Tokuyama Nepali Samaj

Tokuyama Nepali Samaj 一般社団法人「Tokuyama Nepali Samaj」正式FBページ

当団体に興味をお持ちの方は、お気軽にメッ セージをお送りください。また、メンバーやス ポンサーも募集中です。

सूचना तथा हार्दिक निमन्त्रणा 🇳🇵यही शनिबार (२०२६ अगस्ट १) आयोजना हुन गइरहेको サンフェスタ新南陽 お祭り मा तोकुयामा नेपाली समाज ले नेप...
24/07/2026

सूचना तथा हार्दिक निमन्त्रणा 🇳🇵

यही शनिबार (२०२६ अगस्ट १) आयोजना हुन गइरहेको サンフェスタ新南陽 お祭り मा तोकुयामा नेपाली समाज ले नेपालको संस्कृति, नेपालीपन, नेपाली परिकार तथा नेपाली आतिथ्यलाई विदेशी भूमिमा परिचित गराउने उद्देश्यका साथ आफ्नो आधिकारिक स्टल सञ्चालन गर्दै नेपाली मःम (Momo) बिक्री–वितरण गर्ने भएको छ।

यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हाम्रो यस प्रयासलाई सफल बनाउन आफ्नो अमूल्य साथ, सहयोग र उपस्थितिका साथ हौसला प्रदान गरिदिन हार्दिक अनुरोध गर्दछौं।

विदेशी भूमिमा हाम्रो एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। हामी सबैको साथ र सहयोगले मात्र यस्ता कार्यक्रमहरू अझ भव्य र सफल बनाउन सक्छौं।

🌸 गौरवको क्षण!

サンフェスタ新南陽 お祭り को इतिहासमै पहिलो पटक कुनै विदेशी समुदायको आधिकारिक संस्थाले आफ्नै देशको प्रतिनिधित्व गर्दै स्टल सञ्चालन गर्न लागेको हो। त्यो अवसर तोकुयामा नेपाली समाज लाई प्राप्त हुनु सम्पूर्ण नेपाली समुदायका लागि गर्वको विषय हो।

आउनुहोस्, हाम्रो संस्कृति, स्वाद र पहिचानलाई सबैसामु चिनाऔँ। आफ्ना परिवार, साथीभाइ तथा चिनेजानेकालाई पनि साथमा लिएर अवश्य आउनुहोस्।

📍 स्थान: サンフェスタ新南陽 お祭り
📅 मिति: २०२६ अगस्ट १ (शनिबार)

हामी सम्पूर्ण नेपाली समुदायको हार्दिक स्वागत गर्न आतुर छौं। भेटौं サンフェスタ新南陽 お祭り मा! 🙏🇳🇵

Tokuyama Nepali Samaj द्वारा आयोजित “Tokuyama Cup 2026” एकदिवसीय क्रिकेट प्रतियोगिता अत्यन्त भव्य, सभ्य तथा उत्साहजनक वा...
10/05/2026

Tokuyama Nepali Samaj द्वारा आयोजित “Tokuyama Cup 2026” एकदिवसीय क्रिकेट प्रतियोगिता अत्यन्त भव्य, सभ्य तथा उत्साहजनक वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। जापानमा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी भाइचारा, एकता तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताले सम्पूर्ण नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

जापानका विभिन्न स्थानबाट आएका ८ उत्कृष्ट टोलीहरूको सहभागिता रहेको प्रतियोगिताभर खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। खेल अवधिभर दर्शकहरूको उल्लेखनीय उपस्थितिले मैदान अझ उत्साहमय बनेको थियो। प्रतियोगिताले केवल खेल मात्र नभई जापानमा रहेका नेपालीहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउने अवसरसमेत प्रदान गरेको आयोजकले जनाएको छ।

प्रतियोगिताको फाइनल खेल Orogi Cricket Club र Kitakyushu Kings बीच निकै प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको थियो। फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको Kitakyushu Kings ले निर्धारित १२ ओभरमा ८ विकेट गुमाउँदै ७९ रन जोड्दै Orogi Cricket Club सामु ८० रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको Orogi Cricket Club ले सुरुदेखिनै आक्रामक तथा सन्तुलित खेल प्रदर्शन गर्दै ६.२ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गरी शानदार जित हात पार्न सफल भयो। उत्कृष्ट टिमवर्क, अनुशासित खेल तथा खेलाडीहरूको मेहनतका कारण Orogi ले Tokuyama Cup 2026 को उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो।

