16/09/2026
#हार्दिक_धन्यवाद_तथा_कृतज्ञता_ज्ञापन
मातृभूमिले भोगिरहेको यस विषम परिस्थितिलाई आत्मसात् गर्दै, वर्तमान अवस्थाअनुकूल परिमार्जन गरिएको #तीज_कार्यक्रम_2026 कार्यक्रमलाई भव्य, सभ्य तथा सफल रूपमा सम्पन्न गराउन प्रत्यक्ष तथा परोक्ष रूपमा साथ, सहयोग, सद्भाव र सहभागिता जनाउनुहुने सम्पूर्ण महानुभावहरूप्रति फुकुओका नेपाल सोसाइटी (𝑭𝙐𝑵𝙀𝑺𝙊) हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्दछ।
यस वर्षको तीजलाई केवल उत्सव र मनोरञ्जनमा मात्र सीमित नराखी, हाम्रो मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनसँगै दुःखमा परेका नागरिकहरूप्रतिको ऐक्यबद्धता, सद्भाव, सेवाभाव तथा समाजसेवी भावनालाई अभिव्यक्त गर्ने अवसरका रूपमा अघि बढाउने हाम्रो उद्देश्यमा तपाईंहरूको साथ र सहभागिताले थप अर्थ र ऊर्जा प्रदान गरेको छ।
परदेशी भूमिको व्यस्त दैनिकी, व्यक्तिगत तथा व्यावसायिक जिम्मेवारीका बाबजुद पनि आफ्नो अमूल्य समय निकालेर कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनुहुने सम्पूर्ण अतिथिज्यूहरू, समाजसेवी, व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, कलाकार, सञ्चारकर्मी, स्वयंसेवक तथा जापानमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति विशेष सम्मानसहित हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
तपाईंहरूको उपस्थिति केवल एउटा सांस्कृतिक कार्यक्रममा सहभागिता मात्र थिएन; यो परदेशमा रहेर पनि नेपाली कला, संस्कृति, परम्परा, पहिचान र मानवीय संवेदनालाई हृदयमा जीवित राख्ने सामूहिक प्रतिबद्धताको सुन्दर अभिव्यक्ति थियो। तपाईंहरूले प्रदान गर्नुभएको साथ, विश्वास र हौसलाकै कारण कार्यक्रमले अपेक्षित उद्देश्य प्राप्त गर्दै भव्य रूपमा सम्पन्न हुन सकेको हो।
कार्यक्रमको सफलताका लागि आर्थिक, भौतिक, प्राविधिक तथा नैतिक रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरू, प्रायोजक, सहकार्य गर्ने संघ–संस्था, कलाकार तथा कार्यक्रम व्यवस्थापनदेखि समापनसम्म आफ्नो समय, श्रम र सीप समर्पण गर्नुहुने स्वयंसेवकहरूप्रति (𝑭𝙐𝑵𝙀𝑺𝙊) विशेष आभार व्यक्त गर्दछ।
साथै, संस्थाप्रति तपाईंहरूले राख्नुभएको विश्वास र जिम्मेवारीलाई उच्च सम्मान गर्दै #तीज_कार्यक्रम_2026 को सम्पूर्ण आय–व्यय विवरणलाई पारदर्शिता, जवाफदेहिता र संस्थागत जिम्मेवारीका साथ यथासम्भव केही दिनभित्र सार्वजनिक गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौँ। कार्यक्रमसँग सम्बन्धित आर्थिक गतिविधिको स्पष्ट र पारदर्शी विवरण सम्पूर्ण शुभेच्छुक तथा सहयोगी महानुभावसमक्ष प्रस्तुत गर्नेछौँ।
तपाईंहरूको विश्वास हाम्रो शक्ति हो,
तपाईंहरूको साथ हाम्रो प्रेरणा हो,
र तपाईंहरूको सहभागिता हाम्रो सफलताको आधार हो।
मातृभूमिबाट टाढा रहेर पनि नेपाली मनलाई एकताको सूत्रमा बाँध्ने यो आत्मीयता, हाम्रो कला–संस्कृति र पहिचानप्रतिको प्रेम तथा सेवाभावको यो यात्रा आगामी दिनमा अझ सुदृढ र सार्थक बन्दै जाओस् भन्ने हार्दिक कामना गर्दछौँ।
अन्त्यमा, #तीज_कार्यक्रम_2026 लाई सफल, भव्य र स्मरणीय बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति पुनः हार्दिक धन्यवाद, सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौँ।
हार्दिक धन्यवाद !
हार्दिक कृतज्ञता !
फुकुओका नेपाल सोसाइटी (𝑭𝙐𝑵𝙀𝑺𝙊)
फुकुओका, जापान
#तीज_कार्यक्रम_2026