Dodak Youth Club

Dodak Youth Club Together We Are Infinity

08/02/2024
Congratulations Mayraj Karki God bless you both Couple and may yours life be filled with full love, happiness and prospe...
23/01/2024

Congratulations Mayraj Karki

God bless you both Couple and may yours life be filled with full love, happiness and prosperity.

त्रासदीको चपेटमा परेका पीडितहरुलाई सहयोग गर्न राहत सामाग्री लिएर दोदक युथ क्लबका सदस्यहरु उत्तर सिक्किम प्रस्थान~~~~~~~~...
07/10/2023

त्रासदीको चपेटमा परेका पीडितहरुलाई सहयोग गर्न राहत सामाग्री लिएर दोदक युथ क्लबका सदस्यहरु उत्तर सिक्किम प्रस्थान
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
सिक्किममा कुनै प्राकृतिक प्रकोप तथा विकट परिस्थिति आइपर्दा सिक्किम सरकार र सिक्किमे जनताले अग्रिम पङ्क्तिमा रहेर मानवताको दृष्टान्त प्रस्तुत गरेका छन्। बुधवार बिहान अप्रत्याशित रूपमा आएको बाढ़ीको कारण कैयौँ मानिस राहत शिविरमा शरण लिन बाध्य भएका छन्। उनीहरूलाई भोजनलगायत अन्य व्यवस्था मिलाउन राज्य सरकार र विभिन्न सङ्घ-संस्थानले त्वरित रूपमा पहल गरेका छन्। अहिले त्रासदीको चपेटामा परेका पीडितहरुको सहयोगको निम्ति संघ-संस्थाहरु अहोरात्र लागिपरेका छन्। त्रासदीका पीडितहरुको सहयोगको निम्ति दुई गाडी राहत सामाग्री लिएर दोदक युथ क्लबका सदस्यहरु आज उत्तर सिक्किम प्रस्थान गरेका छन्। दोदक युथ क्लबको पहलमा गरिएको राहत सामाग्री संकलन र आर्थिक सहयोग गर्नुहुने सबै-सबै सहयोगी हातहरुलाई दोदक युथ क्लब हार्दिक कृतज्ञता प्रकट गर्दछ।

05/10/2023

This is to bring to your notice that our Dodak Youth club have come forward to help and support the victims affected in singtam, rangpo and north district due to cloud brust and flash flood. Keeping in view we would request you all to please come forward to support voluntarily, physically and financely.
You also can contribute the edible items ( rice, dal, cooking oil, noodles, etc.) Blankets, bedsheets, babies cloth and essential items required in our day to day life.
So, you all can bring your support and handover to our members by tomorrow 2: pm at our office near Dodak Secondary School as we have decided to hand over the essential commodity to the victims by tomorrow evening.
Your support will be highly appreciated.

Thankyou.
+919733255127
9064291845
9593881716
+918617436302

हिजो दोदक युथ क्लबको मुख्य कार्यलय उद्घाटन कार्यक्रम विषय लिएर आज विभिन्न दैनिक समाचार पत्रमा प्रकाशित समाचारहरु।
10/09/2023

हिजो दोदक युथ क्लबको मुख्य कार्यलय उद्घाटन कार्यक्रम विषय लिएर आज विभिन्न दैनिक समाचार पत्रमा प्रकाशित समाचारहरु।

दोदक युथ क्लबको मुख्य कार्यलय भव्य कार्यक्रमबिच उद्घाटनमा, दोदक युथ क्लबलाई हार्दिक बधाई सोरेङ जिल्लामा दोदक युथ क्लबको ...
09/09/2023

दोदक युथ क्लबको मुख्य कार्यलय भव्य कार्यक्रमबिच उद्घाटनमा, दोदक युथ क्लबलाई हार्दिक बधाई

