Nepali Sajha Samaj Japan一般社団法人 在日ネパール人サーザ福祉協会

Nepali Sajha Samaj Japan一般社団法人 在日ネパール人サーザ福祉協会 ネパールと日本は一世紀以上の友好関係があり、多くのネパール人が日本に在留しています。留学生,特定の労働をしている人、多くのネパール人が日本において一市民として生活していま

जापानका विभिन्न स्थानमा शिक्षा,रोजगारी एवं अन्य पेशा ब्यबसाय गरि बसोबास गरि रहेका नेपालीका व्यक्तिगत सहयोग,सदभाब र एकताका निम्ति अनि शान्ति र सम्मुनत नेपालको निर्माणमा सहयोग गर्ने उद्देह्यले यो समाज परिकल्पना गरिएको छ l

17/04/2026

जापानमा बस्ने विदेशी नागरिकहरूका लागि
सार्वजनिक पेन्सन प्रणालीको जानकारी

03/04/2026

国土交通省のウェブサイトです。政策、報道発表資料、統計情報、各種申請手続きに関する情報などを掲載しています。

15/01/2026
आज हामि यता छौ ओमिया JR स्टेशन भित्रको दोश्रो तलामा
10/01/2026

आज हामि यता छौ ओमिया JR स्टेशन भित्रको दोश्रो तलामा

अंग्रेजी नयाँ बर्ष 2026 को शुभकामना 🙏💐🎉
31/12/2025

अंग्रेजी नयाँ बर्ष 2026 को शुभकामना 🙏💐🎉

"समाजमा हामि हुनुको केहि अर्थ रहोस" रक्तदान जीवन दान !!!आज 2025 डिसेम्बर 30 मंगलबार 2025 यो बर्षलाई के गरि बिदाई गरौ त भ...
30/12/2025

"समाजमा हामि हुनुको केहि अर्थ रहोस" रक्तदान जीवन दान !!!
आज 2025 डिसेम्बर 30 मंगलबार
2025 यो बर्षलाई के गरि बिदाई गरौ त भन्ने सोच राखेर छोटो समयको आकस्मिक निर्णयले केहि पुण्य कार्य गरेर बिदाई गरौकी भन्ने निर्णय लिएर गुन्माको ओता शी इजुका चो स्थित जापान रेडक्रस 太田献血ルーム ota Blood donation center मा समय लिएर समाजका पदाधिकारी लगायत समाज प्रति आस्थावान नेपाली दाजुभाई दिदीबहिनी हरु बाट रक्तदान गर्ने काम गरियो स्मरण रहोस बिगतमा पनि समाजले अंग्रेजी नयाँ बर्षको अवसर पारेर रक्तदान गर्ने कार्य गर्दै आई रहेको छ |
यस रक्तदान कार्यमा आफ्नो समय पावन्ति पनि टाढा टाढा देखि सहभागी जनाई रक्तदानमा सरिक हुनुहुने सम्पूर्ण रक्तदाता यहाहरु सबैमा आउने दिन पनि साथ सहयोगको अपेक्षा राख्दै हार्दिक धन्यवाद ब्यक्त गर्दछौ | धन्यवाद 🙏🙏🙏

