03/09/2026
🌸 कोपिला १२औँ श्रृंखला 🌸
नेपालका लागि प्रार्थना (दिप प्रज्वलन) तथा नियमित कोपिला कक्षा
📢 जानकारी: तीज विशेष कार्यक्रम रद्द गरिएको छ
हाम्रो मातृभूमि नेपाल अहिले अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिरहेको सन्दर्भमा, कोपिलाले योजना गरेको तीज विशेष कार्यक्रम रद्द गरिएको जानकारी गराउन चाहन्छौँ।
आगामी कार्यक्रममा, यो अकल्पनीय घटनामा पर्नुहुनेहरुको सम्झनामा दीप प्रज्वलन सामूहिक प्रार्थना गर्ने कार्यक्रम आयोजना गरिएको छ।
यस विशेष समयमा बालबालिकासँग दुःख, सहानुभूति, सहयोग र एकताको भावना बाँड्दै विचार आदानप्रदान गर्ने अवसर पनि हुनेछ। (यदि बालबालिकाहरुको केही प्रसतुति-कथा, कविता आदि भएमा हामीलाई जानकारी गराउनुहोला)
यसका साथै नियमित रूपमा:
📖 कथा श्रवण
🤸 व्यायाम तथा खेलकुद
🎨 चित्रकला
💬 प्रकोप तथा आपत्कालीन अवस्थाबारे बालबालिकासँग विचार आदानप्रदान
कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
👨👩👧👦 अभिभावकज्यूहरूलाई आफ्ना बालबालिकासहित उपस्थित भई यस विशेष अवसरमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।
📝 सहभागिताका लागि
तयारीको सुविधाका लागि सकेसम्म छिटो बच्चाको नाम र उमेर म्यासेजमार्फत जानकारी गराइदिनुहुन अनुरोध छ।
🕯️ नोट: सुरक्षालाई ध्यानमा राख्दै ब्याट्रीबाट चल्ने क्यान्डल प्रयोग गरिनेछ। क्यान्डलको व्यवस्था कोपिलाले गर्नेछ। कसैसँग आफ्नै ब्याट्री क्यान्डल भए ल्याउन पनि सक्नुहुनेछ।
________________________________________
📅 कार्यक्रम विवरण
मिति: सेप्टेम्बर १२
समय: बिहान १०:३०–१२:३०
(बिहान १० बजेदेखि आउन सक्नुहुनेछ।)
📍 कार्यक्रम स्थल:
Kanagawa Kenmin Center, 12th Floor
🏠 ठेगाना:
2-24-2 Tsuruya-cho, Kanagawa-ku, Yokohama-shi, Kanagawa 221-0835, Japan
🗺️ Map:
https://maps.app.goo.gl/TdudSp1R43ioEYqs9
कुनै प्रश्न वा जिज्ञासा भएमा कार्यक्रम संयोजिका यसोदा बस्नेतलाई सम्पर्क गर्नुहोला।
Yasu Basnet
Dū Rgä