09/01/2026
गत २७/०५/१०१५ तारीख का दिन हरी हर धाम सांस्कृतिक उन्नयन समिति (पूर्वाञ्चल) को प्रतिष्ठा दिवस उपलक्ष्यमा विगत वर्ष झैँ दिवंगत हुनु भएका भुमी क्रय दाता ,पृष्ठपोषक, संरक्षक, आजीवन सदस्य वृन्दाहरुका परिवार हरूलाई निम्त्याई श्रद्धाञ्जली ज्ञापन गरेपछि नै मूल सभा आरम्भ हुन्छ। यस सभामा2003 सन् देखि निरन्तर कहिले सभापति, कहिले मूल सचिव कहिले कार्यकरी सभापति, भएर कार्यभार ग्रहण गरी हरि हर धाम मन्दिर ,शिव मन्दिर, सभा कक्ष, लाइब्रेरी रूम, अतिथिशाला, र ठूलो डाइनिङ हल, विवाह हल आदि निर्माण गर्दा ठूलो बलिदान दिएर २१ वर्षसम्म निरन्तर लिन भएर काम सम्पूर्ण भएपछि अवशेषमा ५०००००(पाँच लाख) रकम मन्दिर परिचालनाको लागि बैंकमा फिक्स गरी अन्तमा एक दर्बिलो कमिटी गठन गरी दायित्व अर्पण गराई अवसर लिएको एक वर्षपछि २७ मे को प्रतिष्ठा दिवसको दिन नयाँ कमिटीले पूर्व सभापति वसुन्धरा शर्मा र कार्यकारी सभापति कमलादेवी को एक भब्य अभिनन्दन ज्ञापन गर्दछ ।उहाँहरु दुबै वर्तमान उपदेष्टा मा हुनुहुन्छ।