सोरेङ जिल्लामा दोदक युथ क्लबको हेड अफिस शनिबार विधिवत उद्घाटन उर्जा तथा यातायात विभागका मन्त्री एमएन शेर्पाले गरे। क्लबको उक्त हेड अफिस दोदक स्कुल डाँडामा सेवानिवृत्त शिक्षक डीपी गुरुङको घरमा मन्त्री शेर्पाले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा मन्त्री एमएन शेर्पा मुख्य अतिथिको रूपमा उपस्थित थिए। यसरी नै कार्यक्रममा सिक्किम राज्य अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष प्रेम कुमार सुब्बा, जिल्ला पञ्चायतकी सदस्य अञ्जु गुरुङ, दोदक ग्राम पञ्चायत एकाईका सभापति एचके छेत्री, पञ्चायत उप-सभापति रेनुका गुरुङ, पञ्चायत सदस्यहरु क्रमशः सुजाता गुरुङ र अरुण हाङ सुब्बा, पूर्व जिल्ला तथा ग्राम पञ्चायतगण, स्थानीय दोदक ब्लक भित्रका एघारवटा गैरराजनीतिक संघ-संस्थाहरु अरुणोदय समिति दोदक, शिखर संघ लोवर दोदक, प्रतिबिम्ब कल्याण संघ लोवर दोदक, जीवन ज्योति समाज दोदक, आस्था समाज मिडल दोदक, अमर ज्योति समाज दोदक, पञ्च स्मृति क्लब अप्पर दोदक, अमर बेली क्लब पाखागाउँ, याङ स्टार क्लब आले, धर्म सुधार संघ थङलिङ र माउन्ट स्नो क्लब थङलिङका प्रतिनिधिहरु र क्लबका शुभचिन्तकहरुको पनि विशेष उपस्थिति थियो।
उल्लेख्य, दोदक युथ क्लबको स्थापना 2016 मा भएको थियो। यस क्लबमा दोदक ब्लकका युवाहरुले बाक्लो सदस्यता ग्रहण गरेका छन्। आज क्लबको हेड अफिस उद्घाटन कार्यक्रममा मुख्य अतिथि मन्त्री शेर्पा र विशिष्ट अतिथिहरुले दोदक युथ क्लबको झण्डा र लोगोको पनि लोकार्पण गरे। कार्यक्रममा क्लबले मन्त्री एमएन शेर्पा, राज्य अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष पीके सुब्बा, स्थानीय जिल्ला तथा ग्राम पञ्चायतका प्रतिनिधिगण, दोदक ब्लकमा एघारवटा गैरराजनीतिक संघ-संस्थाका प्रतिनिधिगण, सेवानिवृत्त शिक्षक डीपी गुरुङ र समाजसेवी राजेश खड्कालाई पनि क्लबले सम्मान जनायो। अर्कोतिर क्लबको अफिस उद्घाटनको निम्ति सहयोग पुर्‍याउने व्यक्तिहरुमा समाजसेवी राजेश खड्का, विद्यृत विभागका अतिरिक्त मुख्य अभियान्ता जीवन थापा, सरकारी ठेकेदार सञ्जय चाण्डक, सडक एवं पुल विभागका सहायक अभियान्ता सुमन छेत्री, घर मालिक डीपी गुरुङ, साथै फुटबल टुर्नामेन्टको निम्ति क्लबलाई आर्थिक सहयोग पुर्‍याउने शुभचिन्तकहरुलाई पनि क्लबले कृतज्ञता चढाएका छन्।

05/09/2023

Mr. Simon Sherpa Faculty of Buriakhop Sr. Secondary School and one of the most Vibrant youth of Dodak Youth Club performing on the auspicious occasion of Teachers Day.

Happy Teachers Day All.

दोदक युथ क्लबको तर्फबाट रक्षा बन्धनको पवित्र पर्वमा सम्पूर्ण दिदीबहिनी र दाजुभाइहरुलाई मंगलमय शुभकामना व्यक्त गर्दछौंँ। ...
30/08/2023

दोदक युथ क्लबको तर्फबाट रक्षा बन्धनको पवित्र पर्वमा सम्पूर्ण दिदीबहिनी र दाजुभाइहरुलाई मंगलमय शुभकामना व्यक्त गर्दछौंँ। तपाईहरूको जीवन निरोगी र दीर्घायु रहोस् साथै एकापसमा जहिले पनि प्रेम, सद्भाव र आत्मियता कायम रहोस् भन्ने पनि प्रार्थना गर्दछौंँ।

21/08/2023

Address

Soreng

Telephone

+916297785842

Website

Alerts

Be the first to know and let us send you an email when Dodak Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dodak Youth Club:

Share