14/06/2026
07 सोरेङ–चाकुङ निर्वाचन क्षेत्र अन्तर्गत १६औँ छोटा साम्दोङ–अरुबोटे GPU, सोरेङ जिल्लामा Chota Samdong Green Environment Conservation Society (NGO) को आयोजनामा १२–१४ जुन २०२६ सम्म सञ्चालन गरिएको ३ दिने भूमि शान्ति पूजा सफलतापूर्वक सम्पन्न भएको छ।
समुदायमा शान्ति, सुख–समृद्धि, सद्भाव तथा सर्वाङ्गीण कल्याणको कामना गर्दै सम्माननीय लामाहरूद्वारा पवित्र पूजा सम्पन्न गरिएको हो।
यस पावन कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा शारीरिक, आर्थिक तथा नैतिक सहयोग पुर्याउनुहुने सम्पूर्ण श्रद्धालु, शुभेच्छुक, सहयोगी, गाउँवासी तथा सहभागी महानुभावहरूमा आयोजक समिति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।