15/12/2025

वर्तमान परिस्थितिमा जापानमा सरकारका राष्ट्र प्रमुख प्रधानमन्त्री फेरबदल भए लगतै हामि बिदेशीहरु प्रति हेर्ने दृष्टिकोण र लागु भएका नीति नियमहरुपनि भारी रुपमा परिवर्तन हुने कुराले जापानमा बिभिन्न पेशामा संलग्न हामि नेपाली लगायत विश्वभरका बिदेशी समुदायमा पनि हलचल मच्चिरहेको छ भने कति त आफ्नो देश फिर्ता हुने अवस्थामा छन यसै समस्यालाई लिएर बिभिन्न सरकारी निकाय बाट सर्बेक्षण भइ रहेको यसै क्रममा जापानका बिभिन्न प्रान्तमा गठन भएका बिदेशी मुलका संघ संस्था जस्ले भैपरी आउदा आफ्नो देशका नागरिक हरुलाई मार्गदर्शन गर्छन ति संस्था हरुलाई सम्पर्क गर्ने क्रममा गुन्मा प्रान्तमा नेपाली हरुको प्रतिनिधित्व गर्दै आएका नेपाली साझा समाज,जापानलाई यहाँको सरकारी निकाय न्याय मन्त्रालय 法務省Hōmu-sho बाट नेपाली हरुमा अहिलेको अवस्थामा जापानमा बिदेशीहरुलाई के कस्ता समस्याहरु आई परेको छ ,कस्तो किसिमका चिन्ता हरु उत्पन्न भएको छ र जस्ले गर्दा भविष्यमा के कस्ता समस्याहरु आइपर्न सक्छ यी बिषयलाई लिएर छोटो सोधपुछको लागि भोलि २०२५ डिसेम्बर १६ मंगलबार हामि संग छलफलको लागि आउने भएकोले बिधमान परिस्थितिमा जापान सरकारले लागु गर्न लागेका नीति नियम बाट तपाई हामिमा पर्न गएको समस्या चिन्ता र भविष्यमा कस्तो समस्या आई पर्न सक्छ यसबारे यहाँ हरुको भनाइ राय समाजको मेसेन्जरमा राखि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ | जस्ले गर्दा हामि तपाई हरुको समस्यालाई माथि सम्म सुनुवाइको लागि पुर्याउन सकौ ?के थाहा सबै विदेशीहरुको एकजुट आवाजले समस्याको सुनुवाई पो हुन्छकी ...

15/12/2025

हार्दिक अनुरोध
वर्तमान परिस्थितिमा जापानमा सरकारका राष्ट्र प्रमुख प्रधानमन्त्री फेरबदल भए लगतै 法務省प्रति हेर्ने दृष्टिकोण र लागु भएका नीति नियमहरुपनि भारी रुपमा परिवर्तन हुने कुराले जापानमा बिभिन्न पेशामा संलग्न हामि नेपाली लगायत विश्वभरका बिदेशी समुदायमा पनि हलचल मच्चिरहेको छ भने कति त आफ्नो देश फिर्ता हुने अवस्थामा छन यसै समस्यालाई लिएर बिभिन्न सरकारी निकाय बाट सर्बेक्षण भइ रहेको यसै क्रममा जापानका बिभिन्न प्रान्तमा गठन भएका बिदेशी मुलका संघ संस्था जस्ले भैपरी आउदा आफ्नो देशका नागरिक हरुलाई मार्गदर्शन गर्छन ति संस्था हरुलाई सम्पर्क गर्ने क्रममा गुन्मा प्रान्तमा नेपाली हरुको प्रतिनिधित्व गर्दै आएका नेपाली साझा समाज,जापानलाई यहाँको सरकारी निकाय न्याय मन्त्रालय 法務省Hōmu-sho बाट नेपाली हरुमा अहिलेको अवस्थामा जापानमा बिदेशीहरुलाई के कस्ता समस्याहरु आई परेको छ ,कस्तो किसिमका चिन्ता हरु उत्पन्न भएको छ र जस्ले गर्दा भविष्यमा के कस्ता समस्याहरु आइपर्न सक्छ यी बिषयलाई लिएर छोटो सोधपुछको लागि भोलि २०२५ डिसेम्बर १६ मंगलबार हामि संग छलफलको लागि आउने भएकोले बिधमान परिस्थितिमा जापान सरकारले लागु गर्न लागेका नीति नियम बाट तपाई हामिमा पर्न गएको समस्या चिन्ता र भविष्यमा कस्तो समस्या आई पर्न सक्छ यसबारे यहाँ हरुको भनाइ राय समाजको मेसेन्जरमा राखि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ | जस्ले गर्दा हामि तपाई हरुको समस्यालाई माथि सम्म सुनुवाइको लागि पुर्याउन सकौ ?के थाहा सबै विदेशीहरुको एकजुट आवाजले समस्याको सुनुवाई पो हुन्छकी ...

