16/10/2026
हाम्रा आदरणीय श्री एम. बी. बस्नेतज्यूका सुपुत्र स्व. सन्दीप क्षेत्री (Lt. Sanjeep Chettri) को असामयिक निधनको यस दुखद घडीमा मलामी तथा अन्तिम संस्कारमा उपस्थित भई दिवंगत आत्माको चिरशान्तिका निम्ति प्रार्थना गरिदिनुहुने सम्पूर्ण आफन्तजन, इष्टमित्र, मान्यजन तथा दाजुभाइ-दिदीबहिनीहरूप्रति हामी शोकसन्तप्त परिवार हार्दिक कृतज्ञता एवं धन्यवाद व्यक्त गर्दछौं।
यसै सन्दर्भमा, दिवंगत आत्माको अन्त्येष्टि क्रिया (काजकिरिया) को कार्य आगामी २० तारिख का दिन उहाँकै आफ्नै निवास आदर्श गाउँ मा सम्पन्न गरिने भएको हुँदा, उक्त दिन पनि यहाँहरूको गरिमामय उपस्थिति भई दिवंगत आत्माको चिरशान्तिको लागि प्रार्थना गरिदिनुहुन तथा शोकाकुल परिवारलाई ढाडस प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
शोकाकुल परिवार:
धर्मपत्नी: खिना देवी क्षेत्री (Khina Devi Chettri)
छोराहरू: सुजल क्षेत्री (Sujal Chettri), सृजल क्षेत्री (Srijal Chettri)
छोरी: श्रेया क्षेत्री (Shreeya Chettri)
दिदी/बहिनी: रञ्जिता प्रधान (Ranjita Pradhan)
तथा सम्पूर्ण बस्नेत/क्षेत्री परिवार, आदर्श गाउँ
ॐ शान्ति | भावपूर्ण श्रद्धाञ्जली