Meghi Dara United Society

Meghi Dara United Society An NGO from Upper Berfok Meghidara Rinchenpong West Sikkim

16/05/2024

On occasion of State Day 2024, We are on the Cleanliness Drive...

*प्रेस विज्ञप्ति*आज ता:११ मई, २०२४ शनिबारको दिन मेघीडाँडा युनाइटेड साेसाइटीकाे वार्षिक आम सभा साेसाइटीका अध्यक्ष श्री पद...
11/05/2024

*प्रेस विज्ञप्ति*
आज ता:११ मई, २०२४ शनिबारको दिन मेघीडाँडा युनाइटेड साेसाइटीकाे वार्षिक आम सभा साेसाइटीका अध्यक्ष श्री पदम कुमार गुरुङको अध्यक्षतामा मेघीडाँडा स्थीत श्री जे० बी० जाेगीज्यूकाे वासस्थानमा बसियाे ।
सभाकाे प्रारम्भमा समितिका महासचिव श्री सी०के०राईज्यूले सभालाई स्वागत सम्बाेधन जनाउनु हुँदै आजको सभाको मुल बिषय वस्तुमाथि प्रकाश पार्नु भयाे ।
अध्यक्ष श्री पदम गुरुङज्यूले सभालाई सम्बाेधन गर्नु हुँदै साेसाइटीकाे गतिविधिबारे संक्षिप्त रुपमा वार्षिक प्रतिवेदन पेश गर्नु भयो । विगत २०२० सालमा स्थापना भएको याे गैर सरकारी संघले आज सम्म विभिद कार्यक्रममा भाग लिएर सेवा पुराएकाे बताउनु भयो । यसैगरी संघको आय व्यय एवं हर हिसाबकाे रेकर्डबारे काेषाध्यक्ष श्री प्रवीण गुरुङज्यूले सभालाई जानकारी गराउनु भयो । उहाँले बताए अनुसार संस्थाको खातामा आजको दिन सम्ममा जम्मा रू०१,८३,०१८/- मात्र जमा भएको छ ।
आजको आम सभामा साेसाइटीकाे कार्यकारी समिति विघटन गरि नयाँ कार्यकारी समिति गठन गरियो । प्रस्तावक र समर्थककाे आधारमा कार्यकारी पदाधिकारीगणकाे चुनाव सम्पन्न भयो । आज नयाँ चयनीत पदाधिकारीहरुकाे नामावली यस प्रकार छन् :
१. अध्यक्ष - श्री पदम कुमार गुरुङ
२. उपाध्यक्ष - श्री एल० टी० भाेटीया (अवकाशप्राप्त शिक्षक)
३. महासचिव - श्री सी० के० राई ।
४. संयुक्त सचिव - श्री टी० बी० याेगी ।
५. काेषाध्यक्ष - श्री प्रवीण गुरुङ ।
६. सह-काेषाध्यक्ष - श्री प्रभाराज गुरुङ ।
७. प्रचार सचिव - श्री प्रणेश गुरुङ ।
८. कार्यलय सचिव तथा भण्डार प्रभारी श्री हाेम बाहादुर तामाङ ।
९. कार्यकारी सदस्य-सदस्या : सुश्री खुशमाला गुरुङ, श्रीमती देवी माया तामाङ,
श्री पदम बाहादुर मुखिया
श्री प्रकाश मेघी गुरुङ रहेका छन्।
सल्लाहकार मण्डलीमा सर्वश्री ताेप्देन भाेटीया (अवकाशप्राप्त शिक्षक), मनीराम गुरुङ, गाेपाल प्रधान, डीएस गाैतम (भुपु सैनिक), दिलीप कुमार राई, डी० के० तामाङ, पी०बी०गुरुङ, श्रीमती देवी माया गुरुङलाई मनाेनित गरियो ।
सभामा साेसाइटीलाई सरकारी नियम मुतावीक पञ्जीकरण गराइ लिने निर्णय भयो भने साेसाइटीकाे संविधान मस्यौदा समिति पनि गठन गरिएको छ । यस कार्यमा श्री एल०टी० भाेटिया, श्री काशी राज राई र श्री सी० के० राई हुनु हुन्छ साथै विधि विभागमा आवेदन पेश गरि प्रक्रिया चलाउने अभिभार श्री बिष्णु चामलिङ, श्री बिकास खतिवडा र श्री डीके तामाङलाई लगाइएको छ ।
यस अतिरिक्त साेसाइटीले विभिन्न क्षेत्रमा आफ्नो सेवा विस्तार गर्न हेतु विभिद शाखाहरुकाे गठन गरिने प्रस्ताव ग्रहण गरियो । जसमा खेलकुद, शिक्षा तथा साहित्य, सांस्कृतिक, स्वास्थ्य एवं सफाइ इत्यादि ।
प्रेषक:
बिष्णु चामलिङ
प्रचार सचिव
मेघीडाँडा युनाइटेड साेसाइटी ।

Address

Yangsum
Sikkim - West
737111

Telephone

+919733077642

Website

Alerts

Be the first to know and let us send you an email when Meghi Dara United Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Meghi Dara United Society:

Share