27th jspanese speech contest Foreigners (request)गुन्मा केन ओता शि ओता इन्टरनेसनल एसोसिएसन र ओता लाईन्स क्लब को आयोजनामा...
05/12/2025

27th jspanese speech contest Foreigners (request)
गुन्मा केन ओता शि ओता इन्टरनेसनल एसोसिएसन र ओता लाईन्स क्लब को आयोजनामा आउने नयाँ बर्ष 2026 फेब्रुअरी 1 आइतबारको दिन "जापान आएपछि तपाइले कस्तो महसुस गर्नुभयो र कस्तो भई दिए हुन्थ्यो " भन्ने शिर्षकमा बिदेशी नागारिक हरुको लागि 27 औ जापानिज भाषण प्रतियोगिता (27th japanese speech contest foreigners(request) माथिको शिर्षकमा 5 मिनट जापानिज भाषामा आफ्नो विचार र अनुभवहरु व्यक्त गर्न जापानिज भाषण प्रतियोगिता आयोजना हुन गइ रहेको यहाँहरुलाई जानाकारी गराउन चाहन्छौ |
तपाई हामि गुन्मा प्रान्त मा बिभिन्न पेशामा संलग्न जापानिज भाषामा दखल राख्नुहुने सर्बसाधारण नेपाली तथा बिद्यार्थी युवाहरुले नेपाली हरुको तर्फ बाट प्रतिनिधित्व गरि यो भाषण प्रतियोगितामा सहभागी भई दिइएको शिर्षक बारे आफ्नो विचार र अनुभव प्रस्तुत गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ | प्रतियोगितामा भाग लिनुहुने प्रतियोगी हरुले यो डिसेम्बर १२ तारिख शुक्रबार साँझ ५ बजे सम्म ओता इन्टरनेसनल एसोसिएसन को वेबसाईड गई फारामहरु डाउनलोड गर्न सकिन्छ |फाराम भरि तल पोष्टरमा दिइएको इमेलमा मेल गर्नुहोला | धन्यवाद

बिशेष गरि पहाडी जंगल क्षेत्र आसपासका बस्ति क्षेत्रमा भालुको बिगबिगी बढ्दो छ सचेत रहौ ...
04/12/2025

बिशेष गरि पहाडी जंगल क्षेत्र आसपासका बस्ति क्षेत्रमा भालुको बिगबिगी बढ्दो छ सचेत रहौ ...

गुन्मा प्रिफेक्चरमा बारम्बार देखिएको!!
कालो भालुबाट सावधान रहनुहोस्

आउने 2025 डिसेम्बर 7 आइतबार गुन्मा केन ओताशी ओता इन्टरनेसनल एसोसिएसनको आयोजनामा बहुसाँस्कृतिक फुरेआई फेस्टा ओता २०२५ (Fu...
29/11/2025

आउने 2025 डिसेम्बर 7 आइतबार गुन्मा केन ओताशी ओता इन्टरनेसनल एसोसिएसनको आयोजनामा बहुसाँस्कृतिक फुरेआई फेस्टा ओता २०२५ (Fureai Festa Ota 2025) जापानीज समुदाय र बिभिन्न देशका नागरिक हरु बिच भाइचाराको सम्बन्ध कायम गर्नुको साथै खाना भेषभुषा संकृतिको पहिचान होस भन्ने हेतुले बिभिन्न देस विदेशको मौलिक खाना को किचेन कार,लोक नृत्य तथा आ-आफ़्नो देशका भेषभुषा को पनि प्रस्तुति र प्रदर्शन हुने भएकोले बिगतको बर्ष झैँ यो बर्ष पनि हामि नेपाली हरुको तर्फ बाट नेपाली मौलिक लोक नृत्य तथा नेपाली भेषभुषाको पनि प्रदर्शन हुने भएकोले इक्छुक कोहि हुनुहुन्छ भने सम्पर्क गर्नुहोला | सम्पर्क 090-1534-1997
कार्यक्रममा Exchane Game साटासाट खेल,गुन्माको गुन्मा चान ( Air Inflatable Toy Gunma -Chan ) संग पनि खेलेर फोटो खिचेर मनोरंजन लिन सक्नु हुनेछ | यो कार्यक्रममा परिवार बालबच्चा सहित उपस्थित हुनु भयो भने अझै बढी रमाइलो हुनेछ भने कार्यक्रममा आकर्षक पुरष्कारको पनि व्यवस्था गरिएको छ| आफुपनि रमाइलो गर्नोस बालबच्चालाई पनि रमाइलो गराउनु होस |
https://maps.app.goo.gl/FHDrX6kLqzeukgT67?g_st=ipc

住所

Ota-shi, Gunma
370-0424

ウェブサイト

アラート

Nepali Sajha Samaj Japan一般社団法人 在日ネパール人サーザ福祉協会がニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

その団体に問い合わせをする

Nepali Sajha Samaj Japan一般社団法人 在日ネパール人サーザ福祉協会にメッセージを送信:

共有する

カテゴリー