Nepal Tamang Society of Japan-NTSJ

Nepal Tamang Society of Japan-NTSJ नेपाल तामाङ समाज जापान
Nepal Tamang Society in Japan (NPO法人
NTSJ)
(1)

नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश भएर पनि राज्यस्तरबाट गरिइएको उपेक्षाका कारण यहाँका आदिवासी जनजातिहरुको भौतिक पहिचान संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा जापानमा रहेका नेपाली आदिवासी जनजातिहरु मध्यका एक तामाङ समुदायले पनि आफ्नै मौलिक भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्बर्ध्दन तथा समुदाय र राष्ट्रको हक, हित र उन्नतिका लागि सामुहिक र संगठित रुपमा प्रयत्नशील रहन एक सामाजिक संस्था तामाङ समाज जापान गठन गर्न वाञ्छानीय भएकोले यो तामाङ समाज जापान गठन गरिएको हो।

14/08/2026

🎉 हार्दिक बधाई तथा शुभकामना ! 🎉
अनलाइनखबरको ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूचीमा पर्न सफल महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा तामाङलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
महालेखापरीक्षकको परीक्षणमा लगातार ३ वर्ष शून्य बेरुजु कायम गर्दै सुशासनको उत्कृष्ट नमुना प्रस्तुत गर्नुभएको उहाँको उक्त योगदानको उच्च सम्मान व्यक्त गर्दछौं ।
पालिकाको विकास, सुशासन, पारदर्शिता र समृद्धिका लागि उहाँको नेतृत्व अझ प्रभावकारी बन्दै जाओस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।


video from routineoftamang

ल्हासो फ्याफुल्जी 🙏 नमस्कार।आउँदो सेप्टेम्बर ५, २०२६ मा आयोजना हुन गइरहेको डम्फूसेलो तथा म्हेन्दोमाया सांस्कृतिक साँझ–२०...
13/08/2026

ल्हासो फ्याफुल्जी 🙏 नमस्कार।

आउँदो सेप्टेम्बर ५, २०२६ मा आयोजना हुन गइरहेको डम्फूसेलो तथा म्हेन्दोमाया सांस्कृतिक साँझ–२०२६ कार्यक्रममा जापानवासी सम्पूर्ण तमाङ तथा गैर–तमाङ दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक निमन्त्रणा गर्दछौँ। 🙏

हाम्रो भाषा, कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि आयोजना गरिएको यस कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिले कार्यक्रमको शोभा बढाउनुका साथै हामीलाई थप हौसला प्रदान गर्नेछ।

📅 मिति: ५ सेप्टेम्बर २०२६
🕐 समय: दिउँसो १:०० बजेबाट
📍 स्थान: Royal Garden Lounge & Bar, Hyakunincho, Shinjuku, Tokyo

सम्पूर्णमा हार्दिक निमन्त्रणा। 🙏

आयोजक:
NPO法人 नेपाल तामाङ समाज जापान

जापानको सांगीतिक भ्रमणमा रहनुभएका चर्चित गायक, नायक तथा संगितकार निमा रूम्बाज्युको लागि सम्मान तथा भेटघाट कार्यक्रम - टो...
12/08/2026

जापानको सांगीतिक भ्रमणमा रहनुभएका चर्चित गायक, नायक तथा संगितकार निमा रूम्बाज्युको लागि सम्मान तथा भेटघाट कार्यक्रम
- टोक्यो

12/08/2026

जापानको सांगीतिक भ्रमणमा रहनुभएका चर्चित गायक, नायक तथा संगितकार निमा रूम्बाज्युको लागि सम्मान तथा भेटघाट कार्यक्रम
- टोक्यो

हार्दिक स्वागत तथा सम्मान 🙏नेपाली सांगीतिक क्षेत्रमा आफ्नो विशिष्ट कला, सिर्जना र प्रतिभामार्फत छुट्टै पहिचान स्थापित गर...
11/08/2026

हार्दिक स्वागत तथा सम्मान 🙏

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो विशिष्ट कला, सिर्जना र प्रतिभामार्फत छुट्टै पहिचान स्थापित गर्दै तामाङ समुदायको शिर उच्च बनाउन सफल चर्चित वरिष्ठ गायक, नायक, संगीतकार तथा रचनाकार आदरणीय श्री निमा रुम्बाज्यू जापान भ्रमणमा रहनुभएको सुखद अवसरमा उहाँसँग विशेष भेटघाट, स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ।

तामाङ समुदायको गौरव र पहिचानलाई नेपाली सांगीतिक क्षेत्रमा उँचो बनाउन उहाँले पुर्‍याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै जापानमा हार्दिक स्वागत गर्दछौँ।

मिति: २०२६ अगस्ट १२, बुधबार
समय: साँझ ५:०० बजे
स्थान: Kumari Restaurant, Shin-Okubo, Tokyo

NPO法人 नेपाल तामाङ समाज जापान
केन्द्रीय कार्यसमिति
महासचिव: देबेन्द्र तामाङ योञ्जन

३२ औं विश्व आदिवासी दिवसको शुभकामना 🙏🙏
10/08/2026

३२ औं विश्व आदिवासी दिवसको शुभकामना 🙏🙏

हार्दिक निमन्त्रणा 🙏🙏
23/07/2026

हार्दिक निमन्त्रणा 🙏🙏

नेपाल तामाङ समाज जापान , कान्साई क्षेत्रिय समिति द्वारा आयोजित धर्म प्रवचन सम्बन्धी सुचना !!नजिक रहनुहुने सम्पुर्ण महानु...
23/07/2026

नेपाल तामाङ समाज जापान , कान्साई क्षेत्रिय समिति द्वारा आयोजित धर्म प्रवचन सम्बन्धी सुचना !!

नजिक रहनुहुने सम्पुर्ण महानुभाबहरूमा हार्दिक आमन्त्रण गर्दछौं ।।

住所

Tokyo
Chuo-ku, Tokyo

電話番号

+817074707931

アラート

Nepal Tamang Society of Japan-NTSJがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

その団体に問い合わせをする

Nepal Tamang Society of Japan-NTSJにメッセージを送信:

ショートカット

共有する

カテゴリー