ब्लड संकलन बस सेवा आर्थिक संकलन अभियान

ब्लड संकलन बस सेवा आर्थिक संकलन अभियान ब्लड संकलन बस सेवा आर्थिक संकलन अभियान, 慈善団体, Shinjuku-kuの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

नेपालको विकट र पिछडिएको जिल्लामा कोहि कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस तसर्थ आउनु होस यस ब्लड संकलन बस सेवा आर्थिक संकलन अभियान हातेमालो गरी ब्लड बस किन्न सबैले यस अभियानमा सकेको सहयोग गरौं ।

29/07/2026

🙏Thankyou

16/07/2026

सबैमा सादर अनुरोध नेपाल फेस्टिवल १८/ १९ / २० ओदाइवा मा भेटै रमाइलो साथै सकेको सहयोग पनि गरौ ।

धन्दवाद Nepalsandesh🙏सबैमा सहयोगको लागि अनुरोध गर्दछौ
10/07/2026

धन्दवाद Nepalsandesh🙏सबैमा सहयोगको लागि अनुरोध गर्दछौ

नेपालको दुर्गम क्षेत्रका लागि ‘ब्लड संकलन बस सेवा’ अभियान सुरु

नेपालका दुर्गम क्षेत्रमा रक्त अभावका कारण हुने मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले ‘ब्लड संकलन बस सेवा’ सञ्चालनका लागि आर्थिक संकलन अभियान सुरु गरिएको छ।

टोकियोमा जुलाई १८ देखि २१ सम्म आयोजना हुने नेपाल फेस्टिवल २०२६ मा अभियानका लागि सहयोग जुटाउने उद्देश्यले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष ददिवल खड्काको अगुवाइमा स्टल नम्बर ३ मार्फत आर्थिक संकलन गरिने भएको हो।

खड्काका अनुसार गत जुनमा नागोयामा आयोजित नेपाल फेस्टिवलबाट अभियानका लागि २ लाख २० हजार येन संकलन भइसकेको छ। अब टोकियोमा हुने महोत्सवबाट थप सहयोग जुटाउने लक्ष्य राखिएको उनले बताए।

अभियानअन्तर्गत करिब ७५ लाख रुपैयाँ लागतको अत्याधुनिक ‘ब्लड संकलन बस’ सञ्चालन गर्ने योजना छ। उक्त बसमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रमा पुगेर रक्तदान कार्यक्रम सञ्चालन गरिने, रगत संकलन तथा सुरक्षित भण्डारण गरिने र आकस्मिक अवस्थामा आवश्यक पर्ने बिरामीलाई समयमै रगत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अभियानको नारा ‘सके रक्तदान गरौं, नसके रक्तदान र संकलनको पुण्य काममा दान गरौं’ राखिएको छ। जापानमा रहेका नेपाली समुदाय, व्यवसायी, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थालाई अभियानमा सहयोग गर्न आयोजकले आग्रह गरेका छन्।

अभियान संयोजक तथा एनआरएनए आईसीसीका उपाध्यक्ष खड्काले मानव जीवन बचाउने उद्देश्यले सुरु गरिएको यस अभियानलाई सफल बनाउन सबै नेपालीको साथ, सहयोग र सहभागिताको अपेक्षा रहेको बताए।

Stall no 3 मा हामी हुने छौ । त्यही भेटौ है । टोकियोमा हुने नेपाल फेस्टिवलमा पनी ब्लड बस खरिदका लागि आर्थिक संकलन गरिने ज...
07/07/2026

Stall no 3 मा हामी हुने छौ । त्यही भेटौ है ।
टोकियोमा हुने नेपाल फेस्टिवलमा पनी ब्लड बस खरिदका लागि आर्थिक संकलन गरिने

जापान । नेपालको दुर्गम क्षेत्रका लागि “ब्लड संकलन बस सेवा” सञ्चालन गर्ने उद्देश्य आर्थिक संकलन अभियान सुरु गरिएको छ ।
टोकियोमा जुलाई १८ बाट २१ सम्म हुने नेपाल फेस्टिवलमा उक्त अभियानलाई सहयोग जुटाइने उद्देश्यले एनआरएनए आईसीसीका उपाध्यक्ष ददीवल खड़काको अगुवाईमा आर्थिक संकलन अभियान सुरु गरिएको हो ।
गत जून महिनामा नागोयाको नेपाल फेस्टिवलमा २ लाख २० हजार येन संकलन भएको संघका उपाध्यक्ष खड़काले जानकारी दिनु भयो ।
अभियानको मुख्य उद्देश्य नेपालको दुर्गम जिल्लाहरूमा रगत अभावका कारण हुने मानवीय क्षति न्यूनीकरण गर्नु रहेको बताइएको छ । नेपालका ग्रामीण तथा विकट क्षेत्रमा समयमै रक्तसञ्चार सेवा उपलब्ध नहुँदा बिरामीहरूले ठूलो समस्या भोग्नुपरेको भन्दै त्यसलाई सहज बनाउन “ब्लड संकलन बस सेवा” सञ्चालनको योजना अघि सारिएको हो ।
नेपाली लगभग ७५ लाख लागत लाग्ने अत्याधुनिक सुविधासहितको ब्लड बसमार्फत ग्रामिण क्षेत्रहरुमा पुगेर रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ। यसले स्थानीय स्तरमै रक्त संकलन, सुरक्षित भण्डारण तथा आकस्मिक अवस्थाका बिरामीलाई समयमै रगत उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रमको नारा “सके रक्तदान गरौं, नसके रक्तदान र संकलनको पुण्य काममा दान गरौं” राखिएको छ। जापानमा रहेका नेपाली समुदाय, व्यवसायी, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थालाई अभियानमा सहयोग गर्न आह्वान गरिएको छ।

अभियान संयोजक तथा एनआरएनए आईसीसीका उपाध्यक्ष खड्काले मानव जीवन बचाउने उद्देश्यले सुरु गरिएको यस अभियानमा सबै नेपालीको साथ-सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

हाम्रो भेट यहाँ हुने छ आउनु होस भेटौ एक छिन हासौ , रमाउ , अखिर फेरी घेरै मेहनत गर्ने छ परदेशमा जय देश , देश कै लागि थोरै...
22/06/2026

हाम्रो भेट यहाँ हुने छ आउनु होस भेटौ एक छिन हासौ , रमाउ , अखिर फेरी घेरै मेहनत गर्ने छ परदेशमा जय देश , देश कै लागि थोरै सेवा पनि गरम ।हाम्रो स्टल सम्बधमा आगामी पोस्टमा जानकारी गर्ने नै छौ।

मिति २०२६/०५/३० - ३१ गते सम्पन्न नागोया नेपाली फेस्टिबलमा यस अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरुमा हार्दिक न...
01/06/2026

मिति २०२६/०५/३० - ३१ गते सम्पन्न नागोया नेपाली फेस्टिबलमा यस अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरुमा हार्दिक नमन । जम्मा संकलन रकम : ¥226100 र नेपाली रुपैया रुः 100भएको सबै मा जानकारीको लागि आगामी दिनहरुमा अझै सहयोगको अपेक्षा गर्दैछौ । 🙏

住所

Shinjuku-ku, Tokyo

ウェブサイト

アラート

ब्लड संकलन बस सेवा आर्थिक संकलन अभियानがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する

カテゴリー