19/07/2026
━━━━━━━━━━━━━━━━━━
🌸🙏 हार्दिक धन्यवाद तथा आभार! 🙏🌸
━━━━━━━━━━━━━━━━━━
फुकुओका नेपाल सोसाइटी (𝑭𝙐𝑵𝙀𝑺𝙊) का अध्यक्ष 𝑴𝒓. 𝑫𝒊𝒑𝒂𝒌 𝑩.𝑲. ज्यूको अध्यक्षता तथा वरिष्ठ उपाध्यक्ष 𝑴𝒓. 𝑨𝒔𝒉𝒐𝒌 𝑺𝒆𝒅𝒉𝒂𝒊𝒏 ज्यूको संयोजकत्वमा आयोजित ““५ औँ स्युस्योकु सेमिनार (𝑱𝒐𝒃 𝑭𝒂𝒊𝒓) २०२६” सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं।
यस कार्यक्रममा जापानका विभिन्न विश्वविद्यालय (大学) तथा विशेषज्ञ विद्यालय (専門学校) मा अध्ययनरत नेपाली विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले विभिन्न प्रतिष्ठित कम्पनीका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गरी कम्पनीको परिचय, कार्यक्षेत्र, रोजगारीका अवसर तथा भविष्यका करियर सम्भावनाबारे महत्वपूर्ण जानकारी प्राप्त गरेका छन्।
यस कार्यक्रमलाई सफल बनाउन सहभागी सम्पूर्ण कम्पनीहरू, कम्पनीका प्रतिनिधिहरू, विद्यार्थीहरू, स्वयंसेवकहरू, सहयोगी संस्थाहरू तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति फुकुओका नेपाल सोसाइटी (𝑭𝙐𝑵𝙀𝑺𝙊) हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।
फुकुओका नेपाल सोसाइटी (𝑭𝙐𝑵𝙀𝑺𝙊) आगामी दिनहरूमा पनि जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूको शैक्षिक, व्यावसायिक तथा करियर विकासका लागि यस्ता उपयोगी कार्यक्रमहरू निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछ।
धन्यवाद।
फुकुओका नेपाल सोसाइटी (𝑭𝙐𝑵𝙀𝑺𝙊)
🌸════════════════════════════🌸
कार्यक्रमका केही अविस्मरणीय झलकहरू यहाँहरूमाझ प्रस्तुत गरेका छौं।
🌸════════════════════════════🌸
यस कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण विद्यार्थीहरू, सहभागी कम्पनीहरू, कम्पनीका प्रतिनिधिहरू, स्वयंसेवकहरू तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई पुनः एकपटक हार्दिक धन्यवाद व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि यहाँहरूको निरन्तर साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दछौं।