किरात राई यायोक्खा जापान टोक्यो

किरात राई यायोक्खा जापान टोक्यो Culture

03/05/2026

Solo sakela dance

03/05/2026

Sakela puja

03/05/2026

Sakela ubhauli tokyo 2026

19/04/2026

चुले निम्तो गर्नुहुँदै किरात राई यायोक्खा जापान टोक्यो क्षेत्रीय समितिका पूर्व अध्यक्ष राजन्ती साम्पाङ राईज्यू 🙏 ゚ ゚viralシ

17/04/2026

सम्पुर्ण जापान बासी किराती तथा गैर किरातीहरू मा हार्दिक निमन्त्रणा गर्दछौ 🙏🙏

किरात राई यायोख्खा जापान क्षेत्रीय समिति टोक्योको तर्फबाटनयाँ वर्ष २०८३ को हार्दिक शुभकामनादेश तथा विदेशमा रहनु हुने सम्...
14/04/2026

किरात राई यायोख्खा जापान क्षेत्रीय समिति टोक्योको तर्फबाट
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना

देश तथा विदेशमा रहनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

नयाँ वर्षले यहाँहरूको जीवनमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामना गर्दछौँ। विगत वर्षले दिएका अनुभवहरूलाई आत्मसात् गर्दै, आगामी दिनहरू अझ उत्साह, एकता र सकारात्मक ऊर्जाका साथ अगाडि बढ्न हामी सबैलाई प्रेरणा मिलोस्।

परदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति, परम्परा र पहिचान जोगाउँदै अगाडि बढ्नु हामी सबैको साझा दायित्व हो। यसमा यहाँहरूको निरन्तर साथ, सहयोग र सहभागिताका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। आगामी दिनहरूमा पनि किरात राई यायोख्खा जापान क्षेत्रीय समिति टोक्योसँग हातेमालो गर्दै समाज, संस्कार र समुदायको हितमा अगाडि बढ्ने विश्वास लिएका छौँ।

नयाँ वर्ष २०८३ ले नयाँ आशा, नयाँ ऊर्जा र नयाँ सम्भावनाहरू लिएर आओस्। सबैमा स्वास्थ्य, खुशी र सफलताको कामना गर्दछौँ।

धन्यवाद।
किरात राई यायोख्खा जापान क्षेत्रीय समिति टोक्यो

12/04/2026
टोक्योको प्राकृतिक सौन्दर्यले रमणीय सहर हाइजिमा मा यसपटकको साकेला उभौली आयोजना हुँदैछ।लोकेशनको लागि यो फोटो डाउनलोड गरी,...
12/04/2026

टोक्योको प्राकृतिक सौन्दर्यले रमणीय सहर हाइजिमा मा यसपटकको साकेला उभौली आयोजना हुँदैछ।

लोकेशनको लागि यो फोटो डाउनलोड गरी, फोटोभित्रको QR कोडमा लामो समय थिचेर Google बाट खोल्न सक्नु हुनेछ।

मिति: मे ३, २०२६ (आइतबार)
स्थान: 拝島自然公園

बिदा मिलाउनु भयो त?

12/04/2026

किरात राई यायोक्खा जापान द्वारा जापानको बिभिन्न सहरहरुमा साकेला उभौली मनाइदै -2026

May 3 - Tokyo
Time 11am-17pm
Address :- 東京都昭島市拝島町4丁目 (拝島自然公園)
आयोजक:- केन्द्र र क्षेत्रीय समिती टोकियो

May 3 - Fukuoka
Time:- 13pm-17pm
Address:- 福岡県福岡市博多区
上川端町7 (Reisen park )
आयोजक:- क्षेत्रीय समिती फुकुओका

May 17 - NAGOYA
Time :- 11am-18pm
Address- 愛知県名古屋市西区山田町大字上小田井 3527
(庄内緑地公園)
आयोजक:- क्षेत्रीय समिती तोकाई नागोया

May 24 - Kanto Gunma
Time:- 7am-19pm
Address:- 群馬県前橋市千代田町2丁目8−21−ほか
(Maebashi Central Event Square)
आयोजक:- क्षेत्रीय समिती कान्तो

जापानवासी सम्पूर्ण किराती तथा गैर–किराती नेपाली समुदायमा हार्दिक जानकारीकिरात राई यायोक्खा क्षेत्रीय समिति टोकियोद्वारा ...
20/03/2026

जापानवासी सम्पूर्ण किराती तथा गैर–किराती नेपाली समुदायमा हार्दिक जानकारी

किरात राई यायोक्खा क्षेत्रीय समिति टोकियोद्वारा आउँदो May 3, Sunday किरात राई समुदायको महान सांस्कृतिक चाड उभौली साकेला (येलेदोङ ५०८६ ) भव्य रूपमा मनाउन गइरहेको जानकारी गराउन चाहन्छौँ।

Golden Week को समय परेकोले, उक्त दिन सम्पूर्ण महानुभावहरूले हामीहरूसँगै उपस्थित भई साकेला पर्व मनाउनका लागि अग्रिम समय मिलाई दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

कार्यक्रमको स्थान र समय हालसम्म निर्धारण भएको छैन। निर्धारण भएलगत्तै पुनः जानकारी गराइनेछ, कृपया प्रतीक्षा गर्नुहोस्।

住所

Minamisuna 2-3-1
Koto-ku, Tokyo
136-0076

電話番号

+818089063915

ウェブサイト

アラート

किरात राई यायोक्खा जापान टोक्योがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

その団体に問い合わせをする

किरात राई यायोक्खा जापान टोक्योにメッセージを送信:

共有する

カテゴリー