Nepal Tamang Society of Japan-NTSJ

電話する アクセス ウェブサイト その団体に問い合わせる

Nepal Tamang Society of Japan-NTSJ नेपाल तामाङ समाज जापान
Nepal Tamang Society in Japan (NPO法人
NTSJ)
(1)

नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश भएर पनि राज्यस्तरबाट गरिइएको उपेक्षाका कारण यहाँका आदिवासी जनजातिहरुको भौतिक पहिचान संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा जापानमा रहेका नेपाली आदिवासी जनजातिहरु मध्यका एक तामाङ समुदायले पनि आफ्नै मौलिक भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्बर्ध्दन तथा समुदाय र राष्ट्रको हक, हित र उन्नतिका लागि सामुहिक र संगठित रुपमा प्रयत्नशील रहन एक सामाजिक संस्था तामाङ समाज जापान गठन गर्न वाञ्छानीय भएकोले यो तामाङ समाज जापान गठन गरिएको हो।

नमस्कार, ल्हासो फ्याफुल्ला! 🙏सम्पूर्ण सहयोगी दाताहरूलाई धेरै–धेरै धन्यवाद। 🙏रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशक...
19/10/2026

नमस्कार, ल्हासो फ्याफुल्ला! 🙏
सम्पूर्ण सहयोगी दाताहरूलाई धेरै–धेरै धन्यवाद। 🙏

रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि NPO法人 नेपाल तामाङ समाज जापानले दुई चरणमा गरी कुल ¥९४८,१५५ राहत सहयोग प्रदान गरेको छ।

यस राहत अभियानअन्तर्गत केन्द्रीय समिति तथा ७ वटै क्षेत्रीय समितिबाट जम्मा ¥७९८,१५५ सङ्कलन भएको थियो। त्यसमध्ये पहिलो चरणमा ¥६२६,२४० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत आर्थिक सहयोग गरिएको थियो।

सङ्कलित रकममध्ये बाँकी रहेको ¥१७१,९१५ मा केन्द्रीय समितिको कोषबाट ¥१५०,००० थप गरी दोस्रो चरणमा जम्मा ¥३२१,९१५ बराबरको नगद राहत वितरण गरिएको छ।

दोस्रो चरणको राहत नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्को समन्वयमा समाजका अध्यक्षज्यूको भौतिक उपस्थितिमा वितरण गरिएको हो। उक्त राहत काठमाडौँको सुन्दरीजल, बीपी चोकस्थित होल्डिङ सेन्टरमा रहेका गत भदौ १० गतेको बाढीबाट प्रभावित ७८ घरपरिवारलाई प्रदान गरिएको छ। राहत पाउनेमध्ये बुबाआमा नभएका ४ जना बालबालिका पनि रहेका छन्।

राहत वितरण कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, नेपाल तामाङ घेदुङका उपाध्यक्ष रुप योन्जन तामाङ, दिनेश लो, नेपाल तामाङ समाज जापानका अध्यक्ष गिरबहादुर तामाङ घिसिङ, चर्चित गायक विश्व दोङ, रसुवा घेदुङका अध्यक्ष एसटी लामा, समाजसेवी तेम्रेल तामाङ तथा आमाछोदिङ्मो गाउँपालिकाका वडा जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।

यस मानवीय अभियानमा समन्वय र सहयोग गर्नुहुने नेपाल तामाङ घेदुङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्, केन्द्रीय समिति, ७ वटै क्षेत्रीय समिति तथा सम्पूर्ण सहयोगी दाताहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ। तपाईंहरूको सहयोगले बाढीबाट प्रभावित परिवारलाई राहत पुर्‍याउन सम्भव भएको हो। 🙏

NPO法人 नेपाल तामाङ समाज जापान

रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले NPO法人 नेपाल तामाङ समाज...
17/10/2026

रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले NPO法人 नेपाल तामाङ समाज जापान ले पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ६ लाख आर्थिक सहयोग गरेको थियो।

दोस्रो चरणमा नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्को समन्वयमा केन्द्रीय समिति तथा ७ वटै क्षेत्रीय समितिबाट सङ्कलित रु. ३ लाख ९ हजार ३ सय ६० नगद राहत काठमाडौँको सुन्दरीजल, बीपी चोकस्थित होल्डिङ सेन्टरमा रहेका गत भदौ १० गतेको बाढीबाट प्रभावित ७८ घरपरिवारलाई वितरण गरिएको छ। राहत पाउनेमध्ये बुबाआमा नभएका ४ जना बालबालिका पनि रहेका छन्।

राहत वितरण कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, नेपाल तामाङ घेदुङका उपाध्यक्ष रुप योन्जन तामाङ, दिनेश लो, नेपाल तामाङ समाज जापानका अध्यक्ष गिरबहादुर तामाङ घिसिङ, चर्चित गायक विश्व दोङ, रसुवा घेदुङका अध्यक्ष एसटी लामा, समाजसेवी तेम्रेल तामाङ तथा आमाछोदिङ्मो गाउँपालिकाका वडा जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।

यस मानवीय अभियानमा समन्वय र सहयोग गर्नुहुने नेपाल तामाङ घेदुङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्, केन्द्रीय समिति, ७ वटै क्षेत्रीय समिति तथा सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।

NPO法人 नेपाल तामाङ समाज जापान

शेर्पा संघ जापानको १६औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित हुनुभएका आदरणीय सोनाम लामा ज्यू, महासचिवमा निर्वाचित जेनी ...
13/10/2026

शेर्पा संघ जापानको १६औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित हुनुभएका आदरणीय सोनाम लामा ज्यू, महासचिवमा निर्वाचित जेनी शेर्पा ज्यू लगायत नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूमा हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। 🙏💐

गिरबहादुर तामाङ घिसिङ
अध्यक्ष
NPO法人 नेपाल तामाङ समाज जापान

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति, मलेसियाको २०२६ अक्टोबर ४ आइतबार क्वालालम...
06/10/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!

नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति, मलेसियाको २०२६ अक्टोबर ४ आइतबार क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा सम्पन्न पाँचौँ अधिवेशन तथा २१औँ वार्षिकोत्सवबाट अध्यक्षमा निर्वाचित श्री सविन कुमार लोप्चन तामाङज्यू लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

नवनिर्वाचित सम्पूर्ण कार्यसमितिको कार्यकाल सफल तथा उपलब्धिमूलक रहोस्। तामाङ समाज र समुदायको हितमा अझ प्रभावकारी योगदान पुग्ने विश्वास व्यक्त गर्दछु।

गिरबहादुर तामाङ घिसिङ
अध्यक्ष
NPO法人 नेपाल तामाङ समाज जापान

03/10/2026
नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति इराक कुर्दिस्तानको पाँचौँ अधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएका श्री ...
03/10/2026

नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति इराक कुर्दिस्तानको पाँचौँ अधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएका श्री श्याम मम्बा तामाङज्यू लगायत सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। 🙏

तपाईंहरूको नेतृत्वमा तामाङ भाषा, कला, संस्कृति, पहिचान र एकताको संरक्षण तथा प्रवर्द्धनमा थप महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ।

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🎊

गिरबहादुर तामाङ घिसिङ
अध्यक्ष
NPO法人 नेपाल तामाङ समाज जापान

NEFIN Cultural Festival Kansai 2026 — नेपाल तामाङ समाज जापान, कान्साई क्षेत्रीय समिति (ओसाका) का केही झलकहरू ✨यस महत्त्व...
19/09/2026

NEFIN Cultural Festival Kansai 2026 — नेपाल तामाङ समाज जापान, कान्साई क्षेत्रीय समिति (ओसाका) का केही झलकहरू ✨

यस महत्त्वपूर्ण कार्यक्रमलाई सफल बनाउन नेपाल तामाङ समाज जापान, कान्साई क्षेत्रीय समितिले पनि प्रत्यक्ष रूपमा अथक मेहनत, सक्रिय सहभागिता र जिम्मेवारीपूर्वक निर्वाह गरेको भूमिका अत्यन्तै प्रशंसनीय छ।

तामाङ समुदायको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा र पहिचानलाई गौरवपूर्ण रूपमा प्रस्तुत गर्नुहुने कान्साई क्षेत्रीय समितिका सम्पूर्ण पदाधिकारी, सदस्य तथा सहयोगीहरूप्रति केन्द्रीय समितिको तर्फबाट हार्दिक धन्यवाद एवं उच्च सम्मान व्यक्त गर्दछौँ।

आगामी दिनमा पनि यही सक्रियता, एकता र जिम्मेवारीलाई निरन्तरता दिँदै तामाङ समुदायको मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा अझ सशक्त रूपमा अग्रसर रहन हार्दिक अनुरोध गर्दछौँ।

NPO法人 नेपाल तामाङ समाज जापान
केन्द्रीय समिति

हार्दिक बधाई तथा शुभकामना नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइनको मिति १८ सेप्टेम्बर २०२६, शुक्रबार मनामा स्थित K C...
19/09/2026

हार्दिक बधाई तथा शुभकामना

नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइनको मिति १८ सेप्टेम्बर २०२६, शुक्रबार मनामा स्थित K City Business Center को सभाहलमा सम्पन्न ऐतिहासिक सातौँ अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित हुनुभएका अध्यक्ष श्री योजना तामाङज्यू लगायत सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरूमा नेपाल तामाङ समाज जापान परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

नयाँ कार्यसमितिको कार्यकालमा संस्थागत एकता, सहकार्य र आपसी सद्भाव अझ मजबुत हुँदै तामाङ भाषा, कला, संस्कृति, परम्परा, पहिचान तथा अधिकारको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ।

सम्पूर्ण नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🌹

NPO法人 नेपाल तामाङ समाज जापान परिवार

जापान भ्रमणमा रहनुभएका बागमती प्रदेश, धादिङ जिल्लास्थित रुबी भ्याली गाउँपालिकाका आदरणीय अध्यक्ष रामसिंह तामाङज्यूसँग NPO...
13/09/2026

जापान भ्रमणमा रहनुभएका बागमती प्रदेश, धादिङ जिल्लास्थित रुबी भ्याली गाउँपालिकाका आदरणीय अध्यक्ष रामसिंह तामाङज्यूसँग NPO法人 नेपाल तामाङ समाज जापानको तर्फबाट भेटघाट गरी सम्मान–पत्र प्रदान गरिएको छ।

तामाङ समुदायको प्रतिनिधित्व गर्दै स्थानीय तहको नेतृत्व तथा सामाजिक क्षेत्रमा उहाँले पुर्‍याउँदै आउनुभएको योगदानको उच्च कदर गर्दै उहाँप्रति सम्मान व्यक्त गर्दछौँ।

यस भेटघाट तथा सम्मान कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार तथा धन्यवाद।

NPO法人 नेपाल तामाङ समाज जापान
केन्द्रीय समिति

住所

Tokyo
Chuo-ku, Tokyo

電話番号

+817074707931

アラート

Nepal Tamang Society of Japan-NTSJが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

その団体に問い合わせる

Nepal Tamang Society of Japan-NTSJにメッセージを送信:

ショートカット

共有する

カテゴリー