर्ण रूपमा आशावादी छौं । Approval प्राप्त हुनेबित्तिकै सम्बन्धित व्यक्तिहरूलाई जानकारी गराइनेछ ।
(The final approval process is entirely subject to the official procedures and decision of the GDI Cambodia Government. While the NRNA team is actively coordinating and providing necessary support, we would like to kindly inform everyone that the final approval is beyond our control and authority).
यदि अझै कसैलाई Overstay, Passport, Visa, Jail, Immigration वा अन्य कानुनी समस्यासम्बन्धी कुनै जटिलता छ भने कृपया तुरुन्त NRNA Team अथवा NRNA Cambodia Page मा Personal Message गरी सम्पर्क गर्न विनम्र अनुरोध गर्दछौं ।
कृपया कुनै पनि व्यक्तिको झुटो आश्वासन, अफवाह वा आर्थिक प्रलोभनमा नपर्नुहोला । सम्पूर्ण प्रक्रिया कानुनी रूपमा तथा सम्बन्धित सरकारी निकाय मार्फत मात्र सञ्चालन भइरहेको जानकारी गराइन्छ ।
⚠️ विशेष सूचना :
जुनसुकै देशमा कार्यरत रहँदा सो देशको कानुन, नियम तथा प्रक्रिया पूर्ण रूपमा पालना गर्नु प्रत्येक व्यक्तिको जिम्मेवारी हो । कानुन उल्लंघन गरेमा पक्राउ, जरिवाना, Deport, Blacklist तथा भविष्यमा पुनः प्रवेशमा प्रतिबन्ध जस्ता कानुनी कारबाही हुन सक्ने भएकाले सबैलाई सजग तथा जिम्मेवार बन्न हार्दिक अनुरोध गरिन्छ ।
🙏 धन्यवाद
NRNA NCC Cambodia family