विशेषगरी पहिलो पटक नाइट फाइनल खेल आयोजना गरिएको यस प्रतियोगिताले दर्शक तथा खेलाडीहरूमा छुट्टै उत्साह थपेको थियो। बेलुका ७:३० बजेदेखि सुरु भएको फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम राति करिब १० बजेसम्म सम्पन्न भएको थियो। आकर्षक प्रकाश व्यवस्थासहित सम्पन्न नाइट फाइनल खेलले प्रतियोगितालाई अझ विशेष र स्मरणीय बनाएको सहभागीहरूले बताएका छन्।

Pritam Dahal ले जानकारी दिँदै Tokuyama Nepali Samaj ले पहिलो पटक आयोजना गरेको नाइट फाइनल खेल सफलतापूर्वक सम्पन्न हुनुले सम्पूर्ण आयोजक टोली, खेलाडी तथा सहयोगीहरूको मनोबल अझ उच्च भएको बताउनुभयो। आगामी दिनहरूमा अझ व्यवस्थित, भव्य तथा प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो।

साथै, प्रतियोगिता सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी संस्था, स्वयंसेवक, खेलाडी, दर्शक तथा विशेषगरी प्राविधिक सहयोग प्रदान गर्नुहुने Yamaguchi Brothers र Nepal Cricket Force का सम्पूर्ण साथीहरूलाई आयोजकले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

10/05/2026

Tokuyama cup 2026

तोकुयामा नेपाली समाजले विदेशी भूमिमा रहेर पनि आफ्नो भाषा, संस्कृति र आपसी सम्बन्धलाई जीवन्त राख्ने उद्देश्यले जापानको या...
10/05/2026

तोकुयामा नेपाली समाजले विदेशी भूमिमा रहेर पनि आफ्नो भाषा, संस्कृति र आपसी सम्बन्धलाई जीवन्त राख्ने उद्देश्यले जापानको यामागुचीमा नेपाली समाजद्वारा भव्य क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ। खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई आपसी भाइचारा, एकता र नयाँ पुस्तालाई समुदायसँग जोड्ने महत्वपूर्ण अवसर पनि देखिन्छ। प्रतियोगितामा जापानका विभिन्न क्षेत्रबाट नेपाली युवाहरू तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको छ। मैदानभरि नेपाली झण्डा, उत्साहपूर्ण हुटिङ, साथीभाइबीचको आत्मीयता र खेलाडीहरूको जोशले कार्यक्रमलाई अझ विशेष बनाएको थियो।
क्रिकेट प्रतियोगिताले नेपाली समुदायबीच आपसी सम्बन्धलाई अझ मजबुत बनाउँदै विदेशमा पनि नेपाली पहिचान र एकताको सुन्दर सन्देश फैलाएको अनुभव सहभागीहरूले व्यक्तगरेका छन। उद्घाटन सेरेमोनीको र टसको केही क्षणहरू राखेका छौँ।

08/05/2026

Tokuyama Cup 2026 को तयारि अन्तिम चरण मा

🏏 TOKUYAMA CUP 2026 – निमन्त्रणा 🏆तोकुयामा नेपाली समाजको आयोजनामा हुन गइरहेकोTOKUYAMA CUP 2026 मा सहभागी हुन सम्पूर्ण खे...
06/04/2026

🏏 TOKUYAMA CUP 2026 – निमन्त्रणा 🏆

तोकुयामा नेपाली समाजको आयोजनामा हुन गइरहेको
TOKUYAMA CUP 2026 मा सहभागी हुन सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ। 🇳🇵

📅 मिति: २०२६ मे १० गते, आइतबार
📍 स्थान: Shunan City स्थित Kirin Beverage मैदान
⏰ समय: बिहान ७:०० बजेबाट सुरु

तोकुयामा नेपाली समाजले सम्पूर्ण खेलप्रेमीहरूका लागि एकदिने क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो।
जापानका विभिन्न स्थानबाट करिब १० टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

🏟️ २ वटा ग्राउण्डमा एकैसाथ खेल सञ्चालन
🏆 फाइनल खेल: बेलुका ४:०० बजेभित्र सम्पन्न गरिने

💰 Entry Fee: ¥40,000
🥇 1st Prize: ¥200,000
🥈 2nd Prize: ¥100,000

तोकुयामा तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण खेलप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागिताका लागि विशेष अनुरोध गरिन्छ। साथै, तोकुयामा र कुदामात्सु क्षेत्रमा रहनुहुने अग्रज नेपालीहरूको पनि उल्लेखनीय सहभागिता रहने जानकारी खेलकुद विभाग प्रमुख आदित्य सुनारले दिनुभएको छ।

यसैगरी, संस्थाका सचिव प्रबेक बिक द्वारा जारी विज्ञप्तिमा सम्पूर्ण खेलप्रेमी साथीहरूलाई उत्साह, ऊर्जा र हर्षोल्लासका साथ कार्यक्रममा सहभागी हुन हार्दिक आह्वान गरिएको छ।

🙏 उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

We are thrilling to announced THE FIRST EDITION OF“ 🏏 TOKUYAMA CUP 2026 🇳🇵🇯🇵”Organized by: Tokuyama Nepali SamajPresente...
05/04/2026

We are thrilling to announced THE FIRST EDITION OF
“ 🏏 TOKUYAMA CUP 2026 🇳🇵🇯🇵”

Organized by: Tokuyama Nepali Samaj
Presented by: Yamaguchi Brothers Tokuyama



📢 Calling all Nepali cricket lovers in Japan!
We proudly present the First Tokuyama Cup Cricket Tournament 🎉



📅 Date: May 10 (Sunday)
📍 Venue: Kirin Beverage Shunan Comprehensive Sports Center
⏰ Time: 7:00 AM



🔥 Tournament Highlights
• 🏏 Only for Nepali Players
• 🏆 Exciting Prizes
• 🤝 Friendly & Competitive Matches
• 🎉 Full Entertainment



📜 Tournament Rules
• ✔️ All cricket rules are allowed
• ❌ Throwing action is NOT allowed
• ⚖️ LBW rule will NOT be applied
• 👨‍⚖️ Umpire’s decision is FINAL
• 🚫 Illegal bowling action = cannot bowl



📝 Registration Open Now!
• 💰 Entry Fee: ¥40,000
• 📅 Deadline: May 5
• 📞 Contact:
080-6175-8204
080-9793-3079
070-8324-4343



⚡ Let’s make history together!
Play. Compete. Enjoy. 🇳🇵❤️



🇳🇵 नेपाली संस्करण

🏏 टोकुयामा कप २०२६ (पहिलो संस्करण)

📢 जापानमा रहेका सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरूलाई हार्दिक निमन्त्रणा!



📅 मिति: मे १० (आइतबार)
📍 स्थान: Kirin Beverage Shunan Comprehensive Sports Center
⏰ समय: बिहान ७:०० बजे



🔥 विशेषताहरू
• नेपाली खेलाडीहरूका लागि मात्र 🇳🇵
• आकर्षक पुरस्कार 🏆
• रमाइलो तथा प्रतिस्पर्धात्मक खेल 🎉



📜 नियमहरू
• ✔️ सबै क्रिकेट नियम लागू
• ❌ थ्रो एक्शन मान्य छैन
• ⚖️ LBW नियम लागू हुँदैन
• 👨‍⚖️ अम्पायरको निर्णय अन्तिम हुनेछ
• 🚫 एक्शन गलत भए बलिङ गर्न पाइँदैन

📝 दर्ता खुल्ला छ!
• शुल्क: ¥40,000
• अन्तिम मिति: मे ५
• सम्पर्क:
080-6175-8204
080-9793-3079
070-8324-4343

23/02/2026

जापानको तोकुयमामा क्रियाशील तोकुयामा नेपाली समाजको पहिलो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन खुला सत्र .....

住所

Shunan-shi, Yamaguchi

ウェブサイト

アラート

Tokuyama Nepali Samajがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する

カテゴリー