गैर आवाशिय नेपाली संघ, रासप, ईराक

गैर आवाशिय नेपाली संघ, रासप, ईराक The Non-residence Nepali Association (NRNA)
NCC Iraq. ( Est-2011 ) The current mission is too vague, hence, carries little meaning as stated.

The Non residence Nepali Association (NRNA) is recommended to change its mission from “uniting Diasporas globally” to “coordinating resources and efforts of Diasporas globally for helping Nepal".

02/04/2026
02/04/2026

नेपाल फर्कन चाहानुहुनेहरुका लागि यो जानकारि ।

31/03/2026

दु:खद खबर
२८ मार्च २०२६ का दिन दुई नेपालीको कुर्दिस्तानको अर्बिल र सुलेमानि शहरमा मृत्यु भएको छ।
नागरिकता प्रमाणपत्रका अनुसार धावा-३ तान्द्राङ गोरखा घर भइ बिगत दश बर्ष भन्दा अगाडी देखि कुर्दिस्तान सुलेमानि इराकमा कर्म थलो बनाइ बसेकि रिता भुजेलको आफु बस्ने कोठामानै मृत अवस्थामा भेटिएको थियो भने पाचोक दोर्दि -५ लम्जुङका लेखमान घलेको अर्बिलको जुमुरि हस्पिटलमा उपचारको क्रममा दुखद निधन भएको छ मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौं ।

29/03/2026
कानुनको पालना गर्नुहुन सबैमा अनुरोध । जथाभावी भिडियो पोष्ट नगर्नुहोला कानुनि कार्बाहि बाट जोगिनुहोला।
12/03/2026

कानुनको पालना गर्नुहुन सबैमा अनुरोध । जथाभावी भिडियो पोष्ट नगर्नुहोला कानुनि कार्बाहि बाट जोगिनुहोला।

🚨 अत्यन्त जरुरी सार्वजनिक सूचनाइराकमा  रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई दूतावासको आपतकालीन पोर्टलमा दर्...
04/03/2026

🚨 अत्यन्त जरुरी सार्वजनिक सूचना
इराकमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई दूतावासको आपतकालीन पोर्टलमा दर्ता गर्न हार्दिक अनुरोध।

हाल इराक राख्दा नजिकको एम्बेस्सीको नाम राख्न नमिलेको समस्या समाधान भैसकेको छ।

Non-Resident Nepali Association National Coordination Council Iraq (एनआरएनए एनसीसी इराक ) ले Embassy of Nepal,state of kuwait सँग समन्वय गर्दै हालै सुरु गरिएको आपतकालीन विवरण संकलन अभियानमा अधिकतम सहभागिताको लागि सक्रिय पहल गरिरहेको छ।

मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको परिस्थितिलाई मध्यनजर गर्दै दूतावासले कतारमा बसोबास गर्ने नेपाली नागरिकहरूको आवश्यक विवरण संकलन गर्न विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। यो अग्रिम तयारीको कदमले सम्भावित जटिल अवस्थामा छिटो, व्यवस्थित र प्रभावकारी रूपमा सहयोग उपलब्ध गराउन मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

एनआरएनए एनसीसी इराक सम्पूर्ण इराकवासी नेपाली नागरिकहरूलाई आधिकारिक पोर्टलमार्फत यथाशीघ्र आफ्नो विवरण दर्ता गर्न जोडदार अनुरोध गर्दछ। यस सामूहिक प्रयासले दूतावास तथा Ministry of Foreign Affairs Nepal लाई अद्यावधिक अभिलेख राख्न र आवश्यक परेमा समयमै सहयोग उपलब्ध गराउन सहजता प्रदान गर्नेछ।

📌 दर्ता गर्ने तरिका:
🔗 आधिकारिक दर्ता पोर्टल:
https://legal.nepalconsular.gov.np/urgent-rescue
📱 दर्ता लिंक त माध्यमहरूमा पनि उपलब्ध छन्:
* दूतावासको आधिकारिक सामाजिक सञ्जाल पृष्ठहरू
* एनआरएनए एनसीसी इराकको आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरू
दर्ता प्रक्रियामा कुनै समस्या वा सहयोग आवश्यक परेमा एनआरएनए एनसीसी इराकका प्रतिनिधिहरू सहयोगका लागि उपलब्ध रहनेछन्। सबै संघ–संस्था, सामाजिक समूह तथा समुदायका अगुवाहरूलाई यो सूचना व्यापक रूपमा प्रचार–प्रसार गरी कुनै पनि नेपाली दर्ताबाट छुट्न नदिन हार्दिक अनुरोध गर्दछौं।

इराक—कुर्दिस्तान हाम्रो दोस्रो मातृभूमि—प्रति सम्मान र प्रतिबद्धतासहित हामी सबै एकजुट भई समुदायको सुरक्षा, हित र गरिमाको संरक्षणमा सजग रहौँ।

28/02/2026

हाल मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण हामी सबैमा चासो र चिन्ता स्वाभाविक छ। विशेषगरी खाडी क्षेत्रमा रहेका हामी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सचेत, संयमित र सुरक्षित रहनु अत्यन्त आवश्यक छ।
- आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र विश्वास गर्नुहोस्। अफवाह र अपुष्ट समाचारमा नअल्झिनुहोस्।
- स्थानीय प्रशासन तथा इराक सरकारका निर्देशनहरू पालना गर्नुहोस्।
- आपतकालीन सम्पर्क नम्बरहरू आफ्नो मोबाइलमा सुरक्षित राख्नुहोस्।
- अनावश्यक रूपमा घरबाहिर ननिस्कनुहोस् र भीडभाडबाट टाढा रहनुहोस्।
- महत्वपूर्ण कागजातहरू (पासपोर्ट, अकामा कार्ड आदि) सुरक्षित र सजिलै उपलब्ध हुने स्थानमा राख्नुहोस्।
- परिवार तथा आफन्तसँग नियमित सम्पर्कमा रहनुहोस्।

हामी नेपाली समुदाय एकता, सहकार्य र आपसी सहयोगमा विश्वास गर्ने समुदाय हौं। यस्तो संवेदनशील परिस्थितिमा डर होइन, धैर्य, संयमता र सकारात्मक सोच आवश्यक हुन्छ। इराक्कले यस्तो अवश्था झेल्दै आएको एक सुरक्षित र स्थिर राष्ट्र हो, त्यसैले अनावश्यक हल्ला र त्रासमा नपरी संयमित रूपमा आफ्नो नियमित काममा लागिरहनुहोस्।

यदि कुनै समस्या, अन्योल वा आपतकालीन अवस्था आइपरेमा कृपया तुरुन्तै सम्पर्क गर्नुहोस्:

📞 Embassy of Nepal, State of Kuwait +965-61008956

हामी सबै एकअर्काको साथमा छौं।
धैर्य राखौं, सुरक्षित बसौं, र सकारात्मक सोचका साथ परिस्थिति सामना गरौं।

सुरक्षित रहनुहोला।

बिनोद श्रेष्ठ 📞 07806637529
अध्यक्ष
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद इराक परिवार ।

19/02/2026

जानकारी

Address

Sulaymaniyah
As Sulaymaniyah
46001

Alerts

Be the first to know and let us send you an email when गैर आवाशिय नेपाली संघ, रासप, ईराक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गैर आवाशिय नेपाली संघ, रासप, ईराक:

Share