Shiga Nepali Society,सिगा नेपाली समाज

アクセス

Shiga Nepali Society,सिगा नेपाली समाज Shiga Nepali Society,सिगा नेपाली समाज、コミュニティセンター、Otsu-shiの連絡先、地図と道順、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

“जापानको सिगा केनमा रहेर जापानमा बसोबास गर्ने नेपाली समुदायका लागि सूचना, रोजगार, आपतकालीन सहयोग तथा आपसी समन्वय प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको यो पेजमा तपाईंलाई हार्दिक स्वागत छ। कृपया यस पेजमा जोडिएर नेपाली समुदायको हितमा एकजुट बनौं।”

Shiga Nepali Society (SNS) तर्फबाट सहयोगप्युठान मर्काबाङ निवासी निवासी स्व. चोपिलाल वलीको परिवारलाई Shiga Nepali Society...
2025/09/29

Shiga Nepali Society (SNS) तर्फबाट सहयोग

प्युठान मर्काबाङ निवासी निवासी स्व. चोपिलाल वलीको परिवारलाई Shiga Nepali Society (SNS), जापानको तर्फबाट दैनिक उपभोग्य सामग्री सहयोग गरिएको छ।

परिवारको हेरचाह लालनपालन गर्ने ब्यक्ती निधन पछि भविस्य प्रति अन्योल र अशाय भएको परिवारलाई समाजका कोषाध्यक्ष श्री गोविन्द केसीको मार्फत परिवारलाई लत्ताकपडा, दाल, चामल, नुन, तेल, सर्फ, साबुन लगायतका सामग्रीसहित करिब रु. ८,९०० बराबरको सानो सहयोग हस्तान्तरण गरिएको हो।

वलि परिवार लगाएत केही समाजीक व्यक्तीहरुले विगत केही समयदेखि निस्वार्थ भावनासहित समाजसेवामा समर्पित यस Shiga Nepali Society (SNS)का सम्पूर्ण सदस्यहरू प्रति आभार व्यक्त गरेका छन्।

 फाइनली प्रधानमन्त्री केपि शर्मा ओलि लेराजिनामा दियका छन।अब आन्दोलनकारी साथी हरु राज्यको भौतिक भवन संरचना राज्यको जे जति...
2025/09/09


फाइनली प्रधानमन्त्री केपि शर्मा ओलि ले
राजिनामा दियका छन।
अब आन्दोलनकारी साथी हरु
राज्यको भौतिक भवन संरचना राज्यको जे जति सम्पती छ।
तेसमा कुनै हानी नपुराइ अब को नया बाटो मा लाग्न अनुरोध।

2025/06/02

अत्यन्त महत्वपूर्ण सूचना [ कृपया सेयर गरिदिनुहोला ] 🚨

जापानमा तीन महिनाभन्दा बढी बसाइको लागि Certificate of Eligibility (सीओई) लिएर आउन चाहने नेपाली नागरिकहरूले अब थप कागजात पेश गर्नु पर्ने भएको छ ।

जापान आउनको लागि भिसा (Certificate of Eligibility) आवेदन गर्दा, अब नेपाली नागरिकहरूले आफूलाई क्षयरोग (Tuberculosis) नलागेको प्रमाणित गर्ने मेडिकल सर्टिफिकेट पेश गर्नु अनिवार्य छ।

उक्त मेडिकल सर्टिफिकेट तल उल्लेखित अस्पतालहरूबाट मात्र प्राप्त गर्न सकिनेछ:

〈काठमाडौं〉
① CIWEC Hospital Pvt. Ltd.
② Grande International Hospital
③ IOM Migration Health Assessment Center
④ Nepal Mediciti Hospital (Registered as Ashwins Medical College & Hospital Pvt. Ltd.)
⑤ Norvic International Hospital & Medical College Ltd
⑥ Siddhi Poly Clinic Health Service
⑦ Travel And Mountain Medicine Centre

〈पोखरा〉
⑧ CIWEC Hospital Pvt. Ltd

〈दमक〉
⑨ IOM Migration Health Assessment Center, Damak

यो नयाँ व्यवस्था २०२५ जुन २३ तारिख देखि सुरू हुने Certificate of Eligibility प्रोसेसमा लागू हुनेछ।

2025/05/20

जापानको ओसाका सहरमा नयाँ जीवनका आशा र सपनासँगै पुगेकी एक नेपाली चेलीले आएको १ महिना पनि नहुदै आफ्नो जीवनको अन्त्य गरेको अत्यन्त दुखद खबरले हामी सबै स्तब्ध र मर्माहत भएका छौं।

परदेशको भूमिमा आफन्त टाढा, भाषा फरक, संस्कार अपरिचित—यी सबै संघर्षको बीचमा उहाँले कस्तो मानसिक पीडा सहनुभयो होला, त्यो कल्पना गर्न पनि कठिन छ।

उहाँप्रति हाम्रो गहिरो श्रद्धाञ्जली अर्पण गर्दै भन्न चाहन्छौं—
“तपाईंको यात्रा यति छोटो होला भन्ने हामीले कल्पनासमेत गरेका थिएनौं। तपाईंको आत्माले शान्ति पाओस्।”

शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना।
हामी तपाईंको पीडामा सहभागी छौं।

—सिगा नेपाली समाज परिवार।

#श्रद्धाञ्जली

जापानको मुटुमा बसेको हरियो-शान्त ठाउँ हो सिगा केन र यहाँको हिरा जस्तै चम्किने निधार भनेकै हो — बिवा ताल। यो ताल यति ठूलो...
2025/05/19

जापानको मुटुमा बसेको हरियो-शान्त ठाउँ हो सिगा केन र यहाँको हिरा जस्तै चम्किने निधार भनेकै हो — बिवा ताल। यो ताल यति ठूलो छ कि नक्सामै छुट्टै देखिन्छ! सफा पानी, हावामा हरियालीको सुगन्ध, अनि चारैतिर प्रकृतिको काख। अब कल्पना गर्नुहोस्, यस्तो ठाउँमा साथीसंगी र परिवार लिएर घुम्न गएका छौं भने?

तर सुन्‍नुहोस् त,
    रमाइलो त बल्ल सुरु हुन्छ साँझपख — जब सुर्य बिस्तारै अस्ताउँदै जान्छ। आकाश सुनौलो रङले रंगिन्छ, अनि तालको पानीमा सुर्यको छायाँ झल्किँदा यस्तो लाग्छ, मानौं सुनको लहर बगेको छ। यस्तो दृश्य हेर्दा त यस्तो दृश्य देख्दा त मोबाइलको क्यामेरा आफैं खुलेर त्यो क्षण कैद गर्न खोज्छ जस्तो लाग्छ! तेत्तिकैमा छेउमै तयारी हुँदैछ — बारबिक्यु! कोही मासु पल्टाइरहेका छन्, कोही गफिँदै मकै सेकिरहेका छन्, अनि कोही “अब खाऊँ है!” भन्दै प्लेट लिँदैछन्। हासो ठट्टा, स्वादिलो खाना, अनि सुर्यास्तको न्यानो किरण — यसले बनाउँछ साँच्चिकै Wow Moment! बिवा तालको किनारमा यस्तो रमाइलो गर्नु भनेको केवल घुमघाम हैन, यो त साथीभाइसँग कहिलै नभुल्ने कथा बनाउनु हो। त्यसैले भन्नु छ — तपाईं पनि आउनुहोस् न! बिवा तालले सम्झिनेछ, तपाईंले कहिल्यै भुल्नुहुने छैन!

विवा तालको केही विशेषताहरु

 यो तालले सिगाकेनको 6 भागको 1 भाग ओगटेको छ।
 जापानमै तालको द्वीपमा मान्छे बस्ने बिवातालमा मात्रै हो।
 जुन द्वीपको नाम हो ओकिसिमा।

2025/05/17

सूचना! सूचना!! सूचना!!!
गर्मी सुरु भएको छ – सरसफाइमा विशेष ध्यान दिऔं!

गर्मी मौसमसँगै पसिना धेरै आउने र शरीरबाट गन्ध आउने समस्या सामान्य हुन्छ। तर जापानजस्तो देशमा व्यक्तिगत सरसफाइ अत्यन्तै महत्वपूर्ण मानिन्छ। यदि यस्ता कुरामा बेवास्ता गरियो भने, जापानीहरुबाट हेपाइ वा विभेदपुर्ण व्यवहारको सामना गर्नुपर्ने अवस्था आउन सक्छ।

कृपया निम्न कुरामा ध्यान दिनुहोस्:
1. दैनिक रूपमा नुहाउने बानी बसालौं।
2. ठिक्क मात्रामा सुगन्धित पर्फ्युम प्रयोग गरौं।
3. सधैं सफा र ताजा कपडा लगाऔं।
4. शरीरको गन्ध आफैं जाँच गरौं, विशेष गरी काम वा सार्वजनिक स्थानमा निस्कनु अघि।
5. धेरै पसिना आउने समस्या भएमा चिकित्सकको सल्लाह लिऊं।
6. दैनिक रुपमा जुत्ताको मोजा फेरौ।


हामी सबै मिलेर जापानमा रहेका नेपालीहरूको राम्रो छवि बनाऔं।
हाम्रो बानीबाट हाम्रो पहिचान बनोस्!

सिगा नेपाली समाज परिवार

2025/05/12

बुद्ध जयन्ती २०८२ को पावन अवसरमा
सिगा नेपाली समाजको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
शान्ति, सुख र समृद्धिको शुभकामना व्यक्त गर्दछौ।
भगवान गौतम बुद्धका अमूल्य उपदेशहरूले
हाम्रो जीवनमा सत्य, धैर्य र सद्भाव फैलाओस्।

-सिगा नेपाली समाज परिवार

2025/05/08

सिगाकेनमा बसोबास गर्नुभएका सम्पूर्ण नेपाली जनलाई एउटा मालामा समेट्ने जमर्को गर्दैछौं।

ग्रुपसँग जोडिनको लागि फलो गर्न नबिर्सिनु होला।

2025/05/06

सिगा नेपाली सोसाईटी सम्पुर्णमा स्वागत गर्दछ।🙏

住所

Shiga Otsu-shi

ウェブサイト

アラート

Shiga Nepali Society,सिगा नेपाली समाजが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

ショートカット